Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा. तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा. तिमिल्सिना
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा एवं साक्षरता, गलत सूचना तथा दुष्प्रचार नियन्त्रण र सुरक्षित डिजिटल समाज निर्माणका लागि सरकारले दीर्घकालीन सोचसहित काम गरिरहेको बताएका छन्। नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का प्रतिनिधिले आज मन्त्रालयमा गरेको भेटका क्रममा उनले डिजिटल सुरक्षा, सूचना अखण्डता (इन्फर्मेसन इन्टिग्रिटी), डिजिटल साक्षरता तथा संस्थागत क्षमता विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका हुन। भेटमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको डु टोइ, नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयका शान्ति तथा विकास सल्लाहकार जेनीन फर्नान्डो, युनेस्को सञ्चार तथा सूचना क्षेत्र प्रमुख निर्जना शर्मा र युएनडिपीका कार्यक्रम विश्लेषक टेक तामाता सहभागी थिए। संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिले कोशी र मधेस प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि, स्थानीय तहको क्षमता विकास, डिजिटल माध्यमबाट सूचना प्रवाह तथा नागरिकको सचेत सहभागिता बढाउने कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए। उनीहरूले प्रदेश तथा स्थानीय तहमा डिजिटल साक्षरता, मिडिया साक्षरता र सूचना पहिचानसम्बन्धी क्षमता विकासका कार्यक्रमलाई थप विस्तार गर्न आवश्यक रहेको धारणा राखेका थिए। गलत सूचना तथा दुष्प्रचार, घृणास्पद अभिव्यक्ति र भ्रामक सामग्रीको पहिचान तथा नियन्त्रण, तथ्य जाँच गर्ने क्षमता विकास र नागरिकलाई सही सूचना छनोट गर्न सक्षम बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो। नेपालको विद्यालय पाठ्यक्रममा डिजिटल साक्षरतालाई समावेश तथा सुदृढ गर्न सहयोग गर्ने, समुदायस्तरमा सूचना तथा सञ्चारसम्बन्धी चेतना अभिवृद्धि गर्ने र डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि संस्थागत क्षमता विकास गर्ने विषयमा संयुक्त राष्ट्रसङ्घका निकायले सहकार्य गर्न सक्ने धारणा राखेका थिए। सो अवसरमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल सुरक्षा र साक्षरता सरकारको प्राथमिकतामा रहेको बताउँदै यस क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे। उनले नेपालमा सुरक्षित, पहुँचयोग्य र समावेशी डिजिटल समाज निर्माणका लागि अभियान मात्र नभई दीर्घकालीन नीति, कानुन, संस्थागत संरचना र राष्ट्रिय क्षमताको विकास आवश्यक रहेको बताए। डिजिटल सुरक्षालाई सामान्य साक्षरता अभियानमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण, बालबालिका, महिला तथा जोखिममा रहेका समुदायको डिजिटल सुरक्षा र गलत सूचना तथा दुष्प्रचार पहिचान गर्ने राष्ट्रिय क्षमता विकासमा जोड दिए। उनले सामाजिक सञ्जालमार्फत भ्रामक तथा गलत सूचना फैलिने क्रम बढिरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि, प्रभावकारी नीति तथा कानुनी व्यवस्था र जिम्मेवार सूचना प्रवाह आवश्यक रहेको बताए। डिजिटल सुरक्षा अभिवृद्धिका लागि नेपालले आफ्नै क्षमता विकास गर्दै आवश्यक नीति तथा कानुन निर्माण गर्ने उनको भनाइ थियो। मन्त्रालयमा भएको भेटमा नेपालले संयुक्त राष्ट्रसङ्घीय साइबर अपराधसम्बन्धी महासन्धि (युनाइटेड नेसन्स कन्भेन्सन अगेन्स्ट साइबरक्राइम)को कार्यान्वयन तथा त्यससँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो। सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूचना प्रवाह र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमा सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताउँदै सरकारले यस क्षेत्रमा काम गर्न चाहने अन्तरराष्ट्रिय निकायसँग सहकार्य, समन्वय र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले डिजिटल समाजलाई सुरक्षित र नागरिकमैत्री बनाउन दीर्घकालीन योजना तथा रणनीतिका साथ काम गर्नुपर्ने र यसका लागि संयुक्त राष्ट्रसङ्घीय निकायसँगको सहकार्यलाई प्रभावकारी बनाउन सकिने बताए। उक्त भेटमा डिजिटल सुरक्षाका चुनौती सम्बोधन गर्न राष्ट्रिय तथा स्थानीय तहमा क्षमता विकास, नीतिगत सुधार, सूचना साक्षरता अभिवृद्धि र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।–रासस The post डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला
TechnologyJust now

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ। सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्। फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ। कुल १ ...

टेक्नोलोजी खबर
चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण
TechnologyJust now

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले बिहीबार शिजियान–२४ नामक नयाँ भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। चीनको उत्तरी शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार बिहान ६ः५१ बजे उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो। लङ मार्च–२डी वाहक रकेटको सहायताले भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्रक्षेपणपछि भूउपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको र सम्पूर्ण प्रक्षेपण अभियान सफल भएको जनाइएको छ। यस प्रक्षेपणसँगै चीनको लङ मार्च ...

टेक्नोलोजी खबर
एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास
TechnologyJust now

एन्थ्रोपिकले आईपीओमार्फत् बनायो इतिहास

एआई कम्पनी एन्थ्रोपिकले आईपीयो र नीजि लगानि मार्फत नयाँ रेकर्ड १०७ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। यससँगै कम्पनीले एलन मस्कको स्पेसएक्सले यसअघि बनाएको कीर्तिमानलाई समेत पछि पारेको छ। एन्थ्रोपिकले प्रतिकित्ता ८३ अमेरिकी डलरका दरले ९८ करोड कित्ता सेयर बिक्रि गरेको छ। यसबाट सार्वजनिक निष्कासनमार्फत ८१ अर्ब ३० करोड अमेरिकि डलर संकलन गरेको छ। विभिन्न प्रविधि कम्पनीलाई नीजी रुपमा ...

टेक्नोलोजी खबर
एआई नियमनमा ट्रम्पको असहमति
Technology28m ago

एआई नियमनमा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ। चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए। एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play