Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई
Photo / Coverage: टक्सार

काठमाडाैँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताएका हुन् । उनले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिए । विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उनको भनाइ छ । ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अभियानले एन्टिबायोटिकको दुरुपयोग रोक्ने, यसको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको बताए । त्यसैले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे । उनले प्रतिजैविक प्रतिरोध विश्वव्यापी समस्याका रूपमा देखिएकाले नेपालमा पनि विभिन्न सचेतना तथा जनजागरणका कार्यक्रममार्फत सर्वसाधारणलाई यसबारे सुसूचित गर्नुपर्ने बताए । उनले भने, “आज प्रतिजैविक प्रतिरोध सप्ताहको पहिलो दिन स्वास्थ्य मन्त्रालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, संघ–संस्थाका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूलाई औषधि व्यवस्था विभाग र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘एक स्वास्थ्य, एक प्रयास ः प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको यस सप्ताहको मुख्य उद्देश्य प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौती न्यूनीकरण गर्नु हो । प्रतिजैविक औषधिको दुरुपयोग, अनावश्यक तथा अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै जनस्वास्थ्यको सुरक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य, जनचेतना र औषधिको जिम्मेवार प्रयोगलाई प्रवद्र्धन गर्न आवश्यक छ ।” बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट शुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित
Latest NewsJust now

समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित

स्वास्थ्य, इन्जिनियरिङ, कृषि र होटल व्यवस्थापनका पुनर्योग तथा साउनमा सञ्चालित प्रिडिप्लोमा मौका परीक्षाको नतिजा सार्वजनिक भएको हो। ...

कान्तिपुर
कांग्रेस देउवा समूहको जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत
Latest NewsJust now

कांग्रेस देउवा समूहको जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्ट राज कार्की (बसन्त कार्की) लाई मनोनयन गरेको छ। समूहका १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक... ...

रातोपाटी
नेटवर्क समस्याले सेवाग्राहीलाई सास्ती
Latest NewsJust now

नेटवर्क समस्याले सेवाग्राहीलाई सास्ती

हरिकृष्ण ऐडी मुगु, मङ्सिर २ गते । छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखामा नेटवर्क समस्या देखिएपछि सेवाग्राहीले नागरिकताको सिफारिस लिन पटकपटक वडा कार्यालय धाउनुपर्ने बाध्यता भएको... ...

गोरखापत्र
बागमतीमा खेल संघसंस्थाको दर्ता र नवीकरण अलपत्र, खेलाडीको भविष्य जोखिममा
Latest NewsJust now

बागमतीमा खेल संघसंस्थाको दर्ता र नवीकरण अलपत्र, खेलाडीको भविष्य जोखिममा

हेटौँडा। बागमती प्रदेशमा खेलकुदसम्बन्धी संघसंस्थाले अनिवार्य दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा नगर्दा खेलाडीको अवसर र भविष्य जोखिममा परेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले पटक–पटक सूचना जारी गर्दै दर्ता... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play