Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सशस्त्र प्रहरीको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सशस्त्र प्रहरीको एआईजीमा तीन डीआईजीको प्रतिस्पर्धा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सशस्त्र प्रहरी बलमा डेढ महिनादेखि एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को पद रिक्त छ। सरकारले वंशीराज दाहाललाई आचरणविपरित काम गरेको भन्दै असोज २३ गते बर्खास्त गरेको थियो। बर्खास्त गर्ने गृहमन्त्रीस्तरीय निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने व्यवस्था भए पनि दाहालले अपिल गरेका छैनन्। यता सरकारले रिक्त पदमा बढुवा गर्ने तयारी गरेको छ। एआईजी बढुवाका लागि तीन जना डीआईजी मुख्य प्रतिस्पर्धी छन्। उनीहरू तीनैजना सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचबाट अन्जनीकुमार पोखरेल एआईजीमा बढुवा भइसकेका छन्। पोखरेलकै ब्याची अब एआईजी बढुवा हुनेछन्। उनीहरू पोखरेलसँगै २०७९ फागुन पहिलो साता डीआईजीमा बढुवा भएका थिए। त्यतिबेला चार जना एकसाथ डीआईजी बने। ती मध्ये दोस्रो वरियतामा बढुवा भएका पोखरले एआईजी बन्दा डीआईजीको पहिलो वरियतामा रहेका सुरेशकुमार श्रेष्ठ भने बढुवामा छुटे। यस पटक पनि उनी बढुवा हुने निश्चित छैन। दिपेन्द्र शाह डीआईजीको दोस्रो र पुरुषोत्तम थापा तेस्रो वरियतामा छन्। उनीहरू मध्येबाटै एआईजीमा बढुवा गर्ने सम्भावना बढी छ। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। दाहालको बर्खास्तीसँगै सीमा सुरक्षा विभाग खालि छ। त्यहाँ अहिले डीआईजी सुरेश श्रेष्ठ कार्यरत छन्। दिपेन्द्र शाह इन्टेलीजेन्स ब्युरोको प्रमुख र पुरुषोत्तम थापा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत छन्। यही ब्याचका दिपक अधिकारी, मनिस थापा र कृष्ण ढकाल पनि डीआईजी भइसकेका छन्। तर उनीहरू श्रेष्ठ, शाह र थापा भन्दा पछि बढुवा भएका थिए। अहिले उनीहरूको एआईजी बन्ने सम्भावना कम छ। तत्काल एआईजीको दरबन्दी खाली हुने सम्भावना पनि छैन। अहिले भएका दुवै एआईजी पालैपालो आईजीपी बन्न सक्छन्। हालका आईजीपी नारायणदत्त पौडेल २०८४ चैतमा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकास हुनेछन्। त्यसपछि एआईजी गणेश ठाडा मगरको आईजीपी बन्ने सम्भावना छ। उनी २०८२ जेठमा एआईजीमा बढुवा भएका थिए। अबको १७ महिनापछि उनले सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाए झण्डै १५ महिना सशस्त्र प्रहरी बलको प्रमुख रहनेछन्। तर उनलाई आईजीपीमा अरु दुई एआईजीले टक्कर दिने पक्का छ। आईजीपी बन्न पोखरेलसँगै हुनेछ प्रतिस्पर्धा गणेश ठाडा मगर २०८४ चैतमा सशस्त्र प्रहरीको आईजीपी भए त्यसको १५ महिनापछि यो टोलीबाट संगठनको नेतृत्वमा पुग्नेछन्। जो बढुवा हुन्छ उही सशस्त्र प्रहरीमै भर्ना भएर नेतृत्व गर्ने पहिलो आईजीपी बन्ने छन्। अहिलेसम्म सशस्त्र प्रहरीमा नेपाल प्रहरी र नेपाली सेनाबाट आएका अधिकारीहरूले मात्रै नेतृत्व गरेका छन्। अब यो टोलीका नेतृत्व तहमा आईजीपी पौडेल र ठाडा मगर मात्रै छन्। त्यसपछि भने आफ्नै ब्याचका अन्जनी कुमार पोखरेलसँग अहिले बढुवा हुने एआईजीले नेतृत्वका लागि प्रतिस्पर्धा गर्नेछन्। ब्याचीहरूलाई पछि पार्दै गत जेठमै पोखरेल एआईजी भएका थिए। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकास भएपछि नारायणदत्त पौडेल आईजीपीमा बढुवा भएका थिए। उनको बढुवासँगै रिक्त एआईजीमा पोखरेल बढुवा भए। पोखरेल मानव स्रोत विभागमा कार्यरत छन्। सरकारले पोखरेलकै नेतृत्वमा वंशीराज दाहालमाथि छानबिन गर्न समिति बनाएको थियो। दाहालले आचरणविपरितका कार्य गरेको निस्कर्षसहितको प्रतिवेदन उनले सरकारलाई बुझाएपछि त्यही आधारमा उनलाई बर्खास्त गरिएको थियो। प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग एआईजी दाहालले संवाद गरेको खुलेको थियो। यस्तै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले प्रहरी कार्यालयमै पुगेर भेट समेत गरेका थिए। सो फेला परेपछि सरकारले उनीमाथि छानबिन अगाडि बढायो। एआईजीको चार वर्षे पदावधि पूरा भएपछि एक वर्ष थप गर्न फाइल तयार भएको थियो। तर उनलाई पदावधि थप गर्नुको सट्टा बर्खास्त गरेर पठाइएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित
Latest NewsJust now

समयदेखि रोकिएका सीटीईभीटीका विभिन्न तह विद्यार्थीको परीक्षाफल प्रकाशित

स्वास्थ्य, इन्जिनियरिङ, कृषि र होटल व्यवस्थापनका पुनर्योग तथा साउनमा सञ्चालित प्रिडिप्लोमा मौका परीक्षाको नतिजा सार्वजनिक भएको हो। ...

कान्तिपुर
कांग्रेस देउवा समूहको जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत
Latest NewsJust now

कांग्रेस देउवा समूहको जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्ट राज कार्की (बसन्त कार्की) लाई मनोनयन गरेको छ। समूहका १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक... ...

रातोपाटी
नेटवर्क समस्याले सेवाग्राहीलाई सास्ती
Latest NewsJust now

नेटवर्क समस्याले सेवाग्राहीलाई सास्ती

हरिकृष्ण ऐडी मुगु, मङ्सिर २ गते । छायानाथ रारा नगरपालिकाको पञ्जीकरण शाखामा नेटवर्क समस्या देखिएपछि सेवाग्राहीले नागरिकताको सिफारिस लिन पटकपटक वडा कार्यालय धाउनुपर्ने बाध्यता भएको... ...

गोरखापत्र
बागमतीमा खेल संघसंस्थाको दर्ता र नवीकरण अलपत्र, खेलाडीको भविष्य जोखिममा
Latest NewsJust now

बागमतीमा खेल संघसंस्थाको दर्ता र नवीकरण अलपत्र, खेलाडीको भविष्य जोखिममा

हेटौँडा। बागमती प्रदेशमा खेलकुदसम्बन्धी संघसंस्थाले अनिवार्य दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा नगर्दा खेलाडीको अवसर र भविष्य जोखिममा परेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले पटक–पटक सूचना जारी गर्दै दर्ता... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play