विराटनगर। कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको बताएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ विषयक अन्तरमन्त्रालय तथा सरोकारवालाको गोष्ठी उद्घाटन गर्दै उनले सामान्य ज्वरो र रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको बताए। उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्दै यसको दीर्घकालीन असरबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिए। औषधि पसलको अनुगमन र नियमनका लागि स्पष्ट मापदण्ड तथा कानुन आवश्यक रहेको पनि उनले बताए। स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीले एन्टिबायोटिकको अनियन्त्रित प्रयोग घटाउन र अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रण गर्न नियमन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाले स्थानीयस्तरमै एन्टिबायोटिकको उचित प्रयोगबारे सचेतना फैलाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ

Read Complete Original Article
Published originally on नेपालन्युज





