एनस्केल र एन्थ्रोपिकबीच थप ४५ अर्ब डलरको एआई कम्प्युटिङ सम्झौताको तयारी

कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिक र एआई पूर्वाधार प्रदायक एनस्केलबीच थप ४५ अर्ब अमेरिकी डलरको कम्प्युटिङ सम्झौता गर्ने विषयमा छलफल भइरहेको छ। ब्लूमबर्गले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै सोमबार सार्वजनिक गरेको समाचारअनुसार दुवै कम्पनी अर्को ठूलो सम्झौता घोषणा गर्ने चरणमा पुगेका छन्। यद्यपि, छलफल अझै जारी रहेकाले सम्झौताका विवरण परिवर्तन हुन सक्ने स्रोतहरूले बताएका छन्। यसअघि गत अगस्ट २६ मा एन्थ्रोपिक र एनस्केलले ४५ अर्ब अमेरिकी डलरको कम्प्युटिङ सम्झौता घोषणा गरेका थिए। नयाँ सम्झौता पनि सम्पन्न भएमा एन्थ्रोपिकले एआई प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटिङ क्षमता जुटाउन गरेको ठूलो लगानीको शृङ्खलामा यो अर्को सम्झौता हुनेछ। टेकक्रञ्चका अनुसार एआई मोडेल विकास, तालिम र सञ्चालनका लागि ठूलो परिमाणमा कम्प्युटिङ शक्ति आवश्यक पर्छ। यही आवश्यकता पूरा गर्न एन्थ्रोपिकले विभिन्न पूर्वाधार प्रदायकसँग ठूला सम्झौता गर्दै आएको छ। तर एआई पूर्वाधारमा भइरहेको ठूलो खर्चले लगानीकर्ताको एउटा समूहमा चिन्ता बढाएको छ। कम्पनीहरूले अपेक्षित आम्दानी हासिल गर्न नसक्ने अवस्थामा अत्यधिक रकम खर्च गरिरहेको हुन सक्ने उनीहरूको आशंका छ। त्यसका बाबजुद एन्थ्रोपिकले भविष्यमा यस्तो लगानीबाट प्रतिफल प्राप्त हुने अपेक्षासहित साझेदारी विस्तार गरिरहेको छ। यसैबीच, एन्थ्रोपिक र एनस्केल दुवै कम्पनीले सेयर बजारमा प्रवेश गर्ने तयारीसमेत गरिरहेका छन्। एन्थ्रोपिक यसै वर्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर जारी गर्ने अपेक्षामा छ। एनस्केलले पनि आईपीओको तयारी गरिरहेको छ। तर ब्लूमबर्गको अक्टोबर १८ को समाचारअनुसार कम्पनीले प्रस्ताव गरेको ३० अर्ब अमेरिकी डलरको मूल्याङ्कनप्रति केही लगानीकर्ताले असहमति जनाएका छन्। नयाँ ४५ अर्ब डलरको सम्झौता भने हालसम्म अन्तिम भइसकेको छैन। The post एनस्केल र एन्थ्रोपिकबीच थप ४५ अर्ब डलरको एआई कम्प्युटिङ सम्झौताको तयारी appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

बेलायतको प्रतिस्पर्धा नियामकले माइक्रोसफ्टको व्यावसायिक सफ्टवेयरमाथिको नियन्त्रणलाई चुनौती दिने
बेलायतको प्रतिस्पर्धा नियामकले माइक्रोसफ्टलाई व्यावसायिक सफ्टवेयर क्षेत्रमा ‘रणनीतिक बजार हैसियत’ प्रदान गर्ने प्रस्ताव गरेको छ। यसले अमेरिकी प्रविधि कम्पनीले एक्सेल, टिम्स र कोपाइलट कृत्रिम बुद्धिमत्ता सहायकजस्ता उत्पादनलाई एकै प्याकेजमा उपलब्ध गराउने तरिकामा हस्तक्षेप गर्ने बाटो खोल्न सक्छ। बेलायतमा हरेक महिना करिब दुई करोड मानिसले प्रयोग गर्ने सफ्टवेयरमा माइक्रोसफ्टको स्थानले प्रतिस्पर्धालाई असर गरेको छ वा छैन भन्ने विषयमा प्रतिस्पर्धा तथा बजार प्राधिकरण (सीएमए) ...

एआई कोडिङ टुल ओपनकोडमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको एआई खातामा अनधिकृत खर्च
क्लाउड कोड र कर्सरको विकल्पका रूपमा विकासकर्तामाझ लोकप्रिय हुँदै गएको खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडले शनिबार आफ्नो पुरानो प्रणालीमा रातारात ह्याकरले प्रवेश गरेको जनाएको छ। यस घटनाबाट यसको अनलाइन प्लेटफर्म ओपनकोड कन्सोलका १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन्। केही प्रयोगकर्ताले यस प्लेटफर्ममा एआई सेवामा पहुँच पाउन प्रयोग हुने एपीआई की अर्थात् डिजिटल पासवर्ड राख्ने गरेका थिए। आक्रमणको सामना गर्न ओपनकोडको टोलीले ...

NCA Launches Cybersecurity Awareness Exhibition at ROSHN Front in Riyadh - وكالة الأنباء السعودية
NCA Launches Cybersecurity Awareness Exhibition at ROSHN Front in Riyadh وكالة الأنباء السعودية

