Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ जासुससँग प्रेम सम्बन्ध रहेको आरोपबारे स्वतन्त्र अनुसन्धान गर्ने भएको छ । कम्पनीले अनुसन्धानका लागि अमेरिकाको प्रतिष्ठित ल फर्म वाच्टेल, लिप्टन, रोजेन एन्ड काट्जलाई नियुक्त गरेको छ । अनुसन्धानको नेतृत्व पूर्वअमेरिकी सरकारी वकिल जुन किमले गर्नेछन् । यस विषयमा अमेरिकी सङ्घीय अनुसन्धान निकायले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । हुआङले विवाहबाहिर प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । एलिस हुआङ नामकी महिलालाई चीनका लागि जासुसी गरेको आरोप लागेको छ । उनी सिङ्गापुरको मेगास्पिड नामक कम्पनीमा कार्यकारी पदमा थिइन् । उक्त कम्पनीले एनभिडियाका चिप चीन पुर्‍याउन सहयोग गरेको आशङ्का गरिएको थियो । तर एनभिडियाले यसअघि नै उक्त आरोपको अनुसन्धान गरी खण्डन गरिएको जनाएको थियो । यस प्रकरण सार्वजनिक भएपछि एनभिडियाको बजार मूल्यमा ठूलो गिरावट आएको छ । शुक्रबारयता कम्पनीको बजार पुँजीकरणबाट करिब पाँच खर्ब अमेरिकी डलर घटेको छ । अमेरिकी संसद्को विदेश मामिला समितिले पनि हुआङलाई अर्को साता बन्द बैठकमा उपस्थित भएर स्पष्टीकरण दिन आग्रह गरेको छ । एनभिडियाको सञ्चालक समितिले भने कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा असर परेको विश्वास गर्ने कुनै आधार नरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हुआङसँग कुराकानी गरेको र उनले ती महिला जासुस भएको आफूलाई थाहा नभएको बताएको उल्लेख गरेका छन् । The post एनभिडियाले आफ्ना कार्यकारी हुआङको अफ्येर्स अनुसन्धान गर्न प्रतिष्ठित ल फर्मलाई दियो जिम्मा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play