काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहज र सम्मानजनक प्रवेशको व्यवस्था मिलाउन नेपाल क्रिकेट संघ (क्यान) समक्ष माग गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषदबाट जारी प्लेटिनियम, गोल्ड र सिल्भर परिचयपत्रका आधारमा खेलाडीलाई सुरक्षित रूपमा खेल अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन क्यानलाई आग्रह गरेको हो । संघका तर्फबाट सचिव मण्डेकाजी श्रेष्ठले क्यानका सचिव पारस खड्कालाई मागपत्र बुझाएका छन् । खेलाडीको सम्मान गरे खेलकुदकै सम्मान हुने भएकाे भन्दै साे विषयमा क्यानले चाँडै सुनुवाइ गर्ने विश्वास संघले व्यक्त गरेको छ ।
एनपीएल हेर्न जाने खेलाडीलाई सहज प्रवेशको व्यवस्था मिलाउन खेलाडी संघको माग

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






