नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो। प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो। यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। The post एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान appeared first on Technology Khabar.
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






