Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को रौनक त्रिवि क्रिकेट मैदानभित्र मात्रै सीमित छैन । मैदानबाहिर पनि क्रिकेटप्रेमीको चहलपहल उत्तिकै छ । कोही आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुगिरहेका छन् त कोही यही माहोललाई आम्दानीको अवसर बनाइरहेका छन् । यस्तै, मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका भेटिनुहुन्छ सन्देश गुभाजु । सन्देश मैदानमा आउने दर्शकलाई झण्डा र स्टिकर बेचिरहनु भएकाे छ । उहाँको व्यापार क्रिकेटप्रतिको दर्शकको उत्साहसँग जोडिएको छ । तर, यसपटकको व्यापार भने सोचेजस्तो राम्रो हुन सकेको छैन । ‘मेरो नाम सन्देश गुभाजु हो,’ उहाँ आफ्नो परिचय दिँदै भन्नुहुन्छ, ‘यसपटकको व्यापार भने सोचेजस्तो राम्रो हुन सकेको छैन ।’ एनपीएलमा सहभागी टोलीमध्ये सन्देशको समर्थन विराटनगर किङ्सलाई छ । आफू व्यापारका लागि मैदानबाहिर रहे पनि उहाँको मन भने आफूले समर्थन गर्ने टोलीतिरै छ । ‘म खासमा विराटनगर किङ्सको समर्थक हुँ। विराटनगर किङ्सलाई नै सपोर्ट गर्न चाहन्छु,’ उहाँ भन्नुहुन्छ। मैदानबाहिर व्यापार गर्न भने सहज छैन । साँघुरो बाटो र बिक्रीका लागि पर्याप्त सुविधा नहुँदा उहाँलाई समस्या हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपटक व्यापार पनि राम्रो नभएको उहाँको अनुभव छ । ‘बेच्नलाई खासै सुविधा छैन । बाटो पनि साँघुरो छ । ठिकै भइरहेको छ, तर पोहोरजस्तो राम्रो भएको छैन,’ सन्देश सुनाउनुहुन्छ । उहाँले साना स्टिकर १५० रुपैयाँमा बिक्री गर्छन् भने ठूला स्टिकरको मूल्य ३०० देखि ३५० रुपैयाँसम्म पर्छ । खेल सुरु भएको तीन दिनसम्ममा उनले करिब १५ देखि २० वटासम्म सामग्री बिक्री गरेका छन् । सीमित बिक्रीले उनको व्यापारको अवस्था झल्काउँछ । सन्देश आफैँले झण्डा र स्टिकर उत्पादन गर्दैनन् । उहाँ अन्यन्त्रैबाट सामग्री ल्याएर मैदानबाहिर बिक्री गर्नुहुन्छ । बिक्रीबाट हुने आम्दानीमध्ये केही रकम आफूलाई राखेर बाँकी हिसाब मिलाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयाे, ‘सानोलाई चाहिँ १५० मा बेचिरहेको छु । ठूलोलाई ३०० देखि ३५० सम्म बेचिरहेको छु । तीन दिन भयो १५–२० वटा जति मात्र बेचें ।’ यो व्यापार उनका लागि आम्दानीको एउटा माध्यम हो । तर, व्यापार सँधै एकनास हुँदैन । विशेषगरी चर्को घाममा बसेर ग्राहकको प्रतीक्षा गर्नु पर्दा कठिनाइ हुने गरेको छ । दर्शकको भीड, खेलको माहोल र बिक्रीको सम्भावनासँगै उनले घाम र असहज परिस्थितिसँग पनि जुध्नुपर्छ । एनपीएलले खेलाडी र टोलीलाई मात्रै होइन, मैदानबाहिर साना व्यापार गर्नेहरूलाई पनि अवसर दिएको छ । तर, त्यो अवसरबाट कति आम्दानी हुन्छ भन्ने कुरा दर्शकको चहलपहल र बिक्रीमा निर्भर रहन्छ । त्रिवि क्रिकेट मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका सन्देश गुभाजुका लागि एनपीएल आफ्नो व्यापार चलाउने अवसर हो । मैदानभित्र विराटनगर किङ्सप्रतिको समर्थन र मैदानबाहिर ग्राहकको प्रतीक्षा उनको दिनचर्या अहिले यिनै दुई पक्षबीच बितिरहेको छ । -आकांक्षा धामी, नेपाल न्यूज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
ताजा खबरJust now

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद

रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

रातोपाटी
‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
ताजा खबरJust now

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

रातोपाटी
बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
ताजा खबरJust now

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play