Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : पाेखरालाई हराउँदै विराटनगरकाे तेस्राे जीत

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : पाेखरालाई हराउँदै विराटनगरकाे तेस्राे जीत
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराउँदै तेस्रो जीत हासिल गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले नटआउट २५ रन बनाए । पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पोखराका युवराज साम्राले ८४ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले युवराज साम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरे । उनले ४ ओभरमा २७ रन दिँदै ६ विकेट लिए । सन्दीप लामिछाने एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए । यस्तै लामिछाने एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो बलर बनेका छन् । यसअघि काठमाण्डौका शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए । यो जीतसँगै विराटनगर ६ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पोखरा ६ खेलमा २ अङ्कसहित पुछारमा छ । एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्दैछन् । लुम्बिनी ५ खेलमा ७ अङ्कसहित तालिकाको तेस्रो र कर्णाली ५ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा सातौँ स्थानमा छ । The post एनपीएल : पाेखरालाई हराउँदै विराटनगरकाे तेस्राे जीत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुर्घटना: पीडित परिवारको अभिभावकत्व ग्रहण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
Latest NewsJust now

दुर्घटना: पीडित परिवारको अभिभावकत्व ग्रहण गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आज विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न ...

कर्पोरट खबर
रायमाझीको कैद छुट
Latest NewsJust now

रायमाझीको कैद छुट

काठमाडौं। कुनै समय मुलुकको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिएको प्रकरणमा दोषी ठहर भएर कैद सजाय भोगिरहेका उनी ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत रिहा भएका हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना ...

नेपालन्युज
गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु
Latest NewsJust now

गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु

जेरुसेलम । दक्षिणी गाजा पट्टीस्थित नासेर अस्पतालमा बिहीबार बिहान इजरायलले गरेको आक्रमणमा कम्तीमा छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा अधिकारीले उक्त जानकारी दिएका हुन् । इजरायलले हमासका एक वरिष्ठ लडाकु तथा उक्त समूहको सशस्त्र शाखाका अन्य सदस्यलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । खान युनिसस्थित नासेर अस्पतालको शल्यक्रिया विभागमा भएको आक्रमणबाट ठूलो ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play