Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ । चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे। उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे। जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने । यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए। सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । एनपीएल इतिहासको यो पाचौं शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ । पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए । गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटको नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीको रेकर्ड समेत छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतमा अमेजनको सात अर्ब डलर लगानी
OthersJust now

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play