Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल खेलाइने पिचप्रति जिम्मीको असन्तुष्टि, भने– ‘१२० रनले पुग्दैन’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपालमा रहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमले प्रतियोगितामा प्रयोग भइरहेका पिचप्रति असन्तुष्टि जनाएका छन्। जनकपुर बोल्ट्सबाट खेलिरहेका निशमले सामाजिक सञ्जालमार्फत पिच सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘म नेपाल र एनपीएललाई निकै माया गर्छु। तर यी पिचबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ। पूरै प्रतियोगिताभरि १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था हुन सक्दैन।’ निशमको यो टिप्पणीले एनपीएलमा ब्याटिङका लागि पिच अनुकूल नभएको विषयलाई पुनः चर्चामा ल्याएको छ। प्रतियोगिताका पछिल्ला खेलहरूमा कम रन बन्ने क्रम बढ्दै गएपछि पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको हो। एनपीएलको २५औँ खेलसम्मको तथ्यांकले पनि ब्याटिङमा देखिएको कठिनाइलाई संकेत गर्छ। वर्षाका कारण टसबिनै रद्द भएको एक खेल र पाँच ओभरमा छोट्याइएको अर्को खेललाई हटाउँदा निर्धारित २० ओभरमा खेलिएका २३ खेलका ४६ इनिङ्समा कुल ६ हजार २२७ रन बनेका छन्। यसअनुसार प्रतिइनिङ्स औसत १३५.३७ रन रहेको छ। पहिलो इनिङ्समा औसत १४०.६५ रन बनेको छ भने दोस्रो इनिङ्सको औसत १३०.०९ रन छ। ४६ इनिङ्समध्ये २० इनिङ्समा टोलीले १३० रनसमेत बनाउन सकेका छैनन्। त्यस्तै, नौ इनिङ्समा स्कोर १०० रनभन्दा कम रहेको छ। पछिल्ला पाँच खेलको तथ्यांकले ब्याटिङमा देखिएको समस्या थप स्पष्ट पार्छ। ती पाँच खेलका १० इनिङ्समा कुल १ हजार ११६ रन मात्रै बनेका छन्। अर्थात् प्रतिइनिङ्स औसत १११.६ रन रहेको छ। प्रतियोगितामा २०० रन पार भएको एउटा मात्रै इनिङ्स छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। उक्त खेलमा युवराज सिंह सामराले अविजित १०२ रन बनाएका थिए। पछिल्ला खेलमा लक्ष्य पछ्याउने क्रममा पनि ब्याटिङ कठिन देखिएको छ। ८९ रनको लक्ष्य पछ्याउँदा चितवनले छ विकेट गुमाएको थियो भने १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले पूरा २० ओभर खेल्दा पनि जितका लागि आवश्यक रन बनाउन सकेन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध
Latest NewsJust now

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

वासिङ्टन, कात्तिक २८ गते । अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ । अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो... ...

गोरखापत्र
जापान सरकारले किन बढाउँदैछ रक्षा बजेट ? करिब ३७६ अमेरिकी डलर बराबर पुर्याउने लक्ष्य
Latest NewsJust now

जापान सरकारले किन बढाउँदैछ रक्षा बजेट ? करिब ३७६ अमेरिकी डलर बराबर पुर्याउने लक्ष्य

• जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च ६० ट्रिलियन येनमा पुर्याउने योजना बनाएको छ। • सैन्य क्षमता विस्तारका लागि ड्रोन, गोलीगट्ठा र क्षेप्यास्त्र खरिदमा प्राथमिकता दिनेछ। • रक्षा बजेटमा वृद्धि र त्यसले जनजीवनमा पर्ने प्रभावको विरोधमा जापानी नागरिकहरूले प्रदर्शन गरिरहेका छन्। ...

नेपालबहस
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति
Latest NewsJust now

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

भक्तपुर। भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो निस्किएपछि वरपरका स्थानीय... ...

रातोपाटी
बालेनविरुद्ध चर्को बोल्नेहरू साँझ ज्वागल पुग्छन् : गोकुल बाँस्कोटा
Latest NewsJust now

बालेनविरुद्ध चर्को बोल्नेहरू साँझ ज्वागल पुग्छन् : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई लिएर राजनीतिक वृत्तमा दोहोरो चरित्र देखिएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले बिहान बालेनलाई ढाल्ने भन्दै चर्को आवाज उठाउनेहरू साँझ भने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्याञ्जनकारको निवास पुग्ने गरेको दाबी गरेका छन्। उनले बिहान र साँझ फरक व्यवहार देखाउने राजनीतिक पात्रहरूको चरित्रमाथि प्रश्न ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play