Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

एनपीएल आज सुदूरपश्चिम र जनकपुर खेल्दै, जनकपुरलाई जित्नुपर्ने दबाब

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल आज सुदूरपश्चिम र जनकपुर खेल्दै, जनकपुरलाई जित्नुपर्ने दबाब
Photo / Coverage: अनलाइनपाना

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) एक खेल मात्र हुँदैछ । खेल बेलुकी ५ बजेबाट त्रिवि मैदान कीर्तिपुरमा शुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्नेछन् । सुदूरपश्चिम जारी सिजनमा अहिलेसम्म ५ खेल खेलेकोमा तीन जीत र दुई हारसहित ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । आज जित हात पार्न सके सुदूरपश्चिमलाई शिर्ष ४ अर्थात् प्लेअफमा पुग्न सहज हुनेछ । तर कप्तान दिपेन्द्र सिंह ऐरी चाहेको जस्तो फर्ममा नहुनुले सुदूरपश्चिमलाई पिरोलेको छ । यस्तै अर्का ब्याटर विनोद भण्डारी पनि यसपटक कमजोर फर्ममा देखिएका छन् जुन उसका लागि चिन्ताको विषय बनेको छ । त्यसैले सुदूरपश्चिम विदेशी खेलाडीको राम्रो प्रदर्शनको आशामा छ । यस्तै एनपीएलको पहिलो सिजनको विजेता टोली जनकपुर ५ खेलमध्ये २ खेल मात्र जितेर ४ अंक जोडेको छ । तालिकाको पाँचौ स्थानमा रहेको जनकपुर बाँकी खेल जित्दै शिर्ष ४ मा अटाउन चाहन्छ । त्यसैले पनि उसलाई आजको जितको धेरै महत्त्व छ । जनकपुरभन्दा मुनि विराटनगर, कर्णाली र पोखरा मात्र छन् । स्टार अलराउन्डर मोइन अलीको अभाव जनकपुरलाई खट्किने छ भने पूर्व कप्तान अनिल साह फर्ममा नहुनुले पिरोलेको छ । यसकारण जनकपुर पनि विदेशी खेलाडीको उच्च प्रदर्शनको बढी आशा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो
Latest NewsJust now

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ । ...

कान्तिपुर
नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म
Latest NewsJust now

नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म

काठमाण्डु – नेपाल संवत् ११४७ मंगलबारदेखि सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति र सामाजिक चेतनासँग जोडिएको विशिष्ट संवत् हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने यो संवत् विशेषगरी नेवार समुदायको सांस्कृतिक जीवनसँग […] ...

काठमाण्डुपाटी
सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप
Latest NewsJust now

सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण भव्य रूपमा चलिरहेको छ । तर, कार्नुनिस्ट अनुप तमु गुरुङलाई एनपिएलले खासै छोएको छैन । किनकि उनलाई सबैभन्दा बढी... ...

रातोपाटी
कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ
Latest NewsJust now

कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल, तरकारी, सागपात तथा अन्य खाद्यवस्तुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिको दैनिक मूल्यसूचीअनुसार ११६ प्रकारका वस्तुको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ । आजको मूल्यसूचीअनुसार तरकारीतर्फ सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य न्यूनतम ८०० देखि अधिकतम एक हजार रुपैयाँसम्म कायम गरिएको ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play