एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो संस्करणका फाइनलिस्टसमेत हुन्। गत सिजनको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। त्यसैले उद्घाटन खेलमा सुदूरपश्चिमसँग अघिल्लो फाइनलको हारको बदला लिने अवसर हुनेछ भने लुम्बिनी आफ्नो विजयी लय कायम राख्न चाहन्छ । हेड टु हेडमा सुदूरपश्चिम अगाडि एनपीएलका अघिल्ला संस्करणमा लुम्बिनी र सुदूरपश्चिमबीच तीन खेल भएका छन्। तीमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले एक खेलमा जित निकालेको छ । अघिल्लो फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जिते पनि लिग चरणमा भने सुदूरपश्चिमले दुवै टोलीबीचको प्रतिस्पर्धामा बाजी मारेको थियो । अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो। त्यसअघि भएको संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो । हेड टु हेडको तथ्यांकले सुदूरपश्चिमलाई बलियो देखाए पनि पछिल्लो फाइनलको नतिजा लुम्बिनीको पक्षमा रहेकाले यसपटकको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । लुम्बिनी लगातार पाँच खेलमा अपराजित पछिल्ला खेलहरूको नतिजा हेर्दा लुम्बिनी राम्रो लयमा देखिएको छ। टोलीले पछिल्ला पाँच खेलमा हार व्यहोरेको छैन । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो। त्यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराएको थियो । लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको लुम्बिनीले त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले हराएको थियो। यी नतिजाले टोलीको पछिल्लो प्रदर्शन सुदृढ रहेको देखाउँछन् । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसपटक पनि ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राख्नेछ । सुदूरपश्चिमको प्रदर्शन कस्तो छ? सुदूरपश्चिम रोयल्सले पछिल्ला पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने दुई खेलमा पराजय व्यहोरेको छ । फाइनलअघि भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर, अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भने टोली ६ विकेटले पराजित भएको थियो । त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले र जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, शेरफन रदरफोर्ड र फेबियन एलेनजस्ता खेलाडी छन्। नेपाली खेलाडीहरू अविनाश बोहोरा, आरिफ शेख, विनोद भण्डारी र हेमन्त धामी पनि टोलीमा समावेश छन् । दुवै टोलीमा चर्चित खेलाडी लुम्बिनी लायन्समा कप्तान रोहित पौडेलसँगै रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, डार्शी शर्ट, शमिम हुसेन र निरोशन डिक्वेलाजस्ता खेलाडी छन् । त्यस्तै, शेर मल्ल, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, अभिशेष गौतम र करण घर्ती मगरलगायत नेपाली खेलाडीले पनि टोलीमा स्थान पाएका छन् । अर्कोतर्फ सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरीसँगै अनुभवी तथा अन्तर्राष्ट्रिय खेलको अनुभव भएका खेलाडीको उपस्थिति छ। दुवै टोलीमा रहेका नेपाली र विदेशी खेलाडीको प्रदर्शनले उद्घाटन खेलको नतिजामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । अघिल्लो फाइनलको नतिजा, हेड टु हेडको तथ्यांक र पछिल्लो प्रदर्शनका आधारमा दुवै टोलीको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। लुम्बिनी आफ्नो उपाधि यात्रालाई जितबाट सुरु गर्न चाहन्छ भने सुदूरपश्चिम उद्घाटन खेलमै जित निकाल्दै अघिल्लो फाइनलको हारको जवाफ दिने प्रयासमा हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् ।एनपीएलको उद्घाटन सोमबार दिउँसो ५ बजे हुनेछ । एनपीएलको तेस्रो संस्करण सुरु हुनु अघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा […] ...

आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । […] ...

बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठुलो क्षति पुर्याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी... ...

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न
• मुस्ताङको भूगोल, संस्कृति र जीवनशैलीले यसलाई नेपालका विशिष्ट जिल्लामध्ये एक बनाएको छ, जसले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। • चलचित्र 'कबड्डी' शृङ्खलाले मुस्ताङको प्राकृतिक सौन्दर्य र थकाली समुदायको संस्कृति प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। • स्थानीय जनताको सहभागिता बिना पर्यटन प्रवद्र्धनको लाभ सीमित रहन सक्ने भएकाले स्थानीय उत्पादन र संस्कृतिको संरक्षणमा ...


