Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौं ३६ रनले विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौं ३६ रनले विजयी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.३ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्बाधिक ४४ रन बनाए भने अबिशेष गौतमले १६ रन बनाएका थिए । त्यस्तै काठमाडौँका बलर जुहानदाद खानले ४ विकेट लिए भने करण केसीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौँका लागि डेबिड वार्नरले सर्बाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए । त्यस्तै सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिएका थिए । योसँगै काठमाडौँले तेस्रो जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पाँचौं खेलमा पहिलो हार बेहोरेको लुम्बिनी भने ७ अंकसहित शिर्ष स्थानमा कायम छ । The post एनपीएलमा रोकियो लुम्बिनीको जितको सिलसिला, काठमाडौं ३६ रनले विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ
Latest NewsJust now

भोटेकोशी विपद्मा गुनासो नआउनेगरी काम भइरहेको छ

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २१ गते ।भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनःस्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायका प्रतिनिधिले बता... ...

गोरखापत्र
चाडबाडमा चञ्चल राजनीतिक चिन्तन
Latest NewsJust now

चाडबाडमा चञ्चल राजनीतिक चिन्तन

हामीले गणतन्त्र त जित्यौं, तर जितेको त्यो गणतन्त्र अहिले अर्कैको पासोमा परेको छ । देशका नयाँ–पुराना पार्टीका नेताहरूमा गणतान्त्रिक समाजका लागि सुहाउँदो पद्धति निर्माण गर्ने चाहना प्रकट हुन सकेको देखिँदैन। ...

कान्तिपुर
मलेसियाका राजा पूर्वप्रधानमन्त्री नजिबको माफीका लागि असहमत
Latest NewsJust now

मलेसियाका राजा पूर्वप्रधानमन्त्री नजिबको माफीका लागि असहमत

मलेसिया । मलेसियाका महान्यायाधिवक्ताले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई जेलबाट रिहा गर्न ढिलाइ गरेर शाही आदेश अस्वीकार गर्न खोजेको राजा सुल्तान इब्राहिमले शनिबार बताएका छन् । उनले दिएको माफीमा कुनै अस्पष्टता नरहेको... ...

रातोपाटी
लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित
Latest NewsJust now

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ, कात्तिक २१ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजले ३६ रनको जित निकालेको छ । जारी एनपिएलमा काठमाण्डुको यो त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play