एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो। क्रिकेटमा अम्पायरले दिएको निर्णयप्रति असहमति भएमा खेलाडीले पुनरावलोकनको माग गर्न सक्ने व्यवस्था नै डीआरएस हो। अन्तर्राष्ट्रिय क्रिकेटमा व्यापक रूपमा प्रयोग हुँदै आएको यो प्रविधिले अम्पायरका निर्णयलाई प्राविधिक माध्यमबाट पुनः परीक्षण गर्न सहयोग पुर्याउँछ। क्यानका अनुसार एनपीएलमा एलबीडब्लू (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकनका लागि थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि रिभ्यूको व्यवस्था हुनेछ। प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) को सहायताले बल ब्याटमा लागेको वा नलागेको पत्ता लगाउने एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ। यसले बलले ब्याट छोएको अवस्थाको विश्लेषण गरी निर्णय प्रक्रियालाई थप विश्वसनीय बनाउन सहयोग गर्नेछ। त्यस्तै, बलको उचाइका आधारमा वाइडसम्बन्धी निर्णय परीक्षण गर्ने सुविधा पनि उपलब्ध हुनेछ। यसबाहेक छक्काको दूरी र उचाइ मापन गर्नुका साथै बलिङसम्बन्धी विभिन्न विश्लेषणात्मक तथ्यांक पनि उपलब्ध गराइने क्यानले जनाएको छ। एनपीएलमा डीआरएसको प्रयोगले अम्पायरका निर्णयमा शुद्धता बढाउनुका साथै खेलको प्रतिस्पर्धात्मकता र विश्वसनीयता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पैसाकै अभावले जो दसैंमा घर जान पाएनन्
दसैंमा गाउँ फर्किने रहर भए पनि काठमाडौंमा दैनिक गुजारा चलाउन संघर्षरतलाई घर जाने भाडा जुटाउनै मुस्किल छ । ...

आनीको पक्षमा महिला मन्त्रीका सल्लाहकार बानिया : ‘सम्पत्ति शुद्धीकरण विरोधीलाई तह लगाउने हतियार, नागरिकता ठूलो विषय हैन”
काठमाडौं : अवैध रकम नेपाल भित्र्याएको र नागरिकताको गम्भीर विवादमा तानिएकी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएसँगै आलोचना भएपछि कलाकार तथा महिला तथा बालबालिका मन्त्री सीता वादीका सल्लाहकार रवीन्द्र सिंह बानिया आनीको पक्षमा उभिएका छन्। उनले सामाजिक सञ्जालमा उनको नियुक्तिको बचाउ गर्दै पक्षमा उभिँदै सम्पत्ति शुद्धीकरणको मुद्दा विरोधी तह लगाउने हति… ...

ककरोच नेता दीपकेले भने : हाम्रो आन्दोलन गान्धीवादी, नेपाल र बंगलादेशको जस्तो हिंसात्मक होइन
नयाँदिल्ली– भारतमा जारी प्रदर्शनलाई नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका आन्दोलनसँग तुलना नगर्न ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले चेतावनी दिएका छन् । मंगलबार भिडियो सन्देश जारी गर्दै दीपकेले आफ्नो पार्टीको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहेको दाबी गरे । उनले पार्टीका कार्यकर्ता सौरव दास र आशुतोष रांकाको गिरफ्तारीलाई गान्धीवादी सत्याग्रहको उदाहरणका रूपमा […] ...

गोकर्ण जंगलको वनदेवीमा दर्शनार्थीको लाम
काठमाण्डु – वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा मंगलबार भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना […] ...


