काठमाडौं। श्रीलंकाली ब्याटर कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडीका रूपमा आफ्नो नाम रेकर्ड बुकमा लेखाएका छन्। मिशाराले ५९ बलमा १० छक्का र ५ चौका प्रहार गर्दै अविजित १२० रन बनाए। यसअघि एनपीएलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान ११४ रन थियो। मिशाराले उक्त कीर्तिमानलाई ६ रनले पछि पार्दै नयाँ इतिहास रचेका हुन्। यसअघि पहिलो एनपीएलमा पोखरा एभेन्जर्सका लागि खेल्दै मार्क वाटले कर्णाली याक्सविरुद्ध ११४ रनको अविजित इनिङ्स खेलेका थिए। मिशाराले आफ्नो इनिङ्समा बाउन्ड्रीबाट मात्र ८० रन जोडेका थिए। उनले २०३.३९ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै चितवनका लागि विशाल योगफल खडा गर्न मद्दत गरे। यसअघि एनपीएलमा एडम रोसिङ्टनले १०८ रन र एन्ड्रिज गौसले १०४ रन बनाएका थिए। मिशाराको उत्कृष्ट प्रदर्शनसँगै चितवनले काठमान्डु सामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।
एनपीएलमा कामिल मिशाराले बनाए सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान

Read Complete Original Article
Published originally on नेपालन्युज






