काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम रोयल्स यस सिजनमा हालसम्म खेलेका पाँच खेलमध्ये तीनमा जित र दुईमा हार ब्यहोर्दै ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित हात पारेमा सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज बन्नेछ। यता, जनकपुर बोल्ट्स भने दबाबमा मैदान उत्रनेछ। हालसम्म खेलेका पाँच खेलमा दुई जित र तीन हारसहित ४ अंक बटुलेको जनकपुर अंकतालिकाको पाँचौँ स्थानमा छ। प्रतियोगिताको दौडमा आफूलाई कायमै राख्न जनकपुरका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






