Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगर निवासी ३५ वर्षीय रोहित पथरियालाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका उनलाई सट्टेबाजीमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका पथरियाको साथबाट दुई थान मोबाइल बरामद गरिएको छ। मोबाइल परीक्षण गर्दा उनले विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका क्रिकेट खेलहरूमा पटक–पटक सट्टेबाजी गरेको खुलेको कार्यालयले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले अनलाइन सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ। पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जानकारी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते
Latest NewsJust now

इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते

काठमाडौँ । इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’... ...

रातोपाटी
जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य
Latest NewsJust now

जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् । कोप–३१ अन्तर्गत मंगलबार... ...

रातोपाटी
किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Latest NewsJust now

किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

जनार्जन खत्रीसर्लाही, मङ्सिर १ गते । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ पर्नुभएको छ । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्य... ...

गोरखापत्र
Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं
Latest NewsJust now

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका छन् । सापकोटासँग प्रहरीले गरेको सोधपुछसम्बन्धी अडियोमा उनले धेरै बैंकमा करोडौं रकम रहेको र त्यो पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको रहेको बताएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play