Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान, पुरस्कार राशि बढ्यो

एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान, पुरस्कार राशि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलबाट ७५ करोड रुपैयाँसम्मको कारोबार हुने क्यानको अनुमान, पुरस्कार राशि बढ्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपीएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट उक्त परिमाणमा आर्थिक कारोबार हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकट बिक्रीलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपीएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपीएलको तेस्रो संस्करण सञ्चालन हुने एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उनको अनुमान छ । खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए । क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले बताए । एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
ताजा खबरJust now

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी

काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...

रातोपाटी
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
ताजा खबरJust now

अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

गोरखापत्र
बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
ताजा खबरJust now

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play