एनपीएलबाट क्यानले ७५ करोडसम्मको कारोबार गर्ने अनुमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने अनुमान गरेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजन, टिकट बिक्रीलगायतका स्रोतबाट उक्त परिमाणमा कारोबार हुने अनुमान गरिएको जानकारी दिनुभएको हो। उहाँका अनुसार एनपीएलको तेस्रो संस्करणमा प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। टिकट बिक्री तथा अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गत प्रतियोगिताको आर्थिक कारोबार ७० देखि ७५ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो। फ्रेन्चाइज टोलीका मालिकहरूले पनि क्यानले प्रतियोगिताका लागि गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान रहेको खड्काले जानकारी दिनुभयो। यसअनुसार प्रतियोगिताको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने उहाँको अनुमान छ। खड्काले एनपीएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ। त्यसैगरी, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले यसपटक एनपीएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताउनुभयो। क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उहाँको भनाइ छ। एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको पनि उहाँले बताउनुभयो। एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्याउने अपेक्षा क्यानले गरेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...
.jpg)
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

पाकिस्तानका उपेक्षित विद्यालय: जीर्ण कक्षाकोठाले विद्यार्थीको जीवन नै जोखिममा
विद्यालयहरू: जब कक्षा कोठाहरू मृत्युको पासो बन्छन् ...

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...


