Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको समिकरण रोचक मोडमा, प्लेअफमा दुई टोली पुग्दा बाँकी ककसको सम्भावना के ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको समिकरण रोचक मोडमा, प्लेअफमा दुई टोली पुग्दा बाँकी ककसको सम्भावना के ?
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको सिजन थ्रीको प्लेअफमा कुन कुन टोली पुग्लान् भन्ने कौतुहल रोचक बनेको छ । हरेक टोलीले कम्तीमा पाँच पाँच खेल खेलिसकेका छन् । कुल आठ टोली सहभागी प्रतियोगितामा हरेक टोलीले सात खेल खेल्नेछन् । त्यसमध्ये शिर्ष चार मा रहने टोली प्लेअफमा पुग्नेछन् । अहिलेसम्म जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले छ छ वटा र बाँकीले पाँच पाँच वटा खेल खेलेका छन् । पछिल्लो खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको काठमान्डु गोर्खाजसँग समान आठ अंक भए पनि रन औसतका आधारमा काठमान्डु पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा छन् । यी २ टोलीको प्ले अफमा पुग्ने निश्चित भए पनि उनीहरु सकेसम्म पहिलो नभए पनि दोस्रो स्थानमा रहँदै प्ले अफमा पुग्न चाहन्छन् । किनभने पहिलो र दोस्रो स्थानका टोलीबिच हुने प्लेअफमा पराजित भएको खण्डमा पनि फाइनलमा पुग्ने एक मौका बाँकी नै रहन्छ । यो खेल जित्ने टोली फाइनल पुग्छ भने पराजित हुने टोलीले दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका टोलीबिचमा हुने दोस्रो प्लेअफको विजेतासँग खेल्न पाउने छ र उक्त खेल जितेमा फाइनल पुग्न सकिने बाटो बाँकी नै रहनेछ । कुन कुन टोलीको बाँकी छ सम्भावना प्रतियोगिताबाट पोखरा बाहिरिइसकेको छ । यस्तै जनकपुरलाई पनि अब प्लेअफमा पुग्ने सम्भावना गणितमा मात्र बाँकी छ । पाँचमध्ये एक खेल मात्र जितेको पोखरा तालिकाको पुछारमा छ । बाँकी दुबै खेल जितेपनि ऊ शिर्ष ४ मा अटाउन सक्ने सम्भावना छैन । तर पोखराले कुन कुन टोलीलाई जित्छ वा जित्दैन भन्ने कुराले बाँकी टोलीको प्लेअफको सम्भावनामा भने फरक पार्नेछ । यस्तै जनकपुरले खेलेका छ मध्ये २ खेल मात्र जितेको छ । बाँकी खेल जितेपनि उसको प्लेफमा पुग्ने सम्भावनाका लागि गणितीय सम्भावना मात्र बाँकी रहन्छ । यस्तै लुम्बिनीले पाँचमध्ये तीन खेल जितेर तेस्रो स्थानमा छ भने विराटनगर, चितवन र कर्णालीले पाँचमध्ये दुई दुई खेल मात्र जितेका छन् । त्यसैले यी भन्दा लुम्बिनीको सम्भावना बढी देखिन्छ । तर विराटनगर चितवन र कर्णालीले बाँकी सबै खेल जितेको अवस्थामा समिकरण बदलिन्छ । त्यसैले लुम्बिनीले पनि कम्तीमा एक खेल जित्न आवश्यक हुन्छ । तर बाँकी लुम्बिनीले बाँकी दुबै खेल जितेको अवस्थामा ऊ शिर्ष २ मा पुग्ने सम्भावना पनि बाँकी नै छ । त्यसैले एनपीएलका बाँकी खेल अति नै रोचक र अर्थपूर्ण हुने निश्चित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
Latest NewsJust now

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २५ गते । चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –४ त्रिचोकमा ३० वर्षीय श्रीमान सुमन राना मगरले आफ्नै श्रीमती ३२ व... ...

गोरखापत्र
रडले हानेर श्रीमतीको हत्या
Latest NewsJust now

रडले हानेर श्रीमतीको हत्या

चितवन।चितवनका एक युवकले रडले हानेर श्रीमतीको हत्या गरेका छन्। स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन रानामगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना मगरको हत्या गरेका प्रहरीले जनाएको छ। सुमनले फलामको रड प्रहार गरेर कुटपिट गर्दा उनको मृत्यु भएको हो। घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। कुटपिटबाट उनको डेरा कोठामै मृत्यु ...

नेपालन्युज
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Latest NewsJust now

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडाैँ । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play