एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्। नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद क्षेत्रमा ठूलो आर्थिक सम्भावना सिर्जना गरेको उनको भनाइ छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा खड्काले फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकारलगायत व्यापारिक पक्षलाई समेट्दा एनपीएलको बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको जानकारी दिए। एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको क्यानको भनाइ छ। प्रतियोगिताले स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, प्राविधिक र खेलकुदसँग सम्बन्धित विभिन्न संस्थाका लागि आर्थिक अवसर विस्तार गरेको छ। एनपीएलको बढ्दो लोकप्रियतासँगै नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी, प्रायोजन र व्यावसायिक साझेदारीको सम्भावना पनि फराकिलो हुँदै गएको छ। विदेशी खेलाडीको सहभागिता र दर्शकको बढ्दो आकर्षणले प्रतियोगिताको व्यावसायिक महत्त्व थप बढाएको छ। यद्यपि, ८ अर्ब रुपैयाँको बजार मूल्याङ्कनलाई प्रतियोगिताबाट भएको आम्दानी वा क्यानले प्राप्त गरेको रकमका रूपमा बुझ्न मिल्दैन। यो फ्रेन्चाइज टोलीको बिक्री, प्रायोजन, प्रसारण अधिकार र अन्य व्यापारिक पक्षलाई समेटेर गरिएको समग्र मूल्याङ्कन भएको खड्काले बताएका हुन्। एनपीएलमा डेढ अर्बको कारोबार हुने एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने The post एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...


