Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौ । टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ । तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बनाउनका लागि खेलाडीलाइ सकस भएको छ । एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आउनुभयाे । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेल्नुभयाे । चर्चित खेलाडीले नेपाल आएर अपेक्षाअनुरूप रन बनाउन सक्नुभएन । रन बनाउन नसक्दा विदेशी खेलाडीले पिचको दोष लगाएकाे देखिन्छ । पिच असाधारण भएको भन्दै खेलाडीले प्रश्न गर्ने गर्नुभएकाे छ । चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच (विकेट) सुधार गर्नुपर्नेमा जोड दिनुभयाे । आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन्। नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०/२०० रन जोगाउन सिक्नुपर्छ। यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो।” राजाले राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुनुका साथै दर्शकले चौका र छक्का हेर्दा खेल अझ रोमाञ्चक हुने बताउनुभयाे । यस्तै जिमी निशम,मोइन अली,डेभिड मलानले पनि पिचप्रति प्रश्न गर्नुभएकाे थियाे । लिग चरणका मा कुल २८ खेल सम्पन्न हुँदा ९ इनिङमा १०० रनसमेत बन्न सकेन । भने २४ इनिङमा १३० रनभन्दा कम रन बन्यो । उसो त रन नबनेको पनि होइन् । कीर्तिपुर मैदानमै सर्वाधिक रन बन्ने रेकर्ड समेत बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो। काठमाडौंका कप्तान करण केसीको भने पिचबारे मिश्रित प्रतिक्रिया रहेको छ । उहाँले भन्नुभयाे, ‘पिचमा जम्नसक्यो भने सजिलै रन बनिरहेको छ । सबैकुरा पिचलाई पनि दोष लगाउन मिल्दैन् ।’ लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् । अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ। इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ । पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेला र केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
Latest NewsJust now

राष्ट्रिय भेला र केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिक ...

लुम्बिनी सञ्चार
अमिताभ र अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की, दुई शंकास्पद सुटर पक्राउ
Latest NewsJust now

अमिताभ र अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की, दुई शंकास्पद सुटर पक्राउ

एजेन्सी– बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई ग्याङस्टर गोल्डी ढिल्लनले ज्यान मार्ने धम्की दिएका छन्। सुरक्षा व्यवस्था कडा पारिए पनि दुवैलाई निशाना बनाउने चेतावनी उनले दिएका हुन्। मुम्बईस्थित अमिताभ बच्चनको निवास ‘जलसा’ बाहिर आक्रमण गर्ने योजना बनाएको आरोपमा लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित दुई जना शंकास्पद सुटरलाई दिल्ली प्रहरीले पक्राउ गरेको केही […] ...

काठमाण्डुपाटी
सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा
Latest NewsJust now

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्तावित लाभांश नेपाल वित्तीय प्रतिवेदन मानअनुसार तयार गरिएको आर्थिक विवरणका आधारमा वितरण गर्ने जनाएको ...

कर्पोरट खबर
मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनको धक्कापछि एसिया भ्रमणबाट शक्ति प्रदर्शन गर्ने दाउमा ट्रम्प

वासिङ्टन डिसी । अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न प्रयासरत छन् । यसै क्रममा उनी एसिया भ्रमणमा निस्किँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play