Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न
Photo / Coverage: पर्दाफास

टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ । तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बनाउनका लागि खेलाडीलाइ सकस भएको छ । एनपीएल खेल्न विश्व क्रिकेटका स्टारहरु नेपालमा पहिलोपल्ट आएका छन् । आक्रामक ब्याटिङका लागि परिचित वेस्ट इन्डिजका आन्द्रे रसेलसँगै अस्ट्रेलिया डेविड वार्नर, दक्षिण अफ्रिका डेविड मिलर, जिम्वावेका सिकन्दर रजा, र पूर्वविश्व नम्बर एक बंगलादेशी अलराउन्डर सकिब अल हसन, इंगल्याण्डका मोइन अली,डेभिड मलानलगायतका चर्चित क्रिकेटरले एनपीएल खेले । चर्चित खेलाडीले नेपाल आएर अपेक्षाअनुरूप रन बनाउन सकेनन्। रन बनाउन नसक्दा विदेशी खेलाडीले पिचको दोष लगाएका छन् । पिच असाधारण भएको भन्दै खेलाडीले प्रश्न गर्ने गरेका छन् । चितवन राइनोजका कप्तान सिकन्दर राजाले नेपालको क्रिकेट पिच (विकेट) सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै राजाले नेपालले विश्वका शीर्ष टोलीहरूसँग साँचो अर्थमा प्रतिस्पर्धा गर्ने हो भने ब्याटिङका लागि अझ राम्रा पिच बनाउनुपर्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङका लागि राम्रा र ‘ट्रु’ पिच हुन्छन्। नेपाली खेलाडीले अर्को स्तरमा पुग्न २०० रन बनाउन र बलरहरूले १८०÷२०० रन जोगाउन सिक्नुपर्छ। यो फ्रेन्चाइज लिगको मात्र होइन, नेपाली राष्ट्रिय टिमकै भविष्यको कुरा हो।” राजाले राम्रा पिचमा खेल्दा बलरहरूको कौशल बढ्ने र ब्याटरहरूको आत्मविश्वास पनि उच्च हुनुका साथै दर्शकले चौका र छक्का हेर्दा खेल अझ रोमाञ्चक हुने बताए। यस्तै जिमी निशम,मोइन अली,डेभिड मलानले पनि पिचप्रति प्रश्न गरेका थिए । लिग चरणका मा कुल २८ खेल सम्पन्न हुँदा ९ इनिङमा १०० रनसमेत बन्न सकेन। भने २४ इनिङमा १३० रनभन्दा कम रन बन्यो । उसो त रन नबनेको पनि होइन् । कीर्तिपुर मैदानमै सर्वाधिक रन बन्ने रेकर्ड समेत बनेको छ । काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले एनपिएल इतिहासकै सर्वाधिक २२४ रनको योगफल बन्यो। काठमाडौंका कप्तान करण केसीको भने पिचबारे मिश्रित प्रतिक्रिया रहेको छ । उनले भने,पिचमा जम्नसक्यो भने सजिलै रन बनिरहेको छ । सबैकुरा पिचलाई पनि दोष लगाउन मिल्दैन् । लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् । अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ। इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ । पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
OthersJust now

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ । मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। “देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ ...

पर्दाफास
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
OthersJust now

बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुन:निर्माणका चुनौतीलाई सम्बोधन गर्न एडिबीको थप साझेदारी आवश्यक रहेको बताएकी हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप-३१) का अवसरमा सोमबार एडिबीका ...

पर्दाफास
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म
OthersJust now

कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म

जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना थपिएका छन् । ...

अनलाइन खबर
२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर
OthersJust now

२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर

१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै वसन्त बितिसकेका छन् । जीवनसाथीको साथ छुटेको छ । जेठो छोरो परिवारसहित झापा बस्न थालेपछि उनी घरमा एक्लै छन् । तर, हराएको कान्छो छोरो एक दिन अवश्य फर्किनेछ भन्ने आशा भने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play