Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीपछिको पुनर्निर्माण र जलवायु अनुकूलनमा सहयोग बढाउन एडिबीसँग आग्रह
Photo / Coverage: पर्दाफास

नेपालले गत अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा अनुकूलनका कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग बढाउन आग्रह गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति र पुन:निर्माणका चुनौतीलाई सम्बोधन गर्न एडिबीको थप साझेदारी आवश्यक रहेको बताएकी हुन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप-३१) का अवसरमा सोमबार एडिबीका उपाध्यक्षलगायतसँग भएको द्विपक्षीय भेटवार्तामा उनले भोटेकोशी करिडोरको पुनर्निर्माणमा एडिबीको सहयोग अपेक्षित रहेको उल्लेख गरिन् । मन्त्री चौधरीले भोटेकोशी बाढीले बस्ती, सडक, पुल, जैविक विविधता तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै पुनर्लाभका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिइन् । उनले उक्त विपद् जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीको गम्भीर उदाहरण भएको बताइन् । हानि तथा नोक्सानी प्रतिकार्य कोषबाट नेपालले प्राप्त गरेको दुई करोड अमेरिकी डलर सहयोगप्रति आभार व्यक्त गर्दै उनले पुनर्निर्माणका क्रममा जलवायु उत्थानशील पूर्वाधार, सुरक्षित पुनर्वास, जीविकोपार्जनका अवसर तथा पूर्वसूचना प्रणालीको विकासमा एडिबीको साझेदारी आवश्यक रहेको बताइन् । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री चौधरीले अनुकूलन र पुनर्लाभका लागि अनुदानमा आधारित वित्तीय स्रोतको महत्त्व रहेको स्पष्ट पारिन् । उनले एडिबीलाई सम्भव भएसम्म अनुदान सहयोग वृद्धि गर्न तथा सहयोग परिचालनका प्रक्रिया सरल र छिटो बनाउन आग्रह गरिन् । हरित तथा उत्थानशील वित्त सुविधा (ग्रिन एन्ड रिजिलियन्स फाइनान्सिङ फ्यासिलिटी)को अवधारणा तथा डिजाइनमा एडिबीले गरेको नेतृत्वको प्रशंसा गर्दै उनले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलन कार्यक्रमका लागि अनुदानको व्यवस्था गर्दै उक्त सुविधा शीघ्र स्वीकृत गर्नुपर्नेमा जोड दिइन् । मन्त्री चौधरीले नेपालको पर्वतीय लचिलोपन रणनीति तथा लगानी ढाँचा ‘लिभिङ सगरमाथा’ कार्यान्वयनमा साझेदारी गर्न पनि एडिबीलाई आमन्त्रण गरिन् । नेपाल, भुटान र कीर्गिज गणतन्त्रले कोप–३१ मा पर्वतीय मुद्दालाई प्राथमिकताका साथ उठाइरहेको उल्लेख गर्दै उनले पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि एडिबीको निरन्तर नेतृत्वको स्वागत गरिन् । उनले नेपाल जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा एक दशमलव पाँच डिग्री सेल्सियस तापक्रम सीमाको लक्ष्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पारिन् । भेटमा मन्त्री चौधरीले कोप–३१ मा नेपालको प्याभिलियन सञ्चालनका लागि एडिबीले गरेको सहयोगको प्रशंसा गरिन् । उक्त सहयोगले सरकार, विकास साझेदार, नागरिक समाज, प्रदेश तथा स्थानीय सरकार, समुदाय र युवालाई सहभागी गराउँदै ५० भन्दा बढी कार्यक्रममार्फत नेपालको जलवायु प्राथमिकता अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो । नेपालको विकास यात्रामा एडिबीले लामो समयदेखि प्रदान गर्दै आएको सहुलियतपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री चौधरीले कोप–३१ पछि अर्थ मन्त्रालय र एडिबीको नेपाल आवासीय मिसनसहित सम्बन्धित टोलीबीच छलफल गरी प्रस्तावित सहयोगका विषयलाई अगाडि बढाउन आग्रह गरिन् । कोप–३१ टर्कीको अन्ताल्यामा यही नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म
OthersJust now

कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म

जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना थपिएका छन् । ...

अनलाइन खबर
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न
OthersJust now

एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न

टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ । तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बनाउनका लागि खेलाडीलाइ सकस भएको छ ...

पर्दाफास
२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर
OthersJust now

२६ वर्षदेखि हराएको छोराको प्रतीक्षामा ८३ वर्षीय ज्ञानेन्द्रबहादुर

१ मंसिर, धनकुटा । उमेरले ८३ वर्ष पुगेका पाख्रीबास नगरपालिका–८ फाङ्दुवाका ज्ञानेन्द्रबहादुर थापा अझै पनि कान्छो छोरो घर फर्किने आशामा छन् । जीवनका धेरै वसन्त बितिसकेका छन् । जीवनसाथीको साथ छुटेको छ । जेठो छोरो परिवारसहित झापा बस्न थालेपछि उनी घरमा एक्लै छन् । तर, हराएको कान्छो छोरो एक दिन अवश्य फर्किनेछ भन्ने आशा भने… ...

अनलाइन खबर
साउदीका अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण
OthersJust now

साउदीका अमेजन गोदाममा कार्यरत नेपालीमाथि श्रम शोषण

एम्नेस्टी इन्टरनेसनलले साउदी अरबस्थित अमेजनको गोदाममा कार्यरत नेपाली श्रमिकले भोगिरहेको शोषण र असुरक्षाको पाटो उजागर गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play