एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताए । उनले एनपीएल सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकास गरिएको जानकारी दिए । प्रतियोगितासम्बन्धी निर्णय क्यानको बोर्ड र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उनको भनाइ छ । एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै खड्काले यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताए । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरेको पनि उनले जानकारी दिए । ती निकायबाट प्राप्त पत्रको जवाफ दिइसकेको र आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने उनले बताए । खड्काले भने, ‘हामीले गरेको काम र गतिविधिमा सुधार गर्नुपर्ने पक्ष छन् भने सुधारेर अगाडि बढ्छौँ । मिडियाले स्वतन्त्र रूपमा आलोचना गर्न पाउँछ र सम्बन्धित विषयमा गरिएका आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौँ । नेपाल क्रिकेट कुनै एउटा व्यक्तिमा सीमित छैन । क्रिकेट खेल पनि टिमले खेल्ने हो र क्रिकेट संघ पनि टिमवर्कबाट अगाडि बढेको छ । यो टिमवर्क नभएको भए एनपीएल र नेपाली क्रिकेट आजको अवस्थामा आउन सफल हुने थिएन ।’ क्यानको नेतृत्वले विगत तीन वर्षदेखि पाएको जिम्मेवारी पूरा गर्न प्रयास गरेको उल्लेख गर्दै खड्काले सही नियत हुँदाहुँदै पनि कुनै काममा कमजोरी हुन सक्ने स्वीकार गरे । त्यस्ता कमजोरी पहिचान गरेर सच्याउँदै लैजाने उनको भनाइ छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on टक्सार
Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...
.jpg)
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

पाकिस्तानका उपेक्षित विद्यालय: जीर्ण कक्षाकोठाले विद्यार्थीको जीवन नै जोखिममा
विद्यालयहरू: जब कक्षा कोठाहरू मृत्युको पासो बन्छन् ...

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...


