Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा क्यान सचिव खड्का: ‘सुधार गर्न तयार छौँ’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् । आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गर्दै आवश्यक सुधार गर्न क्यान तयार रहेको बताए । उनले एनपीएल सञ्चालनका लागि गभर्निङ काउन्सिलले छुट्टै कार्यविधि बनाएको र निर्णय प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकास गरिएको जानकारी दिए । प्रतियोगितासम्बन्धी निर्णय क्यानको बोर्ड र गभर्निङ काउन्सिलमा छलफल गरेर लिने गरिएको उनको भनाइ छ । एनपीएल कुनै व्यक्तिलाई चर्चित बनाउन वा कसैलाई होच्याउन सञ्चालन गरिएको प्रतियोगिता नभएको उल्लेख गर्दै खड्काले यसलाई नेपाली क्रिकेटको विकास र विस्तारसँग जोडेर हेर्नुपर्ने बताए । क्यानले राष्ट्रिय खेलकुद परिषद्, सम्बन्धित मन्त्रालय तथा सरकारसमक्ष आवश्यक कागजात र प्रक्रियागत विवरण पेस गरेको पनि उनले जानकारी दिए । ती निकायबाट प्राप्त पत्रको जवाफ दिइसकेको र आगामी दिनमा पनि जवाफदेही भएर काम गर्ने उनले बताए । खड्काले भने, ‘हामीले गरेको काम र गतिविधिमा सुधार गर्नुपर्ने पक्ष छन् भने सुधारेर अगाडि बढ्छौँ । मिडियाले स्वतन्त्र रूपमा आलोचना गर्न पाउँछ र सम्बन्धित विषयमा गरिएका आलोचनालाई हामी सकारात्मक रूपमा लिन्छौँ । नेपाल क्रिकेट कुनै एउटा व्यक्तिमा सीमित छैन । क्रिकेट खेल पनि टिमले खेल्ने हो र क्रिकेट संघ पनि टिमवर्कबाट अगाडि बढेको छ । यो टिमवर्क नभएको भए एनपीएल र नेपाली क्रिकेट आजको अवस्थामा आउन सफल हुने थिएन ।’ क्यानको नेतृत्वले विगत तीन वर्षदेखि पाएको जिम्मेवारी पूरा गर्न प्रयास गरेको उल्लेख गर्दै खड्काले सही नियत हुँदाहुँदै पनि कुनै काममा कमजोरी हुन सक्ने स्वीकार गरे । त्यस्ता कमजोरी पहिचान गरेर सच्याउँदै लैजाने उनको भनाइ छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार दिने क्यानको घोषणा
ताजा खबरJust now

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार दिने क्यानको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् ।  नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले ...

फरकधार
खैरो हेरोइनसहित दुई जना पक्राउ
ताजा खबरJust now

खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरीले आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा... ...

रातोपाटी
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
ताजा खबरJust now

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ

विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

रातोपाटी
कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play