Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने भएको छ । कात्तिक ९ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा डीआरएस प्रविधि प्रयोग गरिने एनपीएलले जनाएको छ। एनपीएलले हिमालयको महान् उत्सव र खेलकुद प्रविधिको यो संगमले नेपाली क्रिकेटको भविष्य र गुणस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ। डीआरएस प्रविधिले खेलमा हुनसक्ने अम्पायरिङ त्रुटि घटाउन र निर्णयलाई थप निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुर्‍याउने क्यानको विश्वास छ। डीआरएसले अम्पायरको निर्णय चित्त नबुझेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ। क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस प्रविधि जडानका लागि लाग्ने खर्चको व्यवस्थापन क्यान र सहभागी आठ वटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा बहन गर्ने छन्। एनपीएललाई आइसिसीबाट टी–२० लिगको औपचारिक मान्यता एवम् स्वीकृतिसमेत प्राप्त भएको छ। मंसिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। विदेशी खेलाडीहरू अनुबन्ध भइएकाले एनपीएलमा थप आकर्षण बढेको छ। The post एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याइने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौं।जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएका जनाएको छ। निजको उद्धारमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो। राष्ट्रिय महिला सशक्तिकरण परियोजनाले आपतकालीन सहयोग आवश्यक पर्ने महिलालाई सक्दो ...

नेपालन्युज
दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)
ताजा खबरJust now

दशैंमा कस्ता बिरामीहरुले खानेकुरामा के कसरी ध्यान दिने ? (भिडिओ)

काठमाडौं । दशैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् टिका, जमरा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला खानेकुराका विभिन्न परिकारहरुको कुरा नै आउँछन। दशैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन्। झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्यानउनु परेका थुप्रै उदाहरणहरु पनि पाइन्छन छन। भेटघाट, रमाइलो भन्दा पनि ...

कर्पोरट खबर
गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै
ताजा खबरJust now

गाउँघरमा ‘चचहुई..चचहुई’को रौनक हराउँदै

• काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित चुरीथुम्कामा दशैंको समयमा परम्परागत लिङ्गे पिङको चहलपहल कम भएको छ। • विगतका वर्षहरूमा पिङ खेल्नको लागि लामो लाइन लाग्ने गर्दथ्यो, तर यस वर्ष मानिसको अभावले पिङ सुनसान भएको छ। • वैदेशिक रोजगारी र मोबाइलको आकर्षणले गर्दा युवापुस्ताको गाउँबाट बाहिरिनु र पिङको संस्कृति घट्दै गएको स्थानीयहरूको भनाइ छ। ...

नेपालबहस
पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार
ताजा खबरJust now

पुटिन र सीसँग त्रिपक्षीय वार्ता गर्न डोनाल्ड ट्रम्प तयार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन् । उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकेत गरेका हुन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play