Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी

एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी

काठमाडौं । विराटनगर किङ्समाथि उत्कृष्ट अलराउण्ड प्रदर्शनसहित कर्णाली याक्सलाई जित दिलाएका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। बिहीबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान कामीले आफूभन्दा पनि समग्र टोलीको प्रदर्शन राम्रो रहेको भन्दै आगामी खेलमा पनि यही लयलाई निरन्तरता दिने बताए। उनले त्रिवि क्रिकेट मैदानको पिचमा १८० रनको लक्ष्य पछ्याउन सकिने आफूलाई लागेको बताए। विराटनगरले अपेक्षाभन्दा १० देखि १५ रन बढी बनाए पनि पावरप्लेमा राम्रो गर्न सके जित सम्भव हुने आफ्नो आकलन रहेको उनको भनाइ थियो। पावरप्लेमा राम्रो प्रदर्शन गरे पनि लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको उनले बताए। पाँच विकेट गुमाएको अवस्थामा प्रशिक्षक ज्ञानेन्द्र मल्लले आफूलाई ब्याटिङका लागि पठाएको र त्यसपछि पवन सर्राफ तथा गुलसन झासँग राम्रो साझेदारी गर्न सफल भएको उनले उल्लेख गरे। गुलसनको प्रदर्शनबाट आफू निकै खुसी रहेको बताउँदै कामीले टोलीका अन्य खेलाडीले पनि आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘आज मेरो र कर्णालीको दिन थियो। हामीले जित्न सफल भयौं। अघिल्लो खेलमा युनिस सिंह ठकुरीले राम्रो प्रदर्शन गरेका थिए, आज मैले गर्न सकेँ। आगामी खेलमा अरू खेलाडीले पनि राम्रो प्रदर्शन गर्नेछन् भन्ने विश्वास छ,’ उनले भने। त्रिवि क्रिकेट मैदानमा आफ्नो सुरुआती दिनदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफू निकै खुसी रहेको पनि उनले बताए। कर्णालीको सामूहिक प्रदर्शन र निरन्तरतालाई जोड दिँदै उनले यसपटक उपाधि जित्ने लक्ष्य रहेको स्पष्ट पारे। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (फोटो फिचर)
ताजा खबरJust now

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (फोटो फिचर)

• पर्वतको कुश्मा नगरपालिका–३ स्थित जमुना परियारले गाउँमा फलेका अम्बा संकलन गरेर बजारमा बिक्री गर्छिन्। • उनले डोकोमा अम्बा बोकेर कुश्मा बजार पुग्न दुई घण्टा लाग्छ। • घरमा अरू कोही कमाउने नभएपछि उनले अम्बा बिक्री गरेर खर्च जुटाउने प्रयास गरिरहेकी छन्। ...

नेपालबहस
डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा
ताजा खबरJust now

डा. केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा

काठमाडौं।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ। उक्त मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले डा. केसीसँग पछिल्लो पटक गत साउन ११ गते ...

नेपालन्युज
मधेसमा नयाँ सरकार गठन गर्न तीन दल छलफलमा
ताजा खबरJust now

मधेसमा नयाँ सरकार गठन गर्न तीन दल छलफलमा

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ। अहिले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वमा सरकार रहेको छ। गत असोज २५ मा एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा छ।  अब नयाँ सरकार गठनका लागि तीन दल तयारीमा जुटेका हुन्। जनमत पार्टीका नेता तथा प्रदेश सभ... ...

नेपालखबर
मधेसमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह
ताजा खबरJust now

मधेसमा झन्डै ९ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा । मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play