काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । लिग चरणमा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा थियो भने चितवन राइनोज चौथो स्थानमा रहेको थियो । यी दुवै टीमबीच समुह चरणको खेलमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो । The post एनपीएलको इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएलको इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






