Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपिएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट दोस्रो चरणमा प्रवेश गर्ने क्रममा छ । प्रतियोगितामा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको लिग चरणका खेलहरू जारी रहँदा यसपटक केही नेपाली युवा खेलाडीले आफ्नो प्रदर्शनबाट विशेष चर्चा बटुलेका छन् । एनपिएलको प्रत्येक संस्करणले नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ । यसपटक पनि केही युवा खेलाडीले प्राप्त अवसरलाई सदुपयोग गर्दै आफ्नो उपस्थितिलाई बलियो बनाएका छन् । बलिङतर्फ राहुल यादव र रिजन ढकाल तथा ब्याटिङतर्फ लोकेश बम, रशिद खानलगायतले प्रभावशाली प्रदर्शन गरेका छन् । ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुलयस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक छन् युवा तीव्रगतिका बलर राहुल यादव । जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन् । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन् । राहुलले सात खेलमा १२ विकेट लिएका छन्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् । काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे। त्यसपछिका दुई खेलमा क्रमश: एक र तीन विकेट लिएका छन् । रिजनको निरन्तर विकेटयस संस्करणमा बलिङतर्फ रिजन ढकाल उत्कृष्ट लयमा देखिएका छन्। चितवन राइनोजबाट खेलिरहेका ढकालले हासम्म पाँच खेलमा ११ विकेट लिएका छन् । उनले प्रतियोगिताका प्रत्येक खेलमा विकेट लिएका छन् । रिजनको प्रभावशाली बलिङ चितवनका लागि महत्त्वपूर्ण बनेको छ । चितवनले हालसम्म खेलेका छ खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ । अन्तरराष्ट्रिय क्रिकेटको अनुभवसमेत बटुलिसकेका छन् । ढकालले नेपालका लागि आठ टी–२० अन्तरराष्ट्रिय र चार एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । ब्याटिङमा लोकेश बम अब्बलब्याटिङतर्फ लोकेश बमले यस संस्करणको एनपिएलमा राम्रो प्रभाव छोडेका छन्। विराटनगर किङ्सबाट खेलिरहेका उनले सात खेलमा २४२ रन बनाएका छन्। उनी लिगमा सर्वाधिक रन बनाउने ब्याटर छन् । लोकेशले प्रतियोगितामा दुई अर्धशतकीय पारी खेलेका छन्। नेपालका लागि २९ टी–२० अन्तरराष्ट्रिय खेल खेलिसकेका लोकेशले अहिलेसम्म एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने अवसर पाएका छैनन् । राशिद खान पनि पुनरामगनको खोजीमाराशिद खानले पनि एनपिएलको तेस्रो संस्करणमा ब्याटिङबाट चर्चा बटुलेका छन् । काठमाण्डु गोर्खाजबाट खेलिरहेका उनले छ खेलमा एक अर्धशतकसहित १५५ रन बनाएका छन् । राशिदले नेपालका लागि हालसम्म दुई टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play