Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएल सुरुवातमै नयाँ स्टारको उदय

एनपिएल सुरुवातमै नयाँ स्टारको उदय

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल सुरुवातमै नयाँ स्टारको उदय

काठमाडौं । रौतहटको चन्द्रपुरमा क्रिकेट अभ्यास गरिरहेका राहुल यादवका लागि नेपाल प्रिमियर लिग (एनपिएल) खेल्नु आफैंमा ठूलो सपना थियो । राष्ट्रियस्तरका खेलाडीसँग एउटै ड्रेसिङ रुममा बस्न पाउनु, उनीहरूसँग अभ्यास गर्न पाउनु र खेलबाट केही सिक्नु उहाँका लागि अवसर थियो । तर, १६ वर्षीय राहुलले एनपिएलमा केवल सिक्ने अवसरमात्र पाउनुभएन, आफ्नो प्रतिभा देखाउने मञ्च पनि पाउनुभयो । त्यो पनि यस्तो प्रदर्शनसहित, जसले उहाँलाई प्रतियोगिताकै चर्चित युवा खेलाडीमध्ये एक बनाएको छ । तेस्रो संस्करणको एनपिएलमा जनकपुर बोल्ट्सबाट खेलिरहनुभएका राहुल अहिले आफ्नो बलिङका कारण चर्चामा हुनुहुन्छ । दुई खेल खेल्नुभएका उहाँले ६ विकेट लिइसक्नुभएको छ । दुवै खेलमा उहाँले पहिलो बलमै विकेट निकाल्नुभयो । डेब्यु खेलमै दुई विकेट लिनुभएका राहुलले दोस्रो खेलमा चार विकेट चट्काउनुभयो । दोस्रो खेलमा त उहाँ प्लेयर अफ द म्याच नै घोषित हुनुभयो । उहाँको यो प्रदर्शनले अनुभवी खेलाडी र क्रिकेटका जानकारलाई समेत प्रभावित बनाएको छ । कर्णाली याक्सविरुद्धको खेलमा राहुलको चर्चा यसरी सुरु भयो कि मैदानमा रहेका विदेशी खेलाडीभन्दा पनि दर्शकको ध्यान उहाँतिर तानियो । इंग्ल्याण्डका अनुभवी अलराउण्डर मोइन अली पहिलोपटक नेपाली मैदानमा खेलिरहनुभएको थियो । पाकिस्तानका इफ्तिखार अहमद, हुनेन शाह र हुसेन तलत पनि चर्चामा हुनुहुन्थ्यो । तर, अन्ततः पहिलो खेल खेलिरहनुभएका राहुलले सबैको ध्यान खिच्नुभयो । जनकपुरका लागि बलिङको सुरुवात मोइन अलीले गर्नुभयो । उहाँले पहिलो ओभरको अन्तिम बलमा मार्क वाटलाई आउट गर्नुभयो । त्यसपछि बलिङमा आउनुभएका ललित राजवंशीको ओभरमा कर्णालीका दीपक डुम्रेले लगातार दुई छक्का प्रहार गर्नुभयो । तेस्रो ओभरमा कप्तान हर्मित सिंहले १७ वर्षीय राहुललाई बल थमाउनुभयो । त्यो उहाँको एनपिएल डेब्यु थियो । पहिलो खेल, ठूलो मञ्च र अनुभवी ब्याटरहरू । तर, राहुलले दबाब महसुस गर्न दिनुभएन । पहिलो बलमै दीपक डुम्रेलाई आउट गर्नुभयो । आफ्नो पहिलो ओभरमा एक रनमात्र खर्चिएर उहाँले विकेट लिनुभयो । त्यसपछि छैटौँ ओभरमा फेरि बलिङमा आउनुभयो । पाकिस्तानी खेलाडी हुसेन तलत क्रिजमा हुनुहुन्थ्यो । राहुलले ओभरको तेस्रो बलमै उहाँलाई तीन रनमा आउट गराउनुभयो । उक्त ओभरमा पनि उहाँले एक रनमात्र दिएर एक विकेट लिनुभयो । डेब्यु खेलमै दुई विकेट लिएपछि उहाँको चर्चा सुरु भयो । त्यस खेलमा जनकपुरका लागि अनुबन्ध भएका अर्का पाकिस्तानी तीव्र गतिका बलर हुनेन शाह एनओसी विवादका कारण मैदान उत्रिन पाउनुभएन । उहाँको अनुपस्थितिमा राहुलले अवसर पाउनुभयो । तर, अवसर पाउनु एउटा कुरा थियो, त्यसलाई प्रदर्शनमा बदल्नु अर्को । राहुलले पहिलो खेलमै आफ्नो क्षमता देखाउनुभयो । उहाँको वास्तविक परीक्षा भने दोस्रो खेलमा भयो । बिहीबार काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर मैदानमा उत्रिँदा राहुलमाथि धेरैको नजर थियो । पहिलो खेलको प्रदर्शन संयोगमात्र थियो कि उहाँ साँच्चिकै सम्भावना बोकेका बलर हो भन्ने प्रश्न पनि थियो । राहुलले जवाफ बलबाटै दिनुभयो । काठमाण्डुका ओपनर साम हिजलेट क्रिजमा हुनुहुन्थ्यो । राहुलले आफ्नो पहिलो ओभरको पहिलो बलमै उहाँलाई एक रनमा आउट गर्नुभयो । त्यसपछि दोस्रो ओभरमा स्मित पटेललाई कप्तान हर्मित सिंहको हातबाट क्याच आउट गराउनुभयो । काठमाण्डु सुरुदेखि नै दबाबमा पर्‍यो । तेस्रो ओभरमा पनि उहाँले आफ्नो प्रभाव कायम राख्नुभयो । त्यसपछि १७औँ ओभरमा फर्किनुभएका राहुलले पाँचौँ बलमा कप्तान करण केसी र छैटौँ बलमा मोहम्मद आदिल आलमलाई आउट गर्नुभयो । यससँगै उहाँको नाममा चार विकेट पुग्यो । उहाँले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिनुभयो । एउटा उत्कृष्ट क्याचसमेत लिनुभएका राहुल खेलको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँको प्रदर्शनकै कारण काठमाण्डु ११५ रनमा समेटियो । जनकपुरले ११६ रनको लक्ष्य १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । मोइन अलीले अविजित ५८ र सैफ हसनले ४० रन बनाएपछि जनकपुरले आठ विकेटको जित निकाल्यो । रौतहटको चन्द्रपुरबाट क्रिकेट यात्रा सुरु गर्नुभएका राहुलले चन्द्रपुर क्रिकेट एकेडेमीमा आफ्नो बलिङ कौशल निखार्नुभएको हो । जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्टबाट छनोट भएर टोलीमा स्थान बनाउनुभएका उहाँले कम उमेरमै ठूलो प्रतियोगितामा आफ्नो क्षमता देखाउने अवसर पाउनुभयो । जनकपुर बोल्ट्सका अलराउण्डर मोइन अलीले राहुल यादवको प्रशंसा गर्नुभएको छ । राहुलको बलिङ शैलीबाट प्रभावित मोइनले उहाँ भविष्यमा नेपालका अर्का लासिथ मलिंगा बन्न सक्ने सम्भावना रहेको बताउनुभएको हो । ‘उनी नेपालका ‘मलिंगा बन्न सक्ने सम्भावना छ । उनको बलिङमा रहेको विशेष क्षमता र बलिङ शैली राम्रो छ’, उहाँले भन्नुभयो । मलिंगा आफ्नो विशिष्ट बलिङ एक्सन, तीव्र गति र योर्करका लागि विश्व क्रिकेटमा चर्चित हुनुहुन्थ्यो । राहुलले एनपिएलको मञ्च आफ्ना लागि सिक्ने अवसर भएको बताउनुभयो । ‘पहिलो खेलमा पहिलो ओभरमै विकेट लिएँ । दोस्रो खेलमा पनि पहिलो बलमै विकेट लिन सफल भएँ । खुसी लागेको छ’, उहाँले भन्नुभयो । राहुलले जारी एनपिएलमा सिनियर खेलाडीहरूबाट आफूले धेरै कुरा सिकिरहेको बताउनुभयो । ‘टोलीमा सबैभन्दा कान्छो खेलाडी पनि म नै हुँ । अहिले म सिनियर दाजुहरूसँग धेरै कुरा सिकिरहेको छु’, उहाँले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सिर्जनाको साझा मञ्च बन्यो दमक
ताजा खबरJust now

सिर्जनाको साझा मञ्च बन्यो दमक

काठमाडौँ, कात्तिक १५ गते । पूर्वी नेपालको व्यावसायिक सहर दमक पछिल्लो समय साहित्य, कला र संगीतको साझा मञ्चका रूपमा पनि स्थापित हुन थालेको छ । यही सिर्जनात्मक पहिचानलाई थप विस्तार गर... ...

गोरखापत्र
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी
ताजा खबरJust now

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

• कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया सुरु गरिएको छ। • यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र स्थानीय समुदायलाई सचेत गराउन मद्दत गर्नेछ। • रेडियो कलर जडानको काम वरिष्ठ संरक्षण अधिकृतको सुपरिवेक्षणमा प्राविधिक टोलीले गर्नेछ। ...

नेपालबहस
देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ :  डा. बाबुराम भट्टराई
ताजा खबरJust now

देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले देश ठुलो सङ्कटतर्फ उन्मुख भइरहेको सङ्केत गरेको बताएका छन् । आइतबार सामाजिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play