Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपिएल : विराटनगरविरुद्ध काठमाडौंको सहज जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल : विराटनगरविरुद्ध काठमाडौंको सहज जित
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो जित निकालेको छ । योसँगै टोली प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । टोलीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । काठमाण्डूले समान चार अंक बनाएको कर्णाली याक्सलाई रन रेटका आधारमा पछाडि पारेको हो । काठमान्डु गोर्खाजका बलरहरूले सानदार बलिङ गरेपछि बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि निरन्तर विकेट गुमाउँदा कम स्कोरमा समेटिएको हो । विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै तीन चौका र एक छक्का मद्दतमा सर्वाधिक २६ रन बनाउनुभयो । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सक्नुभयो । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाउनुभयो । शेहान जायसूर्या पाँच, लोकेश बम छ, आन्द्रे रसेल तीन र अपराजित पौडेल दुई रनमा आउट हुँदा इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खातासमेत खोल्न सक्नुभएन । कप्तान सन्दीप लामिछाने तीन रनमा अविजित रहनुभयो । विराटनगरका लागि पहिलो विकेटका शेहान जयासूर्या र लोकेश बमले ११ रनको साझेदारी गर्नुभएको थियो । त्यसपछि साझेदारी गर्न संघर्ष गरेको विराटनगरले ३५ रनमै सात विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्नुभएको हो । आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गर्नुभयो । काठमान्डुका लागि युवा बलर सन्तोष यादवले तीन ओभरमा ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । सहान अराचिगेले दुई ओभरमा सात रन खर्चेर दुई विकेट लिनुभयो । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । कप्तान करण केसी, शाहब आलम र देव शाहले एक–एक विकेट लिनुभयो । एनपिएलमा विराटनगरको यो दोस्रो कम स्कोर हो । यसअघि सन् २०२५ मा भएको एनपिएलको दोस्रो संस्करणको क्वालिफायर वानमा विराटनगर सुदूरपश्चिम रोयल्ससँग ७८ रनमा अलआउट भएको थियो । लुम्बिनीको अपराजित यात्रा कायमैयसअघि बिहीबार सम्पन्न पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो ।जितसँगै लुम्बिनीले आफ्नो अपराजित यात्रा चार पुर्‍याएको छ । एनपिएलको जारी संस्करणमा एक खेल पनि नहार्ने लुम्बिनी एकमात्र टोली हो । लुम्बिनी सात अंकसहित तालिकाको पहिलो स्थानमा छ । आफ्नो पाँचौँ खेल खेलेको जनकपुरको भने यो तेस्रो हार हो । केवल दुई खेलमा जित हात पारेको जनकपुरले चार अंक जोडेको छ । जनकपुरका ब्याट्सम्यानहरूले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरका चारजना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके । सेफ हसनले २८ रन बनाउनुभयो । उहाँले २५ बलमा चार चौका हिर्काउनुभयो । ओपनर तृतराज दास पनि १८ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट हुनुभयो । आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान हरमित सिंहले आक्रामक पाली खेल्दै २० बलमा तीन छक्काको मद्दतले ३३ रन बनाउनुभयो । नवौँ नम्बरका ब्याटर आदित्य महताले आक्रामक ब्याटिङ गर्दै अविजित ३० रन जोडनुभयो । उहाँले केवल २४ बलमा चार छक्का प्रहार गर्नुभयो । जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन लुम्बिनीका बलरहरूले अब्बल प्रदर्शन गरे । डार्शी सर्टले तीन विकेट लिनुभयो । तिलक भण्डारी र शेर मल्लले दुई–दुई विकेट हात पार्नुभयो । रुवेन ट्रम्पलम्यानले एक विकेट लिनुभयो । त्यसअघि, लुम्बिनीले पहिलो ओभरको पहिलो बलमै ओपनर डार्शी सर्टलाई गुमाएको थियो । सर्टलाई जनकपुरका बलर ललित राजवंशीले राहुल यादवद्वारा क्याच गराउनुभएको थियो । त्यसपछि, सम्हालिएको लुम्बिनीका लागि अर्का ओपनर आसिफ शेख र निरोशन डिकवेलाले ४३ रनको साझेदारी गर्नुभएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आउनुभएका विकेटकिपर ब्याट्सम्यान डिकवेलाले २७ बलमा एक छक्का र दुई चौकाको मद्दतले २७ र आसिफ शेखले २१ बलमा एक छक्का र दुई चौकाको मद्दतले २१ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले पनि टोलीको खातामा महत्त्वपूर्ण ३८ रन थप्नुभयो । चौथो नम्बरमा क्रिज समाल्न आउनुभएका रोहितले ३१ बलमा एक छक्का र चार चौका हिर्काउनुभयो । दिलिप नाथले १५ बलमा दुई छक्का र एक चौकाको मद्दतले २१ रन जोडनुभयो । छैटौँ नम्बरका ब्याट्र समिम होसैनले १३ बलमा एक छक्काको मद्दतले १३ रन बनाउनुभयो । सन्दीप जोरा पनि चार बलमा दुई चौकाको मद्दतले नौ रन बनाउँदै आउट हुनुभयो । रुवेन ट्रम्पलम्यानले आठ बलमा दुई छक्काको मद्दतले १५ रन बटुल्नुभयो । जनकपुर बोल्ट्सका बलर विशाल सुस्लिङ र राहुल यादवले दुई–दुई विकेट लिनुभयो । ललित राजवंशी, हरमित सिंह र अभिषेख तिवारीले पनि एक-एक विकेट हात पार्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३०... ...

रातोपाटी
साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै
Latest NewsJust now

साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको सुरक्षित, व्यवस्थित र प्रभावकारी प्रयोग सुनिश्च... ...

गोरखापत्र
संकट बन्दै रुस-युक्रेन युद्ध
Latest NewsJust now

संकट बन्दै रुस-युक्रेन युद्ध

२०२२ फेब्रुअरी २४ को बिहान युरोपको नक्सामा एउटा पुरानो भय पुनः जीवित भयो। रुसी क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूतर्फ उडिरहेका थिए। राजधानी किएभसहित विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिए। ट्याङ्कहरू सीमापार अघि बढे। लाखौँ मानिसले केही घण्टाभित्रै घर छाड्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि युरोपले अनुभव गरेको सबैभन्दा ठूलो सैन्य संकटमध्ये एउटा नयाँ अध्याय सुरु भयो। मस्कोले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको सैन्य कारबाहीका रूपमा व्याख्या गर्‍यो। ...

नेपालन्युज
कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती
Latest NewsJust now

कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती

काठमाडौँ, कात्तिक २० गते । सरकारले कृत्रिम (प्लास्टिक) फूलमाला र गुच्छाको आयात तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि आयात र बिक्री रोकिएको छैन । सरकारले राजपत्रमा सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play