एनपिएल : आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । एनपिएलमा शुक्रबार कुनै पनि खेल भएनन् । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको तालिकाअनुसार शुक्रबार एक दिनका लागि विश्राम दिएको थियो । आज (शनिबार)को पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । त्यस्तै, आज (शनिबार)को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमने-सामने हुनेछन् । दोस्रो खेल साँझ ५ बजे सुरु हुने तालिका छ । यसअघि उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको थियो । यस्तै, चितवन राइनोजले आफ्नो पहिलो खेलमा विराटनगर किंग्समाथि आठ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो । सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको छ भने विराटनगर किंग्सले आफ्ना दुवै खेल गुमाएको छ । समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । पहिलो क्वालिफायर मंसिर १, इलिमिनेटर मंसिर २, दोस्रो क्वालिफायर मंसिर ३ र फाइनल मंसिर ५ गते हुनेछ । दस स्थानमा ‘फ्यान जोन’एनपिएलको तेस्रो संस्करणको खेल हेर्न देशका विभिन्न शहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सामूहिकरूपमा हेर्न देशभरका १० शहरमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । जहाँ ठूला एलइडी स्क्रिनमार्फत् प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरिएको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा खेल हेर्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाबाहिर कर्णालीको सुर्खेतस्थित घण्टाघर डबली, सुदूरपश्चिमको धनगढीस्थित कबर्ड हल क्षेत्र, बुटवलको सिद्धेश्वरी ग्राउण्ड, पोखराको मालेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसर, मधेसको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरस्थित पुरानो गुद्री मैदानमा ‘फ्यान जोन’ सञ्चालन गरिएको छ । एनपिएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको यस लिगमा आठ फ्रेन्चाइज टिमको सहभागिता छ । कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाण्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् । एनपिएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरूपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी चार खेल हुनेछन् । नेपालमा व्यावसायिक खेलकुदको जग बसाउने क्रममा महत्त्वपूर्ण भूमिका खेलिरहेको ‘एनपिएल क्रिकेट २०२६’ का लागि आइसिसीको मान्यताले समग्रमा नेपालको क्रिकेटको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्नुका साथै एनपिएललाई अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्न सहयोग हुने विश्वास गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा
ऋणको साँवा, ब्याज र किस्ता नियमित भए पनि सुरुको प्रयोजनभन्दा अन्यत्र उपयोग भएको अवस्थामा बैंकिङ कसुर आकर्षित हुने र फौजदारी मुद्दा चलाउन सकिने सर्वोच्चको फैसला। ...

एनपीएलमा गीत–संगीत रौनक
काठमाडौँ । पछिल्लो समय दक्षिण एसियामा सवार्धिक लोकप्रिय बनेको क्रिकेटको क्रेज नेपालमा पनि बढ्दो छ । आईसीसीको प्रतियोगीतासँगै फ्रेन्चाइजले थप व्यवसायिकता बनाएको क्रिकेट मनोरञ्जनसँगै सामाजिक प्रतिष्ठिान र आर्थिक रूपमा समेत... ...
गाउँमै डेरी उद्योग सञ्चालन भएपछि किसानलाई राहत
सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), कात्तिक १५ गते । धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित राम्चेडाँडामा डेरी उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई दूध बिक्री गर्न बजारसम्म धाउनुपर्... ...

बार्सिलोना फेरि जितको बाटोमा
काठमाडौं । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ । एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका ...


