काठमाडौं। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै शानदार बलिङ गरेका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर ६ विकेट लिए। सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिक समेत पूरा गरे। योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो बलर बनेका छन्। एनपिएलमा समग्रमा एक खेलमा ६ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन्। यसअघि यो उपलब्धि काठमाडौं गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ।गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित भएका थिए। उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए। पहिलो संस्करणमा सन्दीपले सात खेलमा ६ विकेट लिएका थिए।
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

Read Complete Original Article
Published originally on नेपालन्युज






