Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा उपाधि भिडन्तको पुनरावृत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा उपाधि भिडन्तको पुनरावृत्ति
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा उपाधिका दुई प्रमुख दाबेदार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज (मंगलबार) क्वालिफायर-वानमा आमनेसामने हुँदैछन् । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोलीबीच यसपटक फाइनल प्रवेशको पहिलो अवसरका लागि प्रतिस्पर्धा हुन लागेको हो । दुई टोलीबीचको खेल त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ । साबिक विजेता लुम्बिनी र साबिक उपविजेता सुदूरपश्चिमबीचको यो भिडन्तले विगतको प्रतिस्पर्धालाई पनि स्मरण गराउनेछ । दोस्रो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करणको फाइनलमा पनि पुगेको सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लगातार दुईपटक फाइनल खेले पनि उपाधिविहीन रहेको सुदूरपश्चिम यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा छ । एनपिएलको तेस्रो संस्करणको उद्घाटन खेलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै भिडेका थिए । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु निरीह बनेको थियो । १७.२ ओभरमा अलआउट हुँदै उसले ८७ रनमात्र बनाउन सकेको थियो । जवाफमा लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । अब दुवै टोलीबीचको दोस्रो भेट अझ महत्त्वपूर्ण बनेको छ । क्वालिफायर-वानको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले पनि इलिमिनेटरको विजेतासँग क्वालिफायर–टु खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछ । लिग चरणका २८ खेलपछि पूरा भएको प्लेअफ समीकरणमा लुम्बिनी ११ अंकसहित शीर्षस्थानमा रह्यो । सातमध्ये पाँच खेलमा जित निकालेको लुम्बिनीको एक खेलको नतिजा निस्किएको थिएन भने अर्कोमा पराजित भएको थियो । तीन संस्करणको इतिहासमा लुम्बिनी पहिलोपटक लिग चरणको शीर्षस्थानमा रहन सफल भएको हो । पहिलो संस्करणमा आठ टोलीमध्ये एक खेलमात्र जितेर पुछारमा रहेको लुम्बिनीले दोस्रो संस्करणमा अविश्वसनीय पुनरागमन गर्दै उपाधि जितेको थियो । दोस्रो संस्करणमा सुरुवाती चारमध्ये तीन खेल गुमाएको लुम्बिनीले त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गरेको थियो । इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले र क्वालिफायर-टुमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै उसले फाइनल यात्रा तय गरेको थियो । त्यसपछि फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि लुम्बिनीले लिग चरणको अन्तिम खेलमा विराटनगरमाथि रोमाञ्चक जित निकाल्दै शीर्षस्थान सुरक्षित गरेको थियो । पहिलो संस्करणको निराशाजनक प्रदर्शनबाट दोस्रो संस्करणमा च्याम्पियन बनेको लुम्बिनी अब लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ । यता, सुदूरपश्चिम लगातार तेस्रो संस्करण प्लेअफ पुग्ने एक्लो टोली हो । यसअघिका दुवै संस्करणमा लिग चरणको शीर्षस्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर–वान खेलेको थियो । पहिलो संस्करणमा जनकपुरलाई ८ विकेटले र दोस्रो संस्करणमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल पुगेको थियो । तर, दुवैपटक उपाधि जित्न भने सकेन । यसपटक १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले लिग चरणमा पाँच खेल जितेको थियो । लिग चरणको अन्त्यतिर काठमाडौं गोर्खाज आफ्नो अन्तिम खेलमा पराजित भएपछि सुदूरपश्चिमले क्वालिफायर-वान खेल्ने अवसर पाएको हो । काठमाडौं विजयी भएको भए सुदूरपश्चिमले इलिमिनेटर खेल्नुपर्ने अवस्था आउन सक्थ्यो । सुदूरपश्चिमका लागि यसपटकको चुनौती विगतका दुई फाइनलमा भोगेको हारको इतिहास बदल्नु पनि हो । लगातार तीन संस्करण प्लेअफ पुग्ने स्थिरता देखाएको टोलीले यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ । लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको बाँकी समीकरण पूरा भएको थियो । सात खेलमा चार जित र तीन हारसहित ८ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रह्यो । अन्तिम खेल जितेको भए काठमाडौंले शीर्ष दुईमा उक्लिने अवसर पाउने थियो । तर, यसअघि नै प्लेअफ होडबाट बाहिरिइसकेको पोखराले काठमाडौंको क्वालिफायर–वान खेल्ने सम्भावना समाप्त पारिदियो । काठमाडौंले अब इलिमिनेटरमा चितवन राइनोजको सामना गर्नेछ । सात खेलबाट तीन जित, तीन हार र एक खेलको नतिजा ननिस्कँदा ७ अंक जोडेको चितवन चौथो स्थानमा रहँदै प्लेअफ पुगेको हो । अन्तिम खेलमा कर्णाली याक्ससँग पराजित भए पनि चितवनको प्लेअफ यात्रा प्रभावित भएन । प्रतियोगिताको पहिलो संस्करणमा पनि चितवन तेस्रो स्थानमा रहँदै इलिमिनेटर पुगेको थियो । मंगलबार हुने क्वालिफायर–वानपछि बुधबार इलिमिनेटर खेल हुनेछ । त्यसको विजेताले बिहीबार क्वालिफायर–वानमा पराजित टोलीसँग क्वालिफायर–टु खेल्नेछ । क्वालिफायर–टु विजेताले फाइनलमा स्थान बनाउनेछ । यससँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको यस संस्करणको यात्रा भने लिग चरणमै समाप्त भएको छ । यस्तो छ प्लेअफ खेलतालिकाएनपिएलको प्लेअफमा पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र इलिमिनेटर खेल हुनेछन् । फाइनल खेल शनिबार साँझ ५ बजे हुनेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यो खेल मंगलबार साँझ ५ बजे हुनेछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ । इलिमिनेटर खेल बुधबार साँझ ५ बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुनेछ । इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । दोस्रो क्वालिफायर बिहीबार साँझ ५ बजे हुनेछ । यसमा पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेता भिड्नेछन् । फाइनलमा पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता भिड्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Latest NewsJust now

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा ...

हिमालय टाइम्स
घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य
Latest NewsJust now

घट्यो अमेरिकन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य

नेपाल राष्ट्र बैंकले आज मंसिर १ गते मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हेर्नुहोस् सूची ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play