एनपिएलको टेलिकम पार्टनरमा एनटिसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउनमात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागतरूपमा थप प्रवर्द्धन गर्न समेत सहकार्य उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त सम्झौताले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसमेत व्यवहारमा लागू गर्न र दुर्ई संस्थाबीचको सहकार्य बलियो बनाउन भूमिका खेल्ने उहाँको भनाइ थियो । क्यानका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकमजस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहकार्यबाट नेपाली क्रिकेट खेल अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपाली खेलकुद क्षेत्रको संवर्द्धन एवं प्रवर्द्धन गर्ने नेपाल सरकारको नीतिलाई सहकार्यले थप टेवा पुर्याउने विश्वास कम्पनीले लिएको छ । एनपिएलले हालै इन्टरनेसनल क्रिकेट काउन्सिल(आइसिसी) बाट मान्यता पाएकोमा नेपाल टेलिकमले क्यानलाई बधाईसमेत दिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएलमा आज दुई खेल: चितवनसँग विराटनगर, जनकपुर र कर्णाली भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा प्रतिस्पर्धात्मक खेलहरू हुँदै छन्। ...

घट्यो कुखुराको मासुको भाउ
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १० गते । दसैँ सकिएसँगै बजारमा कुखुराको मासुको मूल्य घटेको छ । खपत घटेको भन्दै व्यवसायीले कुखुराको मासुको मूल्य घटाएका हुन् । सोमबारदेखि लागु ह... ...

लियोनलाई हराएर पीएसजी शीर्षमा
मिक गोडट्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता गरेको पहिलो गोलको मदतले युरोपेली च्याम्पियन सोमबार लियोनमाथि २–० को जित रच्दै फ्रान्सेल लिग वानको शीर्ष स्थानमा उक्लेको छ । ...

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
आज बिहान ६:३० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन् । ...


