Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएलः हुनेन साह जनकपुर, रदरफोर्ड सुदूरपश्चिममा आबद्ध

एनपिएलः हुनेन साह जनकपुर, रदरफोर्ड सुदूरपश्चिममा आबद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलः हुनेन साह जनकपुर, रदरफोर्ड सुदूरपश्चिममा आबद्ध

काठमाडौं । वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने प्रतिक्रिया दिए । “रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खड्काले भने । २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेट प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले वेष्ट इण्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै क्रमशः ८७३ र एक हजार १२३ रन बनाएका छन् । यस्तै, आज नै जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ । चौबिस वर्षीय साह पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका बलर हुन् । उनले सन् २०२६ को पिएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएका थिए । त्यसपछि साहले यही वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिए । उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । विदेशी लिगको रूपमा एनपिएल उनका लागि दोस्रो प्रतियोगिता हुनेछ । एनपिएलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौँमा आयोजना हुँदैछ । The post एनपिएलः हुनेन साह जनकपुर, रदरफोर्ड सुदूरपश्चिममा आबद्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
ताजा खबरJust now

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग... ...

रातोपाटी
इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
ताजा खबरJust now

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान […] ...

काठमाण्डुपाटी
राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे
ताजा खबरJust now

राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्। राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।  भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा ... ...

नेपालखबर
यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
ताजा खबरJust now

यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट

आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ। युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play