एनडीटीभी वल्र्ड समिटमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्दै

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा उनी बिहीबार नयाँदिल्ली पुगेका हुन् । समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी छन्। यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वल्र्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो। त्यसैगरी, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए । सो क्रममा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा वाग्ले र जयशंकरबीच रोचक प्रश्नोत्तरसमेत भएको थियो। The post एनडीटीभी वल्र्ड समिटमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु पुष्टि, ६५ घाइते
तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत र उद्धार जारी छ। शुक्रबार बिहानसम्म ४०० भन्दा बढी परकम्प गएको जनाइएको छ। स्थानीय आपत्‌कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै... ...
_qRDrm29r1Q.webp)
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली बन्द भएपछि मालवाहक सवारीसाधनहरूले नियमानुसारका बिलबिजक... ...


