Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एनएमबि बैंकले जित्यो भिसाका दुई प्रतिष्ठित अवार्ड, डिजिटल बैंकिङमा उत्कृष्ट योगदानको कदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंकले जित्यो भिसाका दुई प्रतिष्ठित अवार्ड, डिजिटल बैंकिङमा उत्कृष्ट योगदानको कदर
Photo / Coverage: पर्दाफास

एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो। यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा बैंकले गर्दै आएका नवीनतम प्रयास र उपलब्धिलाई थप पुष्टि गरेको बैंकले जनाएको छ। बैंकले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ। भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको बैंकको भनाइ छ। प्रविधिको अधिकतम प्रयोग गरी ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको प्रमुख प्राथमिकता रहेको जनाएको छ। ग्राहकको निरन्तर विश्वास र साथबाट प्राप्त यस सफलताले आगामी दिनमा थप गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रेरणा मिलेको बैंकले उल्लेख गरेको छ। एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
OthersJust now

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

‘बुद्ध र अहिंसा: विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो । ...

अनलाइन खबर
हसिनाको स्वदेश फिर्ती बंगलादेश सरकारद्वारा अस्वीकार
OthersJust now

हसिनाको स्वदेश फिर्ती बंगलादेश सरकारद्वारा अस्वीकार

बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । ...

अनलाइन खबर
सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न
OthersJust now

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको कानुनी आधार, भूतप्रभावी नियमावलीको प्रयोग, राज्य र मधेसका किसानले बेहोर्नुपरेको क्षति तथा प्रधानमन्त्री कार्यालयको संलग्नतालगायत आठ महत्त्वपूर्ण प्रश्नमाथि समितिमा गम्भीर छलफल भएको छ। ...

अनलाइन खबर
नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको शेयर कारोबार
OthersJust now

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको शेयर कारोबार

नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ । आज, सबैभन्दा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement