Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढ्यो

एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढ्यो

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजन गर्नु पर्ने रकम घटेको छ । जसले नाफा बढाउन सहयोग गरेको छ । ब‌ैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँबाट घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै ब‌ैंकको खुद ब्याज आम्दानी २ अर्ब ४८ करोड ७२ लाख ५३ हजार रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यस्तै सन्चालन नाफा १ अर्ब ४९ करोड ८४ लाख ६३ हजारबाट बढेर १ अर्ब ८९ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । ब‌ैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैंकको वार्षिकीकरण ईपीएस २३ रुपैयाँ ८३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८६ .३२ रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत छ । २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ४६ करोड ४४ लाख ५ हजार रहेको छ । यस अवधिमा बैंकले ३ खर्ब २२ अर्ब ८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५८ अर्ब ४५ करोड ५४ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । The post एनएमबि बैंकको नाफा २७.१० प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

लिड्समाथि बर्नमाउथको सहज जित
ताजा खबरJust now

लिड्समाथि बर्नमाउथको सहज जित

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिड्समाथि २–० गोलको जित निकालेको छ । बर्नमाउथलाई जित दिलाउन इभानिल्सन र अमिन अदलीले एक–एक गोल गरे । नेपाली समय अनुसार शनिबार राति सम्पन्न खेलको... ...

रातोपाटी
उत्तर कोरियालाई ‘पूर्णरूपमा’ परमाणु निःशस्त्रीकरणको प्रतिबद्धता जनाए
ताजा खबरJust now

उत्तर कोरियालाई ‘पूर्णरूपमा’ परमाणु निःशस्त्रीकरणको प्रतिबद्धता जनाए

काठमाडौँ । अमेरिका, दक्षिण कोरिया र जापानले शनिबार उत्तर कोरियालाई ‘पूर्णरूपमा परमाणु निःशस्त्रीकरण’ गराउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । प्योङयाङले वाशिङटनसँग सम्भावित वार्ताअघि निःशस्त्रीकरण अस्वीकार गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प... ...

रातोपाटी
देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति

काठमाडौँ । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन... ...

रातोपाटी
देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते
ताजा खबरJust now

देशभरका विपद्का घटनामा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौँ, कात्तिक १४ गते । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश, जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play