Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनएफएलमा तीन नयाँ टोली थप्ने बोलपत्रको म्याद थपियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएफएलमा तीन नयाँ टोली थप्ने बोलपत्रको म्याद थपियो
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) मा थप तीन टोली सहभागी गराउने उद्देश्यले आह्वान गरिएको बोलपत्र पेस गर्ने म्याद शुक्रबारसम्म थप गरिएको छ । चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्‍याइएको एनएफएलका चेयरमेन कल्याण गुरुङले बताउनुभएको छ । यसअघि कात्तिक ३० (नोभेम्बर १६) सम्मको समय दिइएको थियो । एनएफएलले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेत सहरको प्रतिनिधित्व गर्ने नयाँ फुटबल क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो । नयाँ क्लबका लागि आवेदन दिने पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने घोषणा भइसकेको छ । पहिलो संस्करणमा घरेलु फुटबलका सात क्लबले सहभागिता जनाउने निश्चित छ । नेपाल फुटबल लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी पुरानै क्लबका रुपमा हुनेछन् । थप तीन टोली समावेश भएपछि लिगमा सहभागी क्लबको संख्या १० पुग्नेछ । रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने जनाएको छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित
Latest NewsJust now

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको... ...

रातोपाटी
भिनिसियसको दुई गोल खेर, रोनाल्डोबिनाको पोर्चुगल पराजित
Latest NewsJust now

भिनिसियसको दुई गोल खेर, रोनाल्डोबिनाको पोर्चुगल पराजित

लण्डन । अन्तर्राष्ट्रिय फुटबलमा अप्रत्याशित नतिजाहरू आएका छन् । भिनिसियस जुनियरले दुई शानदार गोल गरे पनि ब्राजिल जापानसँग ३-२ गोलले पराजित भयो । यस्तै, क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछिको पहिलो खेल खेलेको पोर्चुगल डेनमार्कसँग ४-१ गोलको फराकिलो अन्तरले स्तब्ध बन्यो । सिंगापुरमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गर्दै ब्राजिलमाथि ऐतिहासिक जित निकालेको ...

हिमालय टाइम्स
१० खेलाडीमा समेटिएको इंग्ल्याण्डद्वारा स्पेन ३-२ ले पराजित
Latest NewsJust now

१० खेलाडीमा समेटिएको इंग्ल्याण्डद्वारा स्पेन ३-२ ले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले स्पेनविरुद्ध ३-२ गोलको रोमाञ्चक जित हात पारेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ‘सी’ को छैटौँ खेलमा भएको... ...

रातोपाटी
टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा
Latest NewsJust now

टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा फ्रान्सलाई जित दिलाउन एली जुनियर क्रुपीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play