Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएफएलको खेलाडी अक्सन डिसेम्बर दोस्रो साता
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि खेलाडी अक्सन डिसेम्बरको दोस्रो साता हुने भएको छ । आगामी फागुन १ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजकले अक्सन प्रक्रिया अघि बढाएको हो । ललितपुर सिटी एफसीका प्रबन्ध निर्देशक आलोकजंग जोशीले अक्सनको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सनअघि लिगमा सहभागी हुन इच्छुक खेलाडीको विवरण संकलन गरिनेछ । प्राप्त विवरणका आधारमा सम्बन्धित कमिटीले खेलाडीको अन्तिम सूची तयार पार्नेछ । ‘जो-जो इच्छुक हुनुहुन्छ, उहाँहरूको सूचना संकलन गरेर हाम्रो कमिटीले खेलाडीको अन्तिम सूची तयार पार्छ । त्यसपछि हामी अक्सनमा जान्छौं’, जोशीले भन्नुभयो । एनएफएलको पहिलो संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा यसअघि नै भइसकेको छ । सहभागी हुने १० मध्ये सात टोलीको नामसमेत निश्चित भइसकेको छ । निश्चित भएका टोलीमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी रहेका छन् । बाँकी तीन टोलीको टुंगो लगाउन विभिन्न शहरबाट प्रस्ताव आह्वान गरिएको थियो । विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत शहरलाई लक्षित गरी प्रस्ताव माग गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन
Latest NewsJust now

शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन

मंसिर । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले ढोरपाटन उपत्यका क्षेत्रमा विद्युत् विस्तार गरी पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौर, बोबाङ हुँदै ढोरपाटनसम्म लाइन पुर्‍याएको हो । बुर्तिबाङ बजारदेखि ३५ किलोमिटर लाइन तानेर विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । ढोरपाटनमा उपत्यकासँगै नवी, भुजी, ...

हिमालय टाइम्स
डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार
Latest NewsJust now

डिजिटल प्लेटफर्ममा नयाँ फिल्म र सिरिजको बहार

काठमाडौं । नोभेम्बर महिनाको अन्त्यसँगै ओटिटी प्लेटफर्महरूमा दर्शकका लागि विविध विधाका फिल्म तथा सिरिज सार्वजनिक भएका छन् । सस्पेन्स थ्रिलर, सुपरहिरो एक्सन, राजनीतिक दाउपेच, साइन्स फिक्सन र एनिमेदेखि आध्यात्मिक तथा रोमान्टिक कथासम्मका सामग्रीले डिजिटल बजारलाई यो साता थप रोमाञ्चक बनाएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, जियोहटस्टार र सोनी लिभलगायत प्लेटफर्ममा आएका यी नयाँ सामग्रीले फरक रुचि भएका दर्शकलाई आकर्षित गर्ने ...

हिमालय टाइम्स
शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल
Latest NewsJust now

शरीरमा प्रोटिनको कमी पूरा गर्न सहयोग गर्छन् यी फलफूल

काठमाडौं । प्रोटिन भन्नेबित्तिकै हाम्रो दिमागमा दाल, अण्डा, मासु र दूधजस्ता खानेकुरा आउँछन् । तर, केही फलफूलमा पनि प्रोटिन पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । फलफूल प्रोटिनको मुख्य स्रोत नभए पनि यिनलाई नियमित आहारमा समावेश गर्दा शरीरले आवश्यक पोषक तत्त्व प्राप्त गर्नसक्छ । विशेषगरी दैनिक खानामा थप पोषण र केही मात्रामा प्रोटिन समावेश गर्न चाहनेहरूका लागि अम्बा, एभोकाडो, कटहर ...

हिमालय टाइम्स
इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम
Latest NewsJust now

इटहरीमा प्रस्तुत हँदै आतिफ अस्लम

इटहरी । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पूर्वी नेपालको इटहरीमा प्रस्तुत हुनुहुने भएको छ । आगामी पुस ४ गते सुनसरीको इटहरी रंगशालामा आयोजना हुने ‘इस्टर्न इकोज’ कन्सर्टमा उहाँले आफ्ना पुराना तथा नयाँ गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने हुनुभएको हो । आतिफका लोकप्रिय गीत ‘वो लम्हे, वो बाते’, ‘पेहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’लगायत गीत कन्सर्टको मुख्य आकर्षण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement