Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनआरएनए नवौँ मध्यपूर्व सम्मेलनको अन्तिम तयारी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व-अध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग भेटवार्ता गरेको छ । भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुने ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ । प्रतिनिधिमण्डलमा पूर्व- अध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवर, संस्थापक सदस्य रामप्रताप थापा, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोजिना प्रधान राई तथा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीको योगदान, लगानी, विप्रेषण, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका हकहित तथा संघका समसामयिक विषयमा छलफल भएको थियो । साथै, संघको भावनात्मक एकता र संस्थागत सुदृढीकरणमा विशेष जोड दिइएको थियो । सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनए सबै गैरआवासीय नेपालीहरूको साझा संस्था भएकाले त्यसको एकता, संस्थागत सुदृढीकरण र स्थापनाकालीन उद्देश्यको संरक्षणमा राज्यको अभिभावकीय भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले संघलाई एकताबद्ध र थप सशक्त बनाउँदै अघि बढाउन सभामुख अर्यालबाट आवश्यक अभिभावकीय भूमिका, सहयोग र सहजीकरणको अपेक्षा गरिएको उल्लेख गर्नुभयो । साथै, गैरआवासीय नेपालीका अधिकार, पहिचान र विभिन्न सरोकारका विषयलाई राज्यको नीति तथा कानुनी व्यवस्थामा उचित सम्बोधन गराउन सभामुखको सकारात्मक पहल रहने विश्वास व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरूले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै गैरआवासीय नेपालीहरूका विभिन्न सरोकारका विषयमा नीतिगत सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीको लगानी र विप्रेषणको महत्त्वबारे प्रकाश पार्दै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा रसुवा-भोटेकोशी विपत्पछिको राहत र पुनःर्स्थापनाका कार्यमा संघले सरकारसँग सहकार्य गरेर अघि बढ्ने विषय राख्नुभयो । पूर्वअध्यक्ष विनोद कुँवरले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा व्यावहारिक समस्याबारे सभामुखको ध्यानाकर्षण गराउनुभयो । भेटका क्रममा पूर्वअध्यक्ष आरके शर्माले संस्थाको साझा उद्देश्य र हितका लागि सबै पक्षलाई एक ठाउँमा ल्याउने उद्देश्यले पूर्व–अध्यक्षहरूले संयुक्त रूपमा सभामुखलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएको बताउनुभयो । संस्थापक सदस्य रामप्रताप थापाले पनि गैरआवासीय नेपाली नागरिकता, लगानी तथा विशेषगरी युरोपमा रहेका नेपालीहरूमा यसले पारेको प्रभावका विषयमा आफ्नो धारणा राख्नुभयो । उपाध्यक्ष रोजिना प्रधान राईले संघले हालै देशका विभिन्न स्थानमा प्राकृतिक विपत्बाट प्रभावित नागरिकका लागि सञ्चालन गरेका राहत तथा सहयोगका कार्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, संघका आगामी कार्यक्रम तथा सरकारसँगको सहकार्यका सम्भावित क्षेत्रबारे पनि धारणा राख्नुभयो । नेपाल भित्रिने कुल विप्रेषणको ५० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्व लगायतका क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै वैदेशिक रोजगारी तथा स्वरोजगारमा संलग्न लाखौँ नेपाली श्रमिकको हक, हित, सुरक्षा र सम्मानका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । श्रमिकका समस्या र सम्भावना नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक पहल गरिदिन पनि सभामुखसमक्ष आग्रह गरिएको थियो । त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको राष्ट्रिय विकाससँग जोड्ने विषयमा छलफल भएको थियो । साना तथा सामूहिक लगानी र १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत नेपालको समृद्धिमा गैरआवासीय नेपालीको सहभागिता र योगदानलाई थप सक्रिय बनाउने विषयमा नीतिगत संवाद अघि बढाउनुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएको थियो । सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले एनआरएनएलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा राख्नुभयो । संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उहाँले संघ स्थापनाको पवित्र उद्देश्य र पछिल्लो समय त्यसको व्यावहारिक कार्यान्वयनबीच देखिएको अन्तरले आफूलाई दुःख लागेको बताउनुभएको थियो, साथै नेपालको संविधानको भावनाअनुरूप गैरआवासीय नेपालीका विभिन्न सरोकारका विषयलाई आफूले सभामुखको हैसियतमा सधैँ महत्त्व दिने बताउँदै आगामी दिनमा थप छलफल र समन्वयका माध्यमबाट अघि बढ्न सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
Latest NewsJust now

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको... ...

रातोपाटी
‘संकटमा नेपाली सेनाले देखाएको साहस’
Latest NewsJust now

‘संकटमा नेपाली सेनाले देखाएको साहस’

नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अत्यन्तै उच्च जोखिममा रहेको देश हो । भौगोलिक बनावट, भिरालो जमिन, र पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षेनी ठूला प्रकारका प्राकृतिक प्रकोपहरूको चपेटामा परिरहन्छ । यतिबेला मुलुक विनाशकारी बाढीका कारण अत्यन्तै कठिन परिस्थितिमा गुज्रिरहेको छ । गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व तिब्बती भू-भागमा हिमचट्टान खोलामा खस्दा नेपालमा आएको ...

हिमालय टाइम्स
एआईजीका लागि सुरेश श्रेष्ठको बलियो दाबेदारी : पहिलो वरीयता, अन्तर्राष्ट्रिय अनुभव र कमाण्ड क्षमता,को हुन् श्रेष्ठ ?
Latest NewsJust now

एआईजीका लागि सुरेश श्रेष्ठको बलियो दाबेदारी : पहिलो वरीयता, अन्तर्राष्ट्रिय अनुभव र कमाण्ड क्षमता,को हुन् श्रेष्ठ ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएसँगै संगठनभित्र बढुवाको प्रतिस्पर्धा सुरु भएको छ।... ...

सिंहदरबार न्युज
एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने
Latest NewsJust now

एनआरएनए : अप्रिलमा अमेरिकाज सम्मेलन हुने

काठमाडौं । कनेक्टिङ फर प्रोस्पेरेटी भन्ने नाराका साथ क्यानडाको टोरन्टोमा आगामी २०२७ अप्रिल २४ र २५ मा हुने १० औँ क्षेत्रीय सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेको छ । सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play