Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व अध्यक्षसहितको प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरी आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरेको छ। प्रतिनिधिमण्डलले बिहीबार सभामुख अर्याललाई कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को निमन्त्रणा हस्तान्तरण गरेको हो। भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालमा लगानी, विप्रेषण तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका हकहितका विषयमा छलफल भएको थियो। प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली ऐनलाई सदनमा प्रस्तुत गरी पारित गर्ने प्रक्रियामा सहजीकरण गर्न सभामुखसँग आग्रह गरेको थियो। साथै, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिएको थियो। सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई एकताबद्ध र बलियो बनाउनुपर्ने बताए। संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उनले स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सुझाव दिए। उनले सम्मेलनको निमन्त्रणाका लागि धन्यवाद दिँदै आफ्नो कार्यव्यस्तता विचार गरी सहभागिताबारे निर्णय गर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !
Latest NewsJust now

ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !

काठमाडौं । जापानसँग मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएपछि ब्राजिलका पूर्वस्टार खेलाडी रोमारियाेले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सिंगापुरमा शनिबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग ३–२ गोलले पराजित भएको थियो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्नु र अन्तिम समयमा गोल खानुले ब्राजिलको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला सन् १९९४ को विश्वकप विजेता रोमारियाेले प्रशिक्षक एन्सेलोट्टीप्रति ...

केन्द्रबिन्दु
२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका
Latest NewsJust now

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध ब्यूरोको टोलीले थाइल्याण्डबाट नेपाल आएका ५५ वर्षीय रेवाराज टिघारे रहेका छन् । भारतको महाराष्ट्र पुने स्थायी ठेगाना भएका उनले आफूले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइ साढे ५ केजी सेतो हेरोइन ल्याएका थिए । यसअघि […] ...

लोकपथ
प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा
Latest NewsJust now

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धा

प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाबिच एनपीएलमा आइतबार प्रतिस्पर्धा भइरहेको छ । ...

रातोपाटी
सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)
Latest NewsJust now

सलहेश पोखरीमा छठको तयारी (तस्बिरहरु)

काठमाण्डु- महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिरहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ। छठ पर्वका लागि सिरहा जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन्। यसै क्रममा सिरहा सदरमुकामस्थित ऐतिहासिक सलहेश पोखरीलाई पनि झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने काम […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play