एथरको क्यासब्याक अफर

काठमाडौं । एथर स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ । अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउनेछन् । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिने फेस्टिभलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । एथरले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्रालाई प्राथमिकता दिँदै स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्ट जस्ता सुविधा रहेका छन् भने ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार एथर अपग्रेड फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरहरूमा सञ्चालन हुनेछ । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडल, प्रविधि तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन् । नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एथर एक्सपिरियन्स सेन्टरहरूमा अभियान सञ्चालन हुने बताइएको छ । ग्राहकले आफ्नो नजिकको एथर एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध मोडल तथा आफूले प्राप्त गर्नसक्ने क्यासब्याक सुविधाबारे जानकारी लिन सक्नेछन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बाघ र चितुवालाई गाउँमा आउन नदिन नेपालमा कृत्रिम गन्धको परीक्षण, के आयो परिणाम ?
नेपालमा बाघ र चितुवालाई बस्ती तथा पशुपालन क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्धको प्रयोग गरी नयाँ प्रविधिको परीक्षण भइरहेको छ । वन्यजन्तुले आफ्नो क्षेत्र निर्धारण गर्न र एकअर्कासँग सञ्चार... ...

बालबालिकाको शान्ति चित्रकला
रुपन्देही, कात्तिक १५ गते । रुपन्देहीको भैरहवामा बालबालिकालाई लक्षित शान्ति चित्रकला प्रतियोगिताको आयोजना भएको छ । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको आयोजनामा भएको शान्ति चित्रकला... ...

अर्णव चक्रवातको प्रभाव कमजोर, मौसममा सुधार
काठमाडौँ । अर्णव चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ । चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाई छ । हाल लुम्बिनी प्रदेशलगायत ...

हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजीमा कठिनाइ
• डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा भ्रमणमा गएका ६ भारतीय पर्यटक अत्यधिक हिमपातपछि सम्पर्कविहीन भएका छन्। • स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी गराएपछि उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ, तर प्रतिकूल मौसमले खोजीमा कठिनाइ उत्पन्न गरेको छ। • जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा पदयात्रामा रोक लगाएको र पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। ...


