काठमाडौं। तपाईंले जन्मँदै कुनै बैंकबाट ऋण लिनुभएको छैन। न त तपाईंको नाममा सरकारले कुनै ऋणपत्र जारी गरेको छ। तर देशले लिएको ऋणको हिसाब गर्दा तपाईंको भागमा करिब एक लाख रुपैयाँ दायित्व परेको छ। तपाईं बालबालिका हुनुहोस् वा वृद्धवृद्धा, रोजगारीमा हुनुहोस् वा बेरोजगार, गाउँमा बस्नुहोस् वा सहरमा- नेपालको सार्वजनिक ऋणलाई कुल जनसङ्ख्याले भाग गर्दा प्रत्येक नेपालीको औसत भागमा झन्डै एक लाख रुपैयाँ पर्छ। यो कुनै व्यक्तिगत ऋण होइन। न त सरकारले प्रत्येक नागरिकलाई एक लाख रुपैयाँको बिल पठाउन लागेको हो। तर राज्यले लिएको ऋणको साँवा र ब्याज तिर्ने स्रोत अन्ततः नागरिकबाट सङ्कलित राजस्व नै हो। सरकारले उठाउने कर, शुल्क र अन्य आम्दानीबाट ऋणको भुक्तानी हुन्छ। राजस्वले नपुगे फेरि ऋण लिनुपर्ने अवस्था आउँछ। यसरी आज लिइएको ऋणको दायित्व भोलिका पुस्तासम्म सर्छ। औसतमा एक नेपालीको थाप्लोमा एक लाख रुपैयाँको हाराहारीमा सार्वजनिक ऋण छ। पाँच सदस्यीय परिवारलाई आधार मान्दा उक्त परिवारको भागमा करिब चार लाख ९५ हजार रुपैयाँ बराबरको सार्वजनिक ऋण दायित्व देखिन्छ। नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत बराबर हो। कुल ऋणमध्ये वैदेशिक ऋण ५२.९३ प्रतिशत र आन्तरिक ऋण ४७.०७ प्रतिशत छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसङ्ख्या प्रक्षेपणअनुसार सन् २०२६ मा नेपालको जनसङ्ख्या तीन करोड ७२ हजार ९८४ पुग्ने अनुमान छ। सार्वजनिक ऋणलाई यही जनसङ्ख्याले भाग गर्दा प्रतिव्यक्ति करिब ९८ हजार ९३० रुपैयाँ पर्छ। अर्थात् औसतमा एक नेपालीको थाप्लोमा एक लाख रुपैयाँको हाराहारीमा सार्वजनिक ऋण छ। पाँच सदस्यीय परिवारलाई आधार मान्दा उक्त परिवारको भागमा करिब चार लाख ९५ हजार रुपैयाँ बराबरको सार्वजनिक ऋण दायित्व देखिन्छ। यो हिसाबले देशको ऋणको आकार नागरिकको जीवनसँग कति नजिक जोडिएको छ भन्ने देखाउँछ। सरकारले ऋण लिएर सडक, पुल, अस्पताल, विद्यालय, जलविद्युत्, सिँचाइ र औद्योगिक पूर्वाधार निर्माण गर्न सक्छ। त्यस्ता आयोजना सफल भएमा उत्पादन, रोजगारी र आम्दानी बढ्छ। राज्यको राजस्वको आधार फराकिलो हुन्छ र ऋण तिर्ने क्षमता पनि बलियो बन्छ। तर ऋण लिएर आयोजना अधुरै छाड्ने, लागत बढाउने, नियमित खर्च धान्ने वा पुरानो ऋणको साँवा तिर्न नयाँ ऋण लिने प्रवृत्ति बढेमा त्यसको प्रतिफल कमजोर हुन्छ। भार भने नागरिकले नै बोक्नुपर्छ। ऋणबाट बनेका पूर्वाधारले कति राजस्व थपे ? र सबैभन्दा महत्त्वपूर्ण, ऋणको साँवा र ब्याज तिर्ने क्षमतामा कति सुधार आयो ? सार्वजनिक ऋणको आकार बढ्दै जाँदा नेपालमा यही प्रश्न गम्भीर बन्दै गएको छ- पौने ३० खर्ब रुपैयाँ ऋण लिएर देशले के प्राप्त गर्यो ? कति उत्पादन बढ्यो ? कति रोजगारी सिर्जना भयो ? कति उद्योग खुले ? कति आयोजना समयमै सम्पन्न भए ? ऋणबाट बनेका पूर्वाधारले कति राजस्व थपे ? र सबैभन्दा महत्त्वपूर्ण, ऋणको साँवा र ब्याज तिर्ने क्षमतामा कति सुधार आयो ? सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। पहिलो चार महिनामा एक खर्ब ५३ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो। तर यही अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरिसकेको छ। नयाँ ऋण प्राप्ति र साँवा–ब्याज भुक्तानीको रकम लगभग बराबरी देखिन्छ। ऋणको दायित्व बढ्दै जाँदा त्यसको भुक्तानीका लागि ठूलो रकम छुट्याउनुपर्ने अवस्था छ। चालु आर्थिक वर्षको बजेटमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। पहिलो चार महिनामै यसको ३३.७३ प्रतिशत खर्च भइसकेको छ। सरकारको आम्दानीको ठूलो हिस्सा ऋण भुक्तानीमा जान थालेपछि विकास निर्माण, उत्पादन र नागरिकलाई उपलब्ध गराउनुपर्ने सार्वजनिक सेवामा स्रोतको दबाब बढ्ने जोखिम छ। ऋणको आकारसँगै अर्थतन्त्रको उत्पादन क्षमता, राजस्व सङ्कलन र भुक्तानी क्षमतासमेत बढ्नुपर्छ। नत्र ऋण विकासको साधन नभई राज्यको नियमित खर्च धान्ने बाध्यता बन्दै जान्छ। ऋणको यो आकार कुनै एक सरकार वा एक अर्थमन्त्रीको पालामा मात्र सिर्जना भएको होइन। दशकौँदेखि बजेट घाटा पूर्ति गर्न, पूर्वाधार निर्माण गर्न र सार्वजनिक खर्च धान्न सरकारले आन्तरिक तथा बाह्य ऋण लिँदै आएको छ। तर वर्तमान सरकारको जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि सार्वजनिक ऋणको दायित्वलाई गम्भीर वित्तीय चुनौतीका रूपमा स्वीकार गरेका छन्। उनले राज्य सञ्चालनका लागि राजस्वसँगै सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नरहेको बताएका छन्। “राज्य सञ्चालनका लागि सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन,” वाग्लेले प्रतिनिधिसभामा स्पष्ट पारेका थिए। वाग्लेको भनाइले ऋणको आवश्यकता अस्वीकार गर्न नसकिने यथार्थ देखाउँछ। तर ऋण लिनु अपरिहार्य छ भन्दैमा त्यसको उपयोग र प्रतिफलमाथिको प्रश्न टार्न मिल्दैन। ऋणको आकारसँगै अर्थतन्त्रको उत्पादन क्षमता, राजस्व सङ्कलन र भुक्तानी क्षमतासमेत बढ्नुपर्छ। नत्र ऋण विकासको साधन नभई राज्यको नियमित खर्च धान्ने बाध्यता बन्दै जान्छ। ऋणको हिसाबमा प्रत्येक नेपालीको भाग २९ खर्ब ७५ अर्ब रुपैयाँलाई जनसङ्ख्याले भाग गर्दा प्रतिव्यक्ति करिब ९८ हजार ९३० रुपैयाँ पुग्नु सार्वजनिक ऋणको आकार बुझाउने सरल गणना हो। तर यसको अर्थ प्रत्येक नेपालीले व्यक्तिगत रूपमा त्यति रकम सरकारलाई बुझाउनुपर्ने होइन। सार्वजनिक ऋण राज्यको सामूहिक दायित्व हो। सरकारले भविष्यमा सङ्कलन गर्ने राजस्व, कर तथा अन्य सार्वजनिक आम्दानीबाट यसको साँवा र ब्याज तिर्छ। यसको भार भने सबै नागरिकमा समान रूपमा पर्दैन। नियमित आयकर तिर्ने कर्मचारी, व्यवसायी र अन्य करदाताले प्रत्यक्ष करमार्फत योगदान गर्छन्। वस्तु तथा सेवा उपभोग गर्दा लाग्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र भन्सारको भार उपभोक्ताले बेहोर्छन्। सरकारले ऋण तिर्न राजस्वको ठूलो हिस्सा छुट्याउँदा नागरिकलाई उपलब्ध गराउनुपर्ने शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावित हुन सक्छन्। यसरी प्रत्यक्ष ऋण नलिए पनि नागरिकले राज्यको ऋणको आर्थिक भार वहन गर्छन्। पुरानो जनगणनाको जनसङ्ख्या प्रयोग गर्दा प्रतिव्यक्ति ऋण अझ बढी देखिन्छ। त्यसैले ऋणको प्रतिव्यक्ति भार प्रस्तुत गर्दा कुन वर्षको जनसङ्ख्या प्रयोग गरिएको हो भन्ने खुलाउनुपर्छ। प्रतिव्यक्ति ऋणको हिसाबमा जनसङ्ख्याको आधार पनि महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय जनगणना २०७८ ले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ देखाएको थियो। तर २०२६ को जनसङ्ख्या प्रक्षेपण तीन करोड ७२ हजार ९८४ छ। पुरानो जनगणनाको जनसङ्ख्या प्रयोग गर्दा प्रतिव्यक्ति ऋण अझ बढी देखिन्छ। त्यसैले ऋणको प्रतिव्यक्ति भार प्रस्तुत गर्दा कुन वर्षको जनसङ्ख्या प्रयोग गरिएको हो भन्ने खुलाउनुपर्छ। यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयको २०२६ को प्रक्षेपण प्रयोग गरिएको छ। पाँच सदस्यीय परिवारको भागमा करिब पाँच लाख रुपैयाँ ऋण पर्ने हिसाबले हेर्दा यो अङ्क सामान्य लाग्दैन। तर परिवारले पाँच लाख रुपैयाँ बराबरको व्यक्तिगत ऋण तिर्नुपर्ने भन्ने अर्थ यसले दिँदैन। यो राज्यको कुल ऋणलाई परिवारका सदस्यको सङ्ख्याअनुसार औसतमा बाँडेर निकालिएको सूचक मात्र हो। वास्तविक भुक्तानी कर प्रणाली, सरकारी आम्दानी र सार्वजनिक खर्चको संरचनामार्फत हुन्छ। यसको असर न्यून आय भएका परिवारमा बढी पर्न सक्छ। सरकारले ऋण भुक्तानीका लागि राजस्व बढाउन अप्रत्यक्ष करको दर बढायो वा करको दायरा विस्तार गर्यो भने दैनिक उपभोगका वस्तु तथा सेवाको मूल्य प्रभावित हुन सक्छ। सार्वजनिक अस्पताल, विद्यालय र अन्य सेवामा पर्याप्त लगानी हुन नसके नागरिकले निजी क्षेत्रबाट सेवा लिनुपर्ने बाध्यता बढ्छ। यसले परिवारको खर्च थप बढाउँछ। आयोजना ऋणबाट निर्माण गर्दा भविष्यमा उत्पादन, व्यापार र आम्दानी बढ्न सक्छ। ऋणको प्रतिफल राम्रो भएमा त्यसले भविष्यको भुक्तानी क्षमता बलियो बनाउँछ। सार्वजनिक ऋणलाई सधैँ नकारात्मक रूपमा बुझ्नु पनि उचित हुँदैन। कुनै पनि विकासशील देशले आफ्नो राजस्वबाट मात्र ठूला पूर्वाधार निर्माण गर्न सक्दैन। सडक, विद्युत्, सिँचाइ, खानेपानी, विमानस्थल, औद्योगिक क्षेत्र तथा शिक्षा र स्वास्थ्यका पूर्वाधार निर्माण गर्न लामो अवधिको स्रोत आवश्यक हुन्छ। त्यस्ता आयोजना ऋणबाट निर्माण गर्दा भविष्यमा उत्पादन, व्यापार र आम्दानी बढ्न सक्छ। ऋणको प्रतिफल राम्रो भएमा त्यसले भविष्यको भुक्तानी क्षमता बलियो बनाउँछ। समस्या ऋण लिनुमा होइन, ऋणको उपयोग र प्रतिफलबीच सन्तुलन कायम गर्न नसक्नुमा हो। ऋणबाट निर्माण भएको सडकले बजार पहुँच विस्तार गर्न सकेन, सिँचाइ आयोजनाले कृषि उत्पादन बढाउन सकेन, विद्युत् आयोजनाले उद्योग र निर्यातमा योगदान दिन सकेन वा अस्पताल तथा विद्यालय निर्माण भएर पनि सेवा प्रवाह सुधारिएन भने ऋणको आर्थिक औचित्य कमजोर हुन्छ। नेपालमा आयोजना घोषणा गर्ने तर समयमा सम्पन्न गर्न नसक्ने प्रवृत्ति पुरानै हो। जग्गा प्राप्ति, वन स्वीकृति, वातावरणीय अध्ययन, ठेक्का व्यवस्थापन, बजेट निकासा र निर्माण व्यवसायीको कार्यक्षमतामा समस्या देखिँदा आयोजना वर्षौँसम्म अल्झिन्छन्। निर्माण अवधि लम्बिँदा लागत बढ्छ। आयोजना सम्पन्न नभए पनि ऋणको ब्याज र अन्य दायित्व भने कायम रहन्छ। चार महिनामा कुल ऋण दायित्व ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको छ। तर यसलाई सरकारले त्यति नै रकम ऋण तिरेर घटाएको भनेर बुझ्नु गलत हुन्छ। यसैले प्रतिव्यक्ति ऋणको अङ्क केवल आर्थिक गणना होइन, सार्वजनिक खर्चको गुणस्तर र राज्यको जवाफदेहितासँग जोडिएको विषय हो। नागरिकले तिरेको कर र सरकारले लिएको ऋणबाट बनेका आयोजना कति उपयोगी भए भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ। ऋण घटेको होइन, विनिमय लाभले आकार घटायो कात्तिक मसान्तको प्रतिवेदनमा एउटा महत्त्वपूर्ण तथ्य छ। आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा नेपालको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। कात्तिक मसान्तमा यो २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको देखिन्छ। अर्थात् चार महिनामा कुल ऋण दायित्व ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको छ। तर यसलाई सरकारले त्यति नै रकम ऋण तिरेर घटाएको भनेर बुझ्नु गलत हुन्छ। उक्त अवधिमा सरकारले एक खर्ब ५३ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ नयाँ ऋण प्राप्त गरेको छ। त्यस्तै, ऋणको साँवा भुक्तानी एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ भएको छ। बाँकी फरकमा विदेशी मुद्राको विनिमय दरबाट भएको लाभले ठूलो भूमिका खेलेको छ। प्रतिवेदनअनुसार विनिमय दरमा आएको परिवर्तनका कारण ४३ अर्ब ११ करोड २१ लाख रुपैयाँ बराबरको लाभ समायोजन भएको छ। नेपाली रुपैयाँको तुलनामा विदेशी मुद्रा सस्तो हुँदा रुपैयाँमा गणना गरिएको ऋण घट्न सक्छ। विदेशी मुद्रा महँगिएमा भने सरकारले नयाँ ऋण नलिए पनि नेपाली रुपैयाँमा देखिने ऋणको आकार बढ्न सक्छ। नेपालको वैदेशिक ऋण अमेरिकी डलर, जापानी येन, युरो र अन्य विदेशी मुद्रामा रहन्छ। सरकारले विदेशी मुद्रामा लिएको ऋणको नेपाली रुपैयाँमा मूल्याङ्कन गर्दा विनिमय दरले असर गर्छ। नेपाली रुपैयाँको तुलनामा विदेशी मुद्रा सस्तो हुँदा रुपैयाँमा गणना गरिएको ऋण घट्न सक्छ। विदेशी मुद्रा महँगिएमा भने सरकारले नयाँ ऋण नलिए पनि नेपाली रुपैयाँमा देखिने ऋणको आकार बढ्न सक्छ। यसको अर्थ विनिमय लाभले ऋणको लेखाङ्कन मूल्य घटाउँछ, तर सरकारले त्यति रकम नगदमा तिरेको हुँदैन। विदेशी मुद्रा सस्तो हुँदा दायित्वको रुपैयाँ मूल्य घटेको हो। यसको उल्टो अवस्था आएमा ऋणको आकार फेरि बढ्न सक्छ। त्यसैले सार्वजनिक ऋणको वास्तविक अवस्था बुझ्दा नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव अलग–अलग विश्लेषण गर्नुपर्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले यसअघि विनिमय दरको उतारचढावले नेपालको ऋण दायित्वमा ठूलो प्रभाव पार्ने बताएका थिए। विदेशी मुद्रा महँगिँदा नेपाली रुपैयाँमा ऋणको मूल्य बढ्ने र सस्तो हुँदा घट्ने उनको भनाइ छ। उनले विनिमय दरको प्रभावबाहेक नेपालको सार्वजनिक ऋणको अवस्था सन्तोषजनक रहेको धारणा पनि राखेका थिए। “विनिमय दरबाट सिर्जना भएको भारबाहेक नेपालको सार्वजनिक ऋणको अवस्था सन्तोषजनक छ,” कोइरालाको भनाइ थियो। यो सरकारी निकायको मूल्याङ्कन हो। तर ऋणको अवस्था सन्तोषजनक छ कि छैन भन्ने निष्कर्ष निकाल्दा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात मात्र हेर्नु पर्याप्त हुँदैन। सरकारको राजस्वको तुलनामा साँवा र ब्याज भुक्तानी कति छ, आन्तरिक ऋणको कति हिस्सा छोटो अवधिमा परिपक्व हुँदैछ, वैदेशिक ऋणको विनिमय जोखिम कति छ र ऋणबाट बनेका आयोजनाले कति प्रतिफल दिएका छन् भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ। नेपालको सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत छ। यसको अर्थ कुल ऋणको आधाभन्दा बढी हिस्सा विदेशी मुद्रामा आधारित छ। विदेशी मुद्राको मूल्यमा हुने परिवर्तनले ऋणको नेपाली रुपैयाँमा गणना गरिएको दायित्वमा असर पार्न सक्छ। विप्रेषण, निर्यात, पर्यटन र विदेशी मुद्रा आर्जनका अन्य स्रोत बलियो नभएमा बाह्य ऋण भुक्तानीको दबाब बढ्न सक्छ। नयाँ ऋणले पुरानो ऋणको साँवा तिर्ने चक्र नेपालको सार्वजनिक ऋण व्यवस्थापनमा सबैभन्दा गम्भीर पक्षमध्ये एउटा हो- पुरानो ऋणको साँवा तिर्न नयाँ ऋण लिनुपर्ने अवस्था। सरकारले हरेक वर्ष आन्तरिक तथा बाह्य ऋण उठाउँछ। तर उठाइएको सबै रकम नयाँ विकास आयोजनामा खर्च हुँदैन। पुरानो ऋणको साँवा परिपक्व भएपछि त्यसको भुक्तानी गर्न पनि सरकारले रकम जुटाउनुपर्छ। आन्तरिक ऋणको ठूलो हिस्सा नयाँ ऋणपत्र जारी गरेर पुनःऋण परिचालन गर्ने प्रक्रियाबाट व्यवस्थापन गरिन्छ। सरकारले चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भने पनि त्यो रकम पूरै नयाँ आयोजना निर्माणमा खर्च गर्न मिल्दैन। पुरानो ऋणको साँवा भुक्तानी र ब्याज खर्च घटाएपछि बाँकी रहने रकम मात्र खुद स्रोतका रूपमा उपलब्ध हुन्छ। चालु आर्थिक वर्षमा सरकारले चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। तर सोही वर्ष आन्तरिक ऋणको साँवा भुक्तानीमा दुई खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने अनुमान छ। यसैले नयाँ आन्तरिक ऋणबाट प्राप्त हुने रकमको ठूलो हिस्सा पुरानो ऋणको साँवा भुक्तानीमा जान्छ। अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभामा दिएको विवरणअनुसार आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि करिब दुई खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने र खुद आन्तरिक ऋण परिचालन करिब एक खर्ब ६४ अर्ब रुपैयाँ मात्र हुने अनुमान छ। यसले ऋणको कुल परिचालन र वास्तविक रूपमा विकासका लागि उपलब्ध हुने रकमबीचको फरक देखाउँछ। सरकारले चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भने पनि त्यो रकम पूरै नयाँ आयोजना निर्माणमा खर्च गर्न मिल्दैन। पुरानो ऋणको साँवा भुक्तानी र ब्याज खर्च घटाएपछि बाँकी रहने रकम मात्र खुद स्रोतका रूपमा उपलब्ध हुन्छ। आर्थिक वृद्धि र राजस्व सङ्कलन सुधार भए भविष्यमा ऋणको भार घटाउन सकिन्छ। तर त्यसका लागि अहिले लिइएको ऋण कति प्रभावकारी रूपमा प्रयोग भयो र त्यसबाट कस्तो प्रतिफल प्राप्त भयो भन्ने निर्णायक हुन्छ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले सरकार ऋण तिर्न ऋण लिनुपर्ने चक्रमा फस्दै गएको बताएका छन्। उनका अनुसार सरकारले राजस्वबाट ऋणको ब्याज तिरे पनि साँवा भुक्तानीका लागि नयाँ ऋणमा निर्भर हुनुपरेको छ। “सरकारले ऋणको ब्याज तिर्न राजस्वबाट करिब एक खर्ब रुपैयाँ खर्च गर्छ, तर साँवा भुक्तानीका लागि भने ऋणकै सहारा लिनुपर्छ,” श्रेष्ठले सार्वजनिक ऋणको अवस्थाबारे टिप्पणी गरेका छन्। श्रेष्ठका अनुसार ऋणको आकार हरेक वर्ष बढ्दै गएको छ। आर्थिक वृद्धि र राजस्व सङ्कलन सुधार भए भविष्यमा ऋणको भार घटाउन सकिन्छ। तर त्यसका लागि अहिले लिइएको ऋण कति प्रभावकारी रूपमा प्रयोग भयो र त्यसबाट कस्तो प्रतिफल प्राप्त भयो भन्ने निर्णायक हुन्छ। उत्पादनशील क्षेत्रमा ऋण परिचालन हुन नसकेमा ऋणको आकार बढ्ने र पुरानो ऋण तिर्न नयाँ ऋण लिनुपर्ने चक्र जारी रहने उनको विश्लेषण छ। यसमा अर्को पक्ष पनि छ। आन्तरिक ऋणको साँवा परिपक्व भएपछि सरकारले त्यसलाई तिर्न नयाँ ऋणपत्र जारी गर्छ। यसलाई सामान्य वित्तीय व्यवस्थापनको अभ्यासका रूपमा पनि लिइन्छ। तर लगातार ठूलो परिमाणमा पुरानो ऋण नवीकरण गर्नुपर्ने अवस्था आएमा सरकारको ऋण व्यवस्थापन जोखिम बढ्छ। ब्याजदर बढेमा नयाँ ऋणको लागत पनि बढ्छ। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा लगानी बढाउँदा निजी क्षेत्रलाई कर्जा उपलब्ध गराउने क्षमतामा समेत दबाब पर्न सक्छ। नेपालको आन्तरिक ऋणमा ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रजस्ता उपकरण प्रयोग हुन्छन्। कात्तिक मसान्तसम्मको विवरणअनुसार आन्तरिक ऋणको सबैभन्दा ठूलो हिस्सा विकास ऋणपत्रमा छ। कुल आन्तरिक ऋणको ७९.२४ प्रतिशत विकास ऋणपत्र र १९.५७ प्रतिशत ट्रेजरी बिलमा रहेको छ। नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको हिस्सा तुलनात्मक रूपमा निकै सानो छ। सरकारले दीर्घकालीन ऋणपत्रको हिस्सा बढाएर ऋणको परिपक्वता अवधि व्यवस्थित गर्न सक्छ। तर यसका लागि ब्याजदर, बजारको माग र आगामी वर्षमा तिर्नुपर्ने दायित्वको सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्छ। ट्रेजरी बिल छोटो अवधिको ऋणपत्र हो। यसको ठूलो हिस्सा परिपक्व हुँदा सरकारले नियमित रूपमा नयाँ ऋणपत्र जारी गर्नुपर्ने हुन्छ। विकास ऋणपत्रको अवधि तुलनात्मक रूपमा लामो हुन्छ। सरकारले दीर्घकालीन ऋणपत्रको हिस्सा बढाएर ऋणको परिपक्वता अवधि व्यवस्थित गर्न सक्छ। तर यसका लागि ब्याजदर, बजारको माग र आगामी वर्षमा तिर्नुपर्ने दायित्वको सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्छ। चार महिनामै ऋण भुक्तानीमा एक खर्ब ४० अर्ब सार्वजनिक ऋणको दबाब बजेटमा प्रत्यक्ष देखिन थालेको छ। चालु आर्थिक वर्षमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ। कात्तिक मसान्तसम्म एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो। चार महिनामै एक तिहाइभन्दा बढी रकम खर्च भइसकेको छ। यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा चार अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यसरी चार महिनामा सरकारले एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ साँवा र २३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ। साँवा भुक्तानीका लागि भने राजस्व, नगद मौज्दात वा नयाँ ऋण परिचालन गर्न सक्छ। त्यसैले ऋणको भुक्तानीमा खर्च भएको कुल रकमलाई सबै नयाँ विकास खर्चबाट काटिएको रकमका रूपमा बुझ्नु हुँदैन। ऋणको साँवा र ब्याज भुक्तानीको प्रकृति फरक हुन्छ। साँवा भुक्तानीले पुरानो ऋणको मूल दायित्व घटाउँछ। ब्याज भने ऋण प्रयोग गरेबापत तिर्नुपर्ने लागत हो। ब्याज भुक्तानीका लागि सरकारले राजस्वबाट रकम छुट्याउनुपर्छ। साँवा भुक्तानीका लागि भने राजस्व, नगद मौज्दात वा नयाँ ऋण परिचालन गर्न सक्छ। त्यसैले ऋणको भुक्तानीमा खर्च भएको कुल रकमलाई सबै नयाँ विकास खर्चबाट काटिएको रकमका रूपमा बुझ्नु हुँदैन। तर ठूलो रकम ऋण भुक्तानीमा खर्च हुनुले बजेटको लचकता घटाउँछ। यसको असर पुँजीगत खर्चमा पर्न सक्छ। सरकारले नयाँ सडक, पुल, सिँचाइ, विद्यालय, अस्पताल र अन्य पूर्वाधारका लागि बजेट छुट्याउनुपर्ने हुन्छ। तर अनिवार्य वित्तीय दायित्व बढ्दै जाँदा विकासका लागि उपलब्ध स्रोत सीमित हुन सक्छ। ऋणको साँवा र ब्याज भुक्तानी रोक्न सकिँदैन। त्यसैले अन्य खर्च व्यवस्थापनमा दबाब पर्छ। ऋणको साँवा र ब्याज भुक्तानीका लागि छुट्याइएको चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ वित्तीय व्यवस्थापन खर्चको लगभग सम्पूर्ण हिस्सा हो। चालु आर्थिक वर्षको कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ छ। यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च चार खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापन खर्च चार खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ। ऋणको साँवा र ब्याज भुक्तानीका लागि छुट्याइएको चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ वित्तीय व्यवस्थापन खर्चको लगभग सम्पूर्ण हिस्सा हो। पुँजीगत खर्च र ऋण भुक्तानीको आकार नजिक पुग्नु बजेटको संरचनात्मक दबाबको सङ्केत हो। अर्थशास्त्री दिल्लीराज खनालले ऋण भुक्तानीको दबाबले सरकारको भविष्यमा लगानी गर्ने क्षमता कमजोर बनाउन सक्ने चेतावनी दिएका छन्। उनका अनुसार विगतमा लिइएका ऋणको ठूलो हिस्सा परिपक्व हुने चरणमा पुगेको छ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा थप चुनौती सिर्जना गर्छ। “यो अवस्था प्रभावकारी ऋण व्यवस्थापन र दीर्घकालीन दिगोपनका लागि ठूलो चुनौती हो,” खनालले भनेका छन्। सुधारका कदम नचालिए सार्वजनिक ऋणको तीव्र विस्तारले जोखिम बढाउने उनको चेतावनी छ। खनालको चिन्ता ऋणको कुल आकारमा मात्र सीमित छैन। वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्चभन्दा बढी हुने प्रवृत्ति जारी रहेमा सरकारले भविष्यको उत्पादन क्षमता बढाउने क्षेत्रमा लगानी गर्न कठिन हुने उनको विश्लेषण छ। ऋणको साँवा र ब्याज भुक्तानी बढ्दै जाँदा पुँजीगत खर्च कटौती गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसले पूर्वाधार, रोजगारी, गरिबी न्यूनीकरण र आयआर्जनका कार्यक्रमलाई प्रभावित गर्ने जोखिम रहन्छ। विकास खर्च कमजोर, ऋणको प्रतिफल कहाँ? नेपालको सार्वजनिक ऋणको बहसलाई बजेटको आकारसँग मात्र जोडेर हेर्न मिल्दैन। ऋणबाट प्राप्त रकम खर्च गर्ने सरकारी क्षमता पनि उत्तिकै महत्त्वपूर्ण छ। सरकारले आयोजना घोषणा गर्छ, बजेट विनियोजन गर्छ र ऋण सम्झौता गर्छ। तर जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, ठेक्का व्यवस्थापन र निर्माण प्रक्रियामा ढिलाइ हुँदा आयोजना समयमा सम्पन्न हुँदैनन्। बजेट खर्च हुन नसके पनि ऋणको ब्याज र अन्य दायित्व कायम रहन्छ। आयोजना प्रमुख र प्राविधिक जनशक्ति बारम्बार परिवर्तन हुँदा पनि काम प्रभावित हुन्छ। यस्तो अवस्थामा ऋणको रकम समयमै खर्च हुन सक्दैन। आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च कमजोर रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। सरकारले पुँजीगत खर्चका लागि बजेट विनियोजन गरे पनि कार्यान्वयनमा अपेक्षित गति आउन सकेको छैन। यसले ऋणबाट प्राप्त स्रोतलाई समयमै उपयोग गर्ने क्षमता कमजोर रहेको सङ्केत गर्छ। आयोजना कार्यान्वयनमा ढिलाइका कारण धेरै छन्। पर्याप्त अध्ययनबिना आयोजना छनोट गर्ने, बजेटमा राखेपछि मात्र जग्गा र वातावरणीय स्वीकृति खोज्ने, ठेक्का प्रक्रियामा विवाद हुने, निर्माण व्यवसायीले समयमा काम नगर्ने र सरकारी निकायबीच समन्वय नहुने समस्या देखिन्छ। आयोजना प्रमुख र प्राविधिक जनशक्ति बारम्बार परिवर्तन हुँदा पनि काम प्रभावित हुन्छ। यस्तो अवस्थामा ऋणको रकम समयमै खर्च हुन सक्दैन। ऋणको उपयोग प्रभावकारी बनाउन आयोजना छनोटको प्रक्रिया सुधार्नुपर्छ। विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अध्ययन, जग्गा प्राप्ति र खरिद प्रक्रिया पूरा भएका आयोजना मात्र प्राथमिकतामा राख्नुपर्छ। ऋण सम्झौता गर्नुअघि आयोजना कार्यान्वयनका लागि आवश्यक तयारी पूरा भएको सुनिश्चित गर्नुपर्छ। यसो गर्न सके ऋणको रकम निकासा भएपछि खर्च गर्न नसक्ने समस्या घट्न सक्छ। कतिपय पूर्वाधार निर्माणपछि आवश्यक जनशक्ति, उपकरण, सञ्चालन बजेट र व्यवस्थापनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सक्दैनन्। यस्तो अवस्था रोक्न निर्माण र सञ्चालन दुवै चरणको लागत तथा प्रतिफल मूल्याङ्कन आवश्यक छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि ऋणबाट प्राप्त स्रोत उत्पादन, रोजगारी र पुँजी निर्माणमा योगदान दिने आयोजनामा केन्द्रित गर्नुपर्ने सुझाव दिएको छ। आयोजना छनोट गर्दा लागत–लाभ विश्लेषण र प्रतिफलको मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्ने आयोगको जोड छ। ऋणबाट सञ्चालन हुने आयोजनाले आर्थिक तथा सामाजिक लाभ सिर्जना गर्न नसकेमा त्यसको दीर्घकालीन दायित्व सरकार र नागरिकमाथि नै रहन्छ। ऋणबाट बनेको सडकले व्यापार लागत घटाउनुपर्छ। सिँचाइ आयोजनाले कृषि उत्पादन बढाउनुपर्छ। जलविद्युत् आयोजनाले ऊर्जा आपूर्ति, उद्योग र निर्यातमा योगदान दिनुपर्छ। औद्योगिक पूर्वाधारले उत्पादन र रोजगारी बढाउनुपर्छ। शिक्षा तथा स्वास्थ्य पूर्वाधारले मानव पुँजी विकासमा योगदान गर्नुपर्छ। यी परिणाम हासिल भएमा ऋणको आर्थिक औचित्य बलियो हुन्छ। तर आयोजना सम्पन्न भएर पनि सञ्चालनमा नआएमा वा अपेक्षित लाभ दिन नसकेमा ऋणको प्रतिफल कमजोर हुन्छ। कतिपय पूर्वाधार निर्माणपछि आवश्यक जनशक्ति, उपकरण, सञ्चालन बजेट र व्यवस्थापनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सक्दैनन्। यस्तो अवस्था रोक्न निर्माण र सञ्चालन दुवै चरणको लागत तथा प्रतिफल मूल्याङ्कन आवश्यक छ। नेपालमा सार्वजनिक ऋण बढ्नुको मूल कारण सरकारको आम्दानी र खर्चबीचको अन्तर हो। सरकारले हरेक वर्ष बजेटमार्फत ठूलो खर्चको लक्ष्य राख्छ। ऋणबाट बनेका आयोजनाको प्रतिफल सार्वजनिक गर्ने अभ्यास पनि कमजोर छ। सरकारले कुन ऋण कुन आयोजनाका लागि लिएको हो, कति खर्च भयो, कति प्रगति भयो र त्यसले कति आर्थिक लाभ दियो भन्ने विवरण नागरिकले सहजै बुझ्ने गरी सार्वजनिक गर्नुपर्छ। ऋणको कुल आकार सार्वजनिक गरेर मात्र सरकारको जवाफदेहिता पूरा हुँदैन। ऋणबाट प्राप्त रकमको उपयोग र परिणाम पनि खुलाउनुपर्छ। राजस्वले खर्च धान्न नसक्दा ऋणको सहारा नेपालमा सार्वजनिक ऋण बढ्नुको मूल कारण सरकारको आम्दानी र खर्चबीचको अन्तर हो। सरकारले हरेक वर्ष बजेटमार्फत ठूलो खर्चको लक्ष्य राख्छ। तर राजस्व सङ्कलनले सबै खर्च धान्न नसक्दा स्रोत अभाव पूर्ति गर्न ऋण लिनुपर्ने हुन्छ। चालु खर्च, सामाजिक सुरक्षा, प्रशासनिक खर्च र ऋणको साँवा–ब्याज भुक्तानीजस्ता दायित्व तत्काल घटाउन कठिन हुन्छ। राजस्व कम उठेमा विकास खर्च कटौती गर्ने वा थप ऋण परिचालन गर्ने दबाब सिर्जना हुन्छ। चालु आर्थिक वर्षको बजेटमा सरकारले १४ खर्ब पाँच अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। विदेशी अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ। बजेटको खर्च र उपलब्ध स्रोतबीचको अन्तर पूर्ति गर्न सरकारले ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ स्रोत जुटाउनुपर्नेछ। यसमध्ये दुई खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण र चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने लक्ष्य छ। अर्थतन्त्रको आकार बढ्दै जाँदा ऋणको अनुपात स्थिर रहन सक्छ। तर ऋणको अनुपात स्थिर रहँदैमा त्यसको भुक्तानी सहज हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। राजस्व सङ्कलनको लक्ष्य पूरा नभएमा सरकारलाई थप दबाब पर्छ। खर्च कटौती गर्दा अनिवार्य दायित्व घटाउन सजिलो हुँदैन। कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, ऋणको साँवा र ब्याज तथा अन्य नियमित खर्च भुक्तानी गर्नैपर्छ। त्यसैले पुँजीगत खर्च प्रभावित हुने जोखिम रहन्छ। अर्कोतर्फ, राजस्व कम उठे पनि सरकारले खर्चको लक्ष्य कायम राखेमा थप ऋण लिनुपर्ने हुन्छ। अर्थमन्त्री वाग्लेले सार्वजनिक ऋण परिचालन राज्य सञ्चालनको आवश्यकता भएको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक र वैदेशिक ऋणको स्रोतबाट रकम परिचालन गर्ने योजना प्रस्तुत गर्दै आन्तरिक ऋणको ठूलो हिस्सा पुरानो साँवा भुक्तानीमा जाने जानकारी दिएका थिए। “अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि भएको छैन,” वाग्लेले प्रतिनिधिसभामा बताएका थिए। उनले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने प्राथमिकताप्राप्त आयोजनामा विनियोजन गरिएको पनि उल्लेख गरेका थिए। वाग्लेको तर्कमा ऋणको आकारलाई कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्नुपर्ने पक्ष छ। अर्थतन्त्रको आकार बढ्दै जाँदा ऋणको अनुपात स्थिर रहन सक्छ। तर ऋणको अनुपात स्थिर रहँदैमा त्यसको भुक्तानी सहज हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। राजस्वको तुलनामा ऋण सेवा खर्च कति छ भन्ने सूचक पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अर्थतन्त्रको आकार बढे पनि सरकारले राजस्व सङ्कलन गर्न नसकेमा साँवा र ब्याज भुक्तानीमा दबाब रहिरहन्छ। कर प्रशासन सुधार, कर छली नियन्त्रण, अनौपचारिक कारोबारलाई औपचारिक दायरामा ल्याउने, कर छुट र सहुलियतको समीक्षा तथा सार्वजनिक संस्थानको कार्यक्षमता सुधार आवश्यक छ। राजस्वको आधार बलियो बनाउन उत्पादन र रोजगारी बढाउनुपर्छ। आयातमा आधारित राजस्वले छोटो अवधिमा सरकारलाई आम्दानी दिन सक्छ। तर दीर्घकालीन रूपमा घरेलु उत्पादन, निर्यात, पर्यटन, ऊर्जा, कृषि व्यवसायीकरण, सूचना प्रविधि र सेवा व्यापार विस्तारबाट राजस्वको स्थायी आधार निर्माण हुन्छ। अर्थतन्त्रको उत्पादन क्षमता बढेमा करको दायरा विस्तार हुन्छ र ऋण भुक्तानी क्षमता पनि बलियो हुन्छ। करको दर बढाउनु मात्र राजस्व सुधारको उपाय होइन। कर प्रशासन सुधार, कर छली नियन्त्रण, अनौपचारिक कारोबारलाई औपचारिक दायरामा ल्याउने, कर छुट र सहुलियतको समीक्षा तथा सार्वजनिक संस्थानको कार्यक्षमता सुधार आवश्यक छ। करदाताले आफूले तिरेको रकम सार्वजनिक सेवामा प्रभावकारी रूपमा खर्च भएको देखेमा कर अनुपालन बढ्न सक्छ। राज्यप्रतिको विश्वास कमजोर हुँदा कर छल्ने र अनौपचारिक कारोबार गर्ने प्रवृत्ति बढ्न सक्छ। आन्तरिक ऋणको दबाब र निजी क्षेत्रको लगानी कुल सार्वजनिक ऋणमध्ये ४७.०७ प्रतिशत आन्तरिक ऋण हो। सरकारले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संस्थागत लगानीकर्ता र नागरिकबाट ऋणपत्रमार्फत रकम उठाउँछ। आन्तरिक ऋण नेपाली रुपैयाँमा हुने भएकाले विनिमय दरको जोखिम हुँदैन। तर यसको ब्याजदर र भुक्तानी अवधि वैदेशिक सहुलियतपूर्ण ऋणभन्दा फरक हुन सक्छ। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा लगानी गर्न थालेपछि निजी क्षेत्रका उद्योग, व्यापार र उत्पादनमूलक व्यवसायका लागि उपलब्ध कर्जा स्रोतमा दबाब आउन सक्छ। यसलाई निजी लगानी विस्थापनको जोखिमका रूपमा बुझिन्छ। सरकारले ठूलो परिमाणमा आन्तरिक ऋण उठाउँदा वित्तीय बजारमा त्यसको प्रभाव पर्न सक्छ। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा लगानी गर्न थालेपछि निजी क्षेत्रका उद्योग, व्यापार र उत्पादनमूलक व्यवसायका लागि उपलब्ध कर्जा स्रोतमा दबाब आउन सक्छ। यसलाई निजी लगानी विस्थापनको जोखिमका रूपमा बुझिन्छ। तर बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएको अवस्थामा सरकारी ऋणपत्रले सुरक्षित लगानीको विकल्प पनि दिन सक्छ। त्यसैले यसको प्रभाव ऋण परिचालनको परिमाण, ब्याजदर र बजारको अवस्थाअनुसार फरक पर्छ। आन्तरिक ऋणको ठूलो हिस्सा छोटो अवधिमा परिपक्व हुने अवस्थामा सरकारलाई पटकपटक नयाँ ऋणपत्र जारी गर्नुपर्ने हुन्छ। यसले ऋण नवीकरणको जोखिम बढाउँछ। ब्याजदर बढेमा नयाँ ऋणको लागत पनि बढ्छ। सरकारले दीर्घकालीन विकास ऋणपत्रको हिस्सा बढाएर परिपक्वता अवधि व्यवस्थित गर्न सक्छ। तर दीर्घकालीन ऋणपत्रका लागि लगानीकर्ताको माग र ब्याजदरको सन्तुलन आवश्यक हुन्छ। नेपालको आन्तरिक ऋण बजार विकास गर्न नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको प्रभावकारी उपयोग गर्न सकिन्छ। विदेशमा काम गर्ने नेपालीको बचतलाई सरकारी ऋणपत्रमार्फत परिचालन गर्दा औपचारिक वित्तीय प्रणालीमा स्रोत जुट्न सक्छ। तर यस्ता उपकरणको ब्याजदर, खरिद प्रक्रिया र भुक्तानी प्रणाली सरल तथा आकर्षक हुनुपर्छ। विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ, एसियाली विकास बैंक र अन्य विकास साझेदारबाट नेपालले सहुलियतपूर्ण सर्तमा ऋण प्राप्त गर्छ। यस्ता ऋणको ब्याजदर तुलनात्मक रूपमा कम र भुक्तानी अवधि लामो हुन सक्छ। आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्रको लगानीमा पर्ने प्रभाव पनि मूल्याङ्कन गर्नुपर्छ। उद्योग, कृषि, पर्यटन र साना तथा मझौला उद्यमलाई कर्जा आवश्यक हुने समयमा सरकारले अत्यधिक ऋण उठाएमा निजी क्षेत्रको लगानी विस्तारमा बाधा आउन सक्छ। त्यसैले सरकारले आन्तरिक ऋणको समय र परिमाण वित्तीय बजारको अवस्थासँग मिलाएर निर्धारण गर्नुपर्छ। वैदेशिक ऋणमा विनिमय दरको जोखिम कुल सार्वजनिक ऋणको ५२.९३ प्रतिशत वैदेशिक ऋण हो। यसको ठूलो हिस्सा बहुपक्षीय विकास साझेदार र द्विपक्षीय ऋणदाताबाट प्राप्त भएको छ। विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ, एसियाली विकास बैंक र अन्य विकास साझेदारबाट नेपालले सहुलियतपूर्ण सर्तमा ऋण प्राप्त गर्छ। यस्ता ऋणको ब्याजदर तुलनात्मक रूपमा कम र भुक्तानी अवधि लामो हुन सक्छ। यसले ठूला पूर्वाधार आयोजनाका लागि दीर्घकालीन स्रोत उपलब्ध गराउँछ। तर वैदेशिक ऋण विदेशी मुद्रामा हुने भएकाले विनिमय दरको जोखिम रहन्छ। नेपाली रुपैयाँ कमजोर हुँदा उही ऋण तिर्न बढी रुपैयाँ जुटाउनुपर्छ। यसले सरकारको बजेटमा थप भार सिर्जना गर्न सक्छ। नेपाली रुपैयाँको मूल्य विदेशी मुद्राको तुलनामा बलियो हुँदा भने ऋणको नेपाली रुपैयाँमा गणना गरिएको दायित्व घट्न सक्छ। विदेशी मुद्रामा ऋण लिएर निर्माण गरिएका आयोजनाले विदेशी मुद्रा आर्जन गर्न सकेमा भुक्तानी सहज हुन सक्छ। तर विदेशी मुद्रा आम्दानी नहुने आयोजनाको ऋण तिर्न सरकारले अन्य स्रोतबाट विदेशी मुद्रा जुटाउनुपर्ने हुन्छ। नेपालको बाह्य ऋण व्यवस्थापनमा निर्यात, पर्यटन, विप्रेषण र विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रको क्षमता महत्त्वपूर्ण हुन्छ। विदेशी मुद्रामा ऋण लिएर निर्माण गरिएका आयोजनाले विदेशी मुद्रा आर्जन गर्न सकेमा भुक्तानी सहज हुन सक्छ। तर विदेशी मुद्रा आम्दानी नहुने आयोजनाको ऋण तिर्न सरकारले अन्य स्रोतबाट विदेशी मुद्रा जुटाउनुपर्ने हुन्छ। वैदेशिक ऋणको प्राप्ति र उपयोगमा पनि चुनौती छ। ऋण सम्झौता हुनु र रकम निकासा हुनु फरक कुरा हो। आयोजना तयारी, खरिद प्रक्रिया, निर्माण प्रगति र खर्चको प्रमाणित विवरणका आधारमा किस्ताबन्दीमा रकम निकासा हुन्छ। आयोजना कार्यान्वयन कमजोर भएमा ऋणको रकम समयमा प्राप्त हुँदैन। यसले विकास आयोजनाको गति प्रभावित गर्छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले वैदेशिक ऋणको वार्षिक लक्ष्यको ११.६२ प्रतिशत मात्र प्राप्त गरेको छ। आन्तरिक ऋणको लक्ष्यको ३०.४९ प्रतिशत परिचालन भएको छ। कुल ऋण प्राप्तिमध्ये आन्तरिक स्रोतको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक स्रोतको हिस्सा १८.७५ प्रतिशत छ। यसले सरकारले ऋण परिचालनमा आन्तरिक स्रोतमा बढी भर पर्नुपरेको देखाउँछ। विदेशी मुद्रामा ऋण लिएर निर्माण गरिने आयोजना उत्पादन, निर्यात वा विदेशी मुद्रा बचतमा योगदान गर्ने खालका भएमा ऋणको जोखिम कम गर्न सहयोग पुग्छ। वैदेशिक ऋणको प्राप्ति सुस्त हुनुको अर्थ सबै अवस्थामा सरकारको कमजोरी मात्र होइन। ऋण सम्झौता भएका आयोजनाको तयारी, विकास साझेदारको प्रक्रिया र रकम निकासाका सर्तले पनि प्रभाव पार्छन्। तर आयोजना तयारी कमजोर हुँदा ऋण सम्झौता भएर पनि रकम खर्च गर्न नसक्ने अवस्था आउनु भने सरकारी कार्यान्वयन क्षमताको समस्या हो। सरकारले वैदेशिक ऋण लिँदा ब्याजदर र भुक्तानी अवधि मात्र होइन, विनिमय जोखिम, प्रतिबद्धता शुल्क, आयोजना कार्यान्वयनको क्षमता र भविष्यको आम्दानीसमेत मूल्याङ्कन गर्नुपर्छ। विदेशी मुद्रामा ऋण लिएर निर्माण गरिने आयोजना उत्पादन, निर्यात वा विदेशी मुद्रा बचतमा योगदान गर्ने खालका भएमा ऋणको जोखिम कम गर्न सहयोग पुग्छ। ऋण संकटको जोखिम कति? नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत पुगेको छ। यो अनुपात आफैँमा नेपाल ऋण संकटमा पुगिसकेको प्रमाण होइन। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त ऋण दिगोपन विश्लेषणले नेपालको समग्र सार्वजनिक ऋण संकटको जोखिम न्यून रहेको मूल्याङ्कन गरेको छ। वैदेशिक ऋणको ठूलो हिस्सा सहुलियतपूर्ण सर्तमा हुनु, विदेशी मुद्रा सञ्चिति र विप्रेषणको प्रवाहले बाह्य ऋण भुक्तानी क्षमतामा सहयोग पुर्याउनु यसका आधार हुन्। आन्तरिक ऋणको छोटो भुक्तानी अवधि, विदेशी मुद्राको मूल्यमा हुने उतारचढाव, कमजोर राजस्व सङ्कलन र विकास खर्चको न्यून कार्यान्वयनले जोखिम बढाउन सक्छ। तर जोखिम न्यून हुनु र जोखिम नहुनु फरक कुरा हो। ऋणको साँवा र ब्याज भुक्तानीमा राजस्वको ठूलो हिस्सा खर्च हुन थालेमा सरकारको वित्तीय लचकता घट्छ। आन्तरिक ऋणको छोटो भुक्तानी अवधि, विदेशी मुद्राको मूल्यमा हुने उतारचढाव, कमजोर राजस्व सङ्कलन र विकास खर्चको न्यून कार्यान्वयनले जोखिम बढाउन सक्छ। अर्थतन्त्रको आकारको तुलनामा ऋणको अनुपात स्थिर रहे पनि सरकारको राजस्व क्षमता कमजोर छ भने भुक्तानीमा दबाब पर्न सक्छ। त्यसैले ऋण दिगोपन मूल्याङ्कन गर्दा ऋण–जीडीपी अनुपातसँगै ऋण सेवा–राजस्व अनुपात, ऋणको औसत ब्याजदर, परिपक्वता अवधि र विदेशी मुद्रा आर्जन क्षमतालाई पनि हेर्नुपर्छ। ऋण संकटको जोखिमलाई बेवास्ता गर्नु उचित हुँदैन। तर नेपाललाई तत्काल कुनै अर्को देशको ऋण संकटसँग तुलना गरेर निष्कर्ष निकाल्नु पनि तथ्यसम्मत हुँदैन। नेपालको ऋण संरचना, विदेशी मुद्रा सञ्चिति, ऋणको सर्त र अर्थतन्त्रको अवस्था फरक छ। वास्तविक चुनौती ऋणको आकार बढ्दै जाँदा त्यसको प्रतिफल र भुक्तानी क्षमता पनि सँगसँगै बढाउन नसक्नु हो। पुरानो दायित्व, नयाँ सरकारको परीक्षा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा सार्वजनिक ऋण करिब ३० खर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको थियो। अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभामा सरकारले करिब ३० खर्ब रुपैयाँको ऋण दायित्व विरासतका रूपमा प्राप्त गरेको बताएका थिए। उनले पछिल्लो दशकमा सार्वजनिक ऋणको अनुपात बढेको विषयमा अध्ययन आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारले ऋण–जीडीपी अनुपात थप नबढ्ने गरी व्यवस्थापन गर्ने लक्ष्य राखेको बताएका थिए। भविष्यका सरकारले पनि आज लिइएको ऋणको भुक्तानी गर्नुपर्नेछ। त्यसैले सार्वजनिक ऋण राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको विषय हो। यसले सार्वजनिक ऋणको जिम्मेवारी कुनै एक सरकार वा राजनीतिक दलमा मात्र सीमित हुँदैन भन्ने देखाउँछ। विगतका सरकारहरूले ऋण लिएर आयोजना सञ्चालन गरे। अहिलेको सरकारले पुरानो ऋणको साँवा र ब्याज तिर्नुपर्छ। भविष्यका सरकारले पनि आज लिइएको ऋणको भुक्तानी गर्नुपर्नेछ। त्यसैले सार्वजनिक ऋण राजनीतिक आरोप–प्रत्यारोपको विषय मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको विषय हो। वर्तमान सरकारका लागि चुनौती दोहोरो छ। एकातिर पुरानो ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने दायित्व छ। अर्कोतिर देशको विकासका लागि नयाँ पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छ। ऋण नलिई सबै विकास आवश्यकता पूरा गर्न सम्भव छैन। तर ऋण लिएर पनि अपेक्षित प्रतिफल दिन नसक्ने आयोजनामा लगानी गर्नु अर्को जोखिम हो। अर्थमन्त्री वाग्लेले सार्वजनिक ऋण परिचालनलाई राज्य सञ्चालनको आवश्यकता भनेका छन्। तर वर्तमान सरकारको आर्थिक सुधारको दाबीलाई सफल बनाउन ऋणको उपयोगमा स्पष्ट नतिजा देखिनुपर्छ। राजस्व सङ्कलन बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, पुँजीगत खर्चको कार्यान्वयन सुधार गर्ने र निजी लगानी विस्तार गर्ने काममा सरकार सफल भएमा ऋणको भार व्यवस्थापन गर्न सहज हुन सक्छ। सरकारी प्रत्याभूति, सार्वजनिक संस्थानको दायित्व र सम्भावित वित्तीय जोखिमसमेत सार्वजनिक ऋणको समग्र विश्लेषणमा समेटिनुपर्छ। सरकारले ऋणको सीमा निर्धारण गर्दा कुल गार्हस्थ्य उत्पादनको अनुपात मात्र होइन, राजस्व क्षमता र भुक्तानी दायित्वलाई आधार बनाउनुपर्छ। ऋणबाट सञ्चालित आयोजनाको प्रतिफल मापन गर्ने प्रणाली विकास गर्नुपर्छ। आयोजना छनोटदेखि निर्माण सम्पन्न र सञ्चालनसम्मको जिम्मेवारी स्पष्ट हुनुपर्छ। ऋणबाट बनेका संरचना प्रयोगविहीन रहने अवस्था रोक्नुपर्छ। ऋण व्यवस्थापनमा पारदर्शिता पनि उत्तिकै आवश्यक छ। सरकारले कुन ऋण कुन आयोजनामा खर्च गर्यो, कति रकम निकासा भयो, कति खर्च भयो र त्यसले कस्तो प्रतिफल दियो भन्ने विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्छ। सरकारी प्रत्याभूति, सार्वजनिक संस्थानको दायित्व र सम्भावित वित्तीय जोखिमसमेत सार्वजनिक ऋणको समग्र विश्लेषणमा समेटिनुपर्छ। सार्वजनिक ऋणको उपयोगमा संसदीय निगरानी र महालेखापरीक्षणको भूमिका प्रभावकारी हुनुपर्छ। ऋणबाट प्राप्त रकम नियमअनुसार खर्च भयो कि भएन भन्ने मात्र होइन, त्यसले अपेक्षित आर्थिक तथा सामाजिक परिणाम दियो कि दिएन भन्ने विषय पनि मूल्याङ्कन गर्नुपर्छ। आयोजना समयमा सम्पन्न नगर्ने, लागत बढाउने वा प्रतिफल नदिने निकाय र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। एक लाखको हिसाब, भविष्यको जिम्मेवारी पौने ३० खर्ब रुपैयाँ सार्वजनिक ऋणलाई जनसङ्ख्याले भाग गर्दा प्रत्येक नेपालीको औसत भागमा करिब एक लाख रुपैयाँ दायित्व देखिन्छ। यो अङ्कले नेपाल तत्काल आर्थिक सङ्कटमा पुगिसकेको अर्थ दिँदैन। तर राज्यले लिएको ऋणको आकार, भुक्तानीको दबाब र विकास खर्चको सीमितताबारे गम्भीर प्रश्न उठाउँछ। ऋणको रकम खर्च भएर पनि आयोजना अधुरै रह्यो, उत्पादन बढेन, रोजगारी सिर्जना भएन र राजस्वको आधार विस्तार भएन भने भविष्यका पुस्ताले लाभभन्दा दायित्व बढी पाउनेछन्। आज सरकारले ऋण लिएर सडक बनायो भने भोलिका पुस्ताले त्यसबाट यात्रा र व्यापारको सुविधा पाउनुपर्छ। सिँचाइ आयोजना बनायो भने कृषि उत्पादन र किसानको आम्दानी बढ्नुपर्छ। विद्युत् आयोजना बनायो भने उद्योग सञ्चालन, ऊर्जा खपत र निर्यात विस्तार हुनुपर्छ। अस्पताल र विद्यालय निर्माण गर्यो भने नागरिकले गुणस्तरीय सेवा पाउनुपर्छ। ऋणबाट सिर्जना भएको यस्तो प्रतिफलले भविष्यको अर्थतन्त्रलाई बलियो बनाउन सक्छ। तर ऋणको रकम खर्च भएर पनि आयोजना अधुरै रह्यो, उत्पादन बढेन, रोजगारी सिर्जना भएन र राजस्वको आधार विस्तार भएन भने भविष्यका पुस्ताले लाभभन्दा दायित्व बढी पाउनेछन्। ऋणको साँवा र ब्याज तिर्न उनीहरूले पनि कर तिर्नुपर्नेछ। सार्वजनिक सेवामा लगानीका लागि उपलब्ध स्रोत सीमित हुन सक्छ। यही कारण ऋण परिचालनको निर्णयमा अन्तरपुस्तागत न्यायको प्रश्न जोडिन्छ। सरकारले ऋणबाट बनेका आयोजनाको प्रतिफल देखाउन सकेमा एक नेपालीको थाप्लोमा परेको करिब एक लाख रुपैयाँको औसत दायित्व विकासको लगानीका रूपमा औचित्यपूर्ण बन्न सक्छ। नेपाललाई विकासका लागि ऋण आवश्यक छ। तर ऋणको औचित्य त्यसको आकारले होइन, त्यसबाट सिर्जना भएको प्रतिफलले प्रमाणित गर्नुपर्छ। सरकारको जिम्मेवारी ऋण उठाउनु मात्र होइन, त्यसलाई उत्पादन, रोजगारी, पूर्वाधार र आम्दानी बढाउने क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्नु पनि हो। अहिलेको चुनौती ऋण कति पुग्यो भन्ने मात्र होइन, ऋण लिएर देशले कति कमाउन सक्ने क्षमता विकास गर्यो भन्ने हो। सरकारले ऋणबाट बनेका आयोजनाको प्रतिफल देखाउन सकेमा एक नेपालीको थाप्लोमा परेको करिब एक लाख रुपैयाँको औसत दायित्व विकासको लगानीका रूपमा औचित्यपूर्ण बन्न सक्छ। तर ऋणको भार बढिरहने र प्रतिफल नदेखिने अवस्था जारी रहेमा यो दायित्व आगामी पुस्ताका लागि अझै भारी बन्नेछ।
एक नेपालीको थाप्लोमा एक लाख ऋण

Read Complete Original Article
Published originally on नेपालन्युज






