Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

एक्स्पोमा लगानी र व्यापारका अवसर जोड्न तीनदिने ‘बिजनेस समिट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक्स्पोमा लगानी र व्यापारका अवसर जोड्न तीनदिने ‘बिजनेस समिट
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म सञ्चालन गर्ने नवौ विराट एक्स्पोमा उद्योग र उत्पादनको प्रदर्शनीसँगै लगानी, बजार र व्यावसायिक साझेदारीका अवसर खोज्न तीनदिने ‘बिराट बिजनेस समिट २०२६’ आयोजना गर्ने तयारी गरिएको छ । डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने एक्स्पोमा सञ्चालन हुने समिटले देशभरका जिल्ला तथा नगरमा छरिएर रहेका आर्थिक सम्भावनालाई लगानीकर्ता, उत्पादक, खरिदकर्ता र व्यावसायिक साझेदारसँग जोड्ने लक्ष्य राखेको छ । एक्स्पोमा पुस ५ देखि ७ गतेसम्म हुने उक्त समिटमा जिल्लागत तथा क्षेत्रगत औद्योगिक सम्भावना, लगानीयोग्य परियोजना, स्थानीय उत्पादनको बजार विस्तार र अन्तर प्रदेशीय व्यापारका अवसरबारे छलफल हुनेछ । यसमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, क्षेत्रगत उद्योग संघ, उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, उत्पादक, खरिदकर्ता तथा वितरकलाई सहभागी गराउने आयोजकले तयारी गरेको छ । समिटको उद्देश्य विभिन्न जिल्लामा उपलब्ध आर्थिक स्रोत, उत्पादन क्षमता र व्यावसायिक सम्भावनाको पहिचान गरी तिनलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्नु हो । स्थानीय उत्पादन तथा सेवाको बजार पहुँच विस्तार, जिल्लाबीच व्यापारिक सम्बन्धमा विकास र सम्भावित लगानीकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा समिटलाई अघि सारिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए । समिटका तीन दिनलाई फरक–फरक विषयमा केन्द्रित गरिएको छ । पहिलो दिन ‘इन्भेस्ट एन्ड बिल्ड’ अर्थात् लगानी र निर्माणको अवधारणामा छलफल हुने छ । त्यस दिन उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, औद्योगिक पूर्वाधार, ऊर्जा, लजिस्टिक्स तथा संयुक्त लगानीका सम्भावनाबारे सोधखोज गरिने छ । दोस्रो दिन ‘कनेक्ट एन्ड एक्सपान्ड’ अर्थात् बजारसँग जोडिने र विस्तार गर्ने विषयमा केन्द्रित हुनेछ । निर्यात प्रवद्र्धन, खरिदकर्ता र आपूर्तिकर्ताबीच सम्पर्क, वितरण प्रणाली, पर्यटन, लजिस्टिक्स तथा अन्तरप्रदेशीय व्यापार विस्तारका सम्भावनाबारे सामुहिक छलफल गरिने छ । त्यसदिन व्यावसायिक साझेदारबीच प्रत्यक्ष सम्पर्क र व्यापारिक सञ्जाल विस्तारलाई प्राथमिकता दिइनेछ । तेस्रो दिन ‘इन्फ्लुएन्स एन्ड ग्रो’ अर्थात् नीतिगत प्रभाव र उद्यम विकासका विषयमा छलफल हुने छ । त्यसमा औद्योगिक वातावरण, नीतिगत सुधार, डिजिटल रूपान्तरण, स्टार्टअप, सीप विकास, हरित उद्योग र दिगो उद्यमशीलताका विषय समेटिने छन् । अवसर देखाउने ‘अपच्र्युनिटी वाल समिटको महत्वपूर्ण पक्ष लगानी र उत्पादकले आफनो अवसर देखाउने ‘अपच्र्युनिटी वाल’ को व्यवस्था गरिने छ । यसमा मुलुकका विभिन्न जिल्ला, नगर तथा क्षेत्रगत संस्थाले आफ्ना लगानीका अवसर, प्रमुख उत्पादन, व्यावसायिक प्रस्ताव र बजारको सम्भावनाका वारेमा प्रस्तुत गर्न पाउने छन् । अपच्र्युनिटी वालमा लगानी र व्यापारका अवसरलाई दुई भागमा वर्गीकरण गरिने छ । पहिलो ‘अपच्र्युनिटी अफर’ अन्तर्गत लगानी परियोजना, उत्पादन, कृषि, पर्यटन, पूर्वाधार, कच्चा पदार्थ, आपूर्ति तथा संयुक्त लगानीका प्रस्ताव राखिने छन् । दोस्रो ‘अपच्र्युनिटी निड्स’ अन्तर्गत खरिदकर्ता, बजार, आपूर्तिकर्ता, वित्त, प्रविधि, वितरण प्रणाली, सेवा र दक्ष जनशक्तिको आवश्यकता प्रस्तुत गरिने छ । यो कार्यक्रमले कुनै जिल्लामा उत्पादन भइरहेको वस्तुको बजार कहाँ छ, कुन उद्योगलाई लगानीकर्ता चाहिएको छ, कसलाई कच्चा पदार्थ वा प्रविधिको आवश्यकता छ र कुन व्यवसायलाई नयाँ खरिदकर्ता चाहिएको छ भन्ने जानकारी एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।आयोजकले प्रत्येक संस्थाका प्रस्तावलाई एकरूप ढाँचामा अपच्र्युनिटी कार्डमार्फत प्रदर्शन गर्ने तयारी गरेको छ । सम्बन्धित संस्थाको सम्पर्क विवरण र क्यूआर कोडसमेत राखिने भएकाले इच्छुक लगानीकर्ता तथा व्यवसायीले सिधै सम्बन्धित पक्षसँग सम्पर्क गर्न सक्ने छन् भने समिट सकिएपछि पनि व्यावसायिक संवाद र साझेदारीलाई निरन्तरता दिन सहज हुने अपेक्षा गरिएको छ । देशभरका उद्योग वाणिज्य संघलाई अवसरसमिटमा नेपालभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र क्षेत्रगत उद्योग संघलाई आफ्नो क्षेत्रको आर्थिक तथा औद्योगिक सम्भावना प्रस्तुत गर्ने अवसर दिइने छ । उनीहरूले १५ मिनेटको औपचारिक प्रस्तुतीकरण वा अपच्र्युनिटी वालमा सहभागिता जनाउन पाउने छन् । औपचारिक प्रस्तुतीकरणमा सम्बन्धित क्षेत्रका प्रमुख उत्पादन, औद्योगिक क्षमता, लगानीका अवसर, बजार विस्तार, उपलब्ध स्रोत साधन तथा सम्भावित व्यावसायिक साझेदारीका प्रस्ताव समेटिने छ । अपच्र्युनिटी वालमा सहभागी हुन चाहने संस्थाले आफ्नो नाम, जिल्ला वा नगर, आर्थिक गतिविधि, प्रमुख उत्पादन तथा सेवा, लगानीका अवसर, आवश्यक साझेदार, प्रविधि, बजार र सम्पर्क विवरणसहितको प्रस्ताव आयोजकले उपलब्ध गराएको ढाँचामा पठाउनु पर्ने छ । उत्पादन तथा परियोजनासँग सम्बन्धित तस्बिर र संस्थाको लोगोसमेत समावेश गर्न सकिने छ । संगठनका अनुसार समिटको उद्देश्य औपचारिक छलफल र प्रस्तुतीकरणमा मात्र सीमित रहने छैन । विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र उत्पादकबीच प्रत्यक्ष सम्बन्ध स्थापना गरी सम्भावित लगानी, बजार विस्तार र व्यापारिक साझेदारीलाई व्यवहारमा रूपान्तरण गर्ने प्रयास गरिने छ । यसपालिको बिराट एक्स्पोमा उत्पादनको प्रदर्शनी र बिक्रीसँगै देशका विभिन्न भूगोलमा रहेका लगानी तथा व्यापारका सम्भावनालाई एउटै मञ्चमा ल्याउने नयाँ प्रयासका रूपमा बिजनेस समिटलाई अघि सारिएको राठीको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब
Latest NewsJust now

घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब

नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडास्थित सिग्मा–३ सेक्टरमा चोरले स्कोर्पियोको चार... ...

रातोपाटी
इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय
Latest NewsJust now

इराकी अदालतद्वारा आईएसमा आबद्ध सात फ्रान्सेली नागरिकलाई आजीवन कारावासको सजाय

गत वर्ष सिरियाली हिरासतबाट इराक स्थानान्तरण गरिएका ४७ जना फ्रान्सेलीविरुद्धको कारबाहीको सिलसिलामा यो फैसला आएको हो ...

कान्तिपुर
अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै
Latest NewsJust now

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २६ गते शनिबार बिहान ११... ...

रातोपाटी
‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’
Latest NewsJust now

‘चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय’

धादिङ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन्। गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने, टिकाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताए। गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरी करिब ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement