एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा

काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल एक्समा लाइक बटन केही समय थिचेर पोस्टका क्रियटरलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने बताएका छन् । प्रस्तावित सुविधामार्फत प्रयोगकर्ताले आफूलाई मन परेको सामग्रीका सर्जकलाई सहजै आर्थिक सहयोग गर्न सक्नेछन् । मस्कका अनुसार लाइक बटन लामो समयसम्म थिच्दा एक्स मनीमार्फत एक डलर पठाउने विकल्प सक्रिय हुनेछ । यसबाट प्रयोगकर्ताले अर्को भुक्तानी प्रणाली प्रयोग नगरी एक्सभित्रै सामग्री सर्जकलाई सहयोग गर्न सक्नेछन् । यो सुविधा कहिलेदेखि लागू हुने र भुक्तानीका लागि कस्ता सर्तहरू पूरा गर्नुपर्ने हुन्छ भन्नेबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । एक्स मनीको व्यक्ति–व्यक्तिबीच रकम पठाउने सेवा भने अमेरिकामा उपलब्ध गराइएको छ। यससँगै एक्सले भिसा डेबिट कार्डको सुविधा पनि दिएको छ । एक्सलाई सामाजिक सञ्जाल, सन्देश आदानप्रदान र डिजिटल भुक्तानीलगायत सेवा एउटै माध्यमबाट उपलब्ध गराउने ‘सबै सेवाको एप’ बनाउने मस्कको योजनाअन्तर्गत यो सुविधा अघि सारिएको हो । The post एक्समा लाइक बटन थिचेर एक डलर पठाउन सकिने सुविधाको घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएल पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि दुई ठाउँमा आधिकारिक पोखरा एभेन्जर्स फ्यान पार्क सञ्चालन गर्ने जनाएको छ। फ्यान पार्क पोखराको हल्लनचोकस्थित क्याम्पिङ चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा सञ्चालन हुनेछन्। एनपीएल तेस्रो संस्करण सुरु हुने आज कात्तिक ९ देखि फ्यान पार्क सञ्चालनमा आएका छन्। आज पोखरा र भ... ...

यस्तो छ ब्राजिलमा लुलाको पुनरागमनका पाँच प्रमुख पक्ष
काठमाडौँ । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै राष्ट्रपतिमा चौथो कार्यकाल जितेका छन् । आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा ८० वर्षीय लुलाले ५१... ...

बाँझो बारी बन्यो पर्यटकीय गन्तव्य
तनहुँ समाचारदाता तनहुँ, कात्तिक ९ गते । बर्सौंसम्म खर र वनमाराका झाडीले ढाकिएको बाँझो बारी अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोल... ...

ब्राजिलको राष्ट्रपतिमा लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित
जो सन् २०२२ को निर्वाचनपछि विद्रोहको प्रयास गरेको आरोपमा हाल २७ वर्षको जेल सजाय भोगिरहेका छन्। ...


